समाचार

डडेल्धुराबाट देउवाको उदघोषः मैले जिते प्रधानमन्त्री, अरुले जिते माननीय !


कात्तिक, डडेलधुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो चुनाव अभियान सुरु गरेका छन् । कैलाली हुँदै गृहजिल्ला पुगेका देउवाले चुनावी सभालाई सम्बोधन गर्दै पञ्चेश्वर परियोजना छिट्टै अघि बढ्ने बताए ।

आफ्नो भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा भइसकेको भन्दै उनले भने, ‘पानी र विजुली बाँडफाँट मिल्न बाँकी छ । भारतबाट छिट्टै टोली आउँछ र सहमति हुन्छ ।’

पश्चिम सेतीबारे चीनसँग कुरा भइरहेको भन्दै उनले दुबै आयोजना छिट्टै बन्ने बताए । देउवाले भने, ‘दुबै आयोजना बन्छ, बेरोजगारी हटाएरै छाड्छु ।’

डडेलधुराबाट चुनाव जितेपछि आफू प्रधानमन्त्री भएको र जिल्लाको ना राखेको भन्दै उनले भने, ‘कसैलाई केही भन्नु छैन । म जिते प्रधानमन्त्री, अरु जिते माननीय ।’

वाम गठबन्धनका खगराज भट्ट उनका चुनावी प्रतिस्पर्धी छन् । उनीतर्फ संकेत गर्दै देउवाले भने, ‘म जिते प्रधानमन्त्री हुन सक्छु । मसँग रिसाउन सक्नुहुन्छ । यो गर, उ गर भन्न सक्नुहुन्छ । मानीनयलाई भनेर पनि के गर्नू ?’

देउवाले कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा भएको बताए । रुपमा लेनिनको मूर्ति ढालिएको तथा चीनमा माओवादी नरहेको भन्दै उनले भने, ‘यहाँ मात्र पुरानो ढर्रा छ । कम्युनिष्ट शासन भएको भोलिपल्ट डरत्रासयुक्त शासन हुनेछ ।’

यसैबीच प्रधानमन्त्री देउवाले डडेल्धुरा प्रस्थान गर्नुअघि बिहीबार बिहान कैलालीमा पत्रकारसँग भेटघाट गरे । पत्रकार भेटघाटमा देउवाले अाफूलार्इ ज्योतिषीले सातचोटि प्रधानमन्त्री हुने बताएको भन्दै भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरे ।

शुक्र, मंसिर १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पनौतीमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन । पनौती नगरपालिका-४ बसपार्कस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धुलिखेल नगरपालिका-१२ बस्ने ४६ वर्षीय विकास तामाङ सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई...

ललितपुरको चापागाँउमा आगलागी

काठमाडौं । ललितपुरको चापागाँउ टाहाखेलस्थित एक गोठमा आगलागी हुँदा तीन भैसी मरेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका-१० टाहाखेल बस्ने कृष्ण प्रसाद घिमिरेको नयाँ बस्तीमा पशुपालन फार्मको छाप्रोमा कुडो पकाउने क्रममा आगलागी भएको हो । आगलागीपछि छाप्रोमा ३ वटा भैंसी, भैंसीको दाना, भुसा, पिना, ढुटो, पराल,...

कविता यात्राका सहभागी स्रष्टाहरु सम्मानित 

साहित्यिक पत्रकार संघ (Literary Journalist Association) सापसले हिजो २०८० माघ २ गते होटल तपस, काठमाडौंमा “कविता यात्रा २०८०” मा सहभागी सर्जक एवं पत्रकारहरुलाई सम्मान गर्‍यो । वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा श्रेष्ठसहित समाजसेवी एवं गीतकार शोभित उप्रेती, सापसका पूर्व अध्यक्ष एवं सर्जक...

डुवर्स, भारतमा “Thinker’s And Writers’ Peace Meet” कार्यक्रम सम्पन्न

२०८० पुस २३ डुवर्स, भारतको लाटागुड़ीमा ६-७ जनवरी, २०२४ मा आयोजित “Thinker’s And Writers’ Peace Meet” कार्यक्रम हिजो सम्पन्न भयो । नेपाल, भारत, बंगलादेश र भुटानका स्रष्टाहरु सहभागी रहेको सो कार्यक्रम एसोसिएसन फर कन्जेर्वेसन एण्ड टुरिजमको सहयोगमा “त्रिस्रोता साहित्य ओ संस्कृति प्रवाह” र “इन्टरनेसनल सोसाइटी फर इन्टर कल्चरल...

चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो । ...

श्वेता रक्तदान अभियानले ४ हजार भन्दा बढि रगत संकलन गर्न सफल

सिन्धुपलाञ्चाेक । श्वेता रक्तदान अभियानले सिन्धुपलाञ्चोकको चौतरा सांगाचोक गढि नगरपालिका वडा नं. ९ स्थित रिभर बे बीच रिसोर्ट – सुकुटेमा रक्तदान कार्यक्रमकाे आयोजना गरी ४ हजार भन्दा बढि रगत संकलन गर्न सफल भएकाे छ । गत शनिबार कार्तिक १८ गते नेपाल रेडक्रश सोसाइटी भक्तपुरले प्राविधिक सहयोगमा,...