गजल

गज़ल

-डा. प्रदीप मैनाली


 

छँदै छैनौ काली प्रदीपले त हो नि
भएकी उज्याली प्रदीपले त हो नि

पुग्यौ माथी ऐले बिपदमा त पैले
लगेको सम्हाली प्रदीपले त हो नि

सबै खेदो खन्थे कसैको खुशीमा
बजाएको ताली प्रदीपले त हो नि

अरूले के गर्थे ? गरेको तिमीलाई
उकाली ओराली प्रदीपले त हो नि

नजिक के नै हुन्छौ अगुल्टा र पुल्टा ?
दियो बल्ने खाली प्रदीपले त हो नि

सूत्र: 122 222 122 122

शुक्र, मंसिर १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गजल

न बिर्सन सके न मर्न सके । न तिम्राे सिउदाे भर्न सके । तारे भिरमा फुलिरहेकाेछु, न अाेईलि भुईमै झर्न सके । दुवैले गरेकाे वाचा सम्झि, न तिम्राे ईच्छा पूरा गर्न सके । टाढा भएर तिमीलाई बिर्सि, न अरुकै मनमा डेरा सर्न सके । ...

केही त रहस्य, पक्कै लुकेका छन् ! नत्र किन हो ? ती आँखा झुकेका छन् !! कतै कुनै, गलत काम गर्‍यौ कि त ? हेर डराएर…, ओठै सुकेका छन् !! बिहान त कोरिबाटी, चिटिक्कै थियौ ! छि ! छि ! अैले त, केशै फुकेका छन् !! हावा नचली...

गजल

    अफ्रिकामा भोको केटो रुँदै होला अहिले अम्रिकामा भब्य भोज हुँदै होला अहिले कामै छैन स्वदेशमा ठुले विदेश गयो बिचराले जुठा भाँडा धुँदै होला अहिले चारै तिर गोलावारी सिरियाको शहर टुहुराले साँच्चै आँशु पिउंदै होला अहिले जागे बस छिमेकीको दिलमा हरि छैन सार्छु भन्दै साँध खम्बा छुँदै होला अहिले ...

गज़ल

फोश्रो नारामा जनतालाई भुलायौ तिमीले विश्वासमा भोट हाल्न बाध्य तुल्यायौ तिमीले आखिर अनेक प्रयास र दौडधुप गरि बिजयी भयौ खुशी र हासो फिजायौ तिमीले मौका पाएँ भनी कमाउ धन्दा अगाडि सार्यौ जनता सामु जे वाचा थियो कुवायौ तिमीले तिम्रा सामु देश विकासका कुरा गौण भए घात गर्यौ मतदातालाई रुवायौ तिमीले दिगो आर्थिक समृद्धि...

गजल

========== तिमी छ्यौ उस्तो या त्यो मुहार उस्तो तड्पाउँछ मैलाई किन बारम्बार उस्तो ! अन्योलहरू छन्, थुप्रै अभाबहरू छन् भिडमा रमाई रहेको, यो बजार उस्तो ! खेपी रहेछु गहिरो खल्तिको यो घाऊ छु कम्जोर मै मात्र, या यो हजार उस्तो ! मिल्दैनन् कुरा क्यै सडक होस् सदनमा बिपक्षी उस्तो हो या यो सरकार...

गजल

सबै थोक छ नभाको त्यही इमान त होनी। अहिले सम्म कमाको त्यही बेमान त होनी। कति दियौॅ आस्वासन पत्याउॅने ति जनता, कहिल्यै पुरा नभाको त्यही जमान त होनी। भत्किए घर दुःखी गरिबका आफ्नो छदैछ, दियौ गफ नदिएको त्यही सामान त होनी। नारा राम्रा छन् जितिन्छ...