साहित्य गतिबिधि

मुरलीको एकल वाचन समपन्न


०२ मंशिर । आधुनिक साहित्य परिषद काठमाडौको आयोजनामा कवि मुरली प्रसाद ढकालको एकल कविता वाचन प्यागोडा फुडल्याण्डको हल टोखा काठमाण्डौमा समपन्न भएको छ ।

मंशिर दुइगते बिहान ११ बजे बाट शुरु भएको सो कार्यक्रममा प्रा.डा. घनश्याम परिश्रमी न्यौपानेको प्रमुख आतिथ्य तथा चारै बेदका अनुवादक समिक्षक श्री तिलक प्रसाद लुइटेलले वाचन भएका कविका कविताहरुको समिक्षा गर्नु भएको थियो । शार्दुलबिक्रिडित छन्द शोक काव्यमा लेखिएका कविताहरुको बारेमा साहित्यकार शिब दक्त ढकाल, पत्रकार चेतनाथ धमला र गंगबु साहित्य समाज काठमाण्डौका अध्यक्ष द्धवारीका कुइकेलले समेत कविका कविताहरुमा आफ्नो टिप्पनी राख्दै शुभकामना मन्तव्य राखेका थिए । एकल कविता वाचन समाप्त पछि मुरली प्रसाद ढकालको अध्यक्षतामा आधुनिक साहित्य परिषदको नया पदाधिकारी समेत चयान गरियो । अध्यक्ष लगायत चयन भएका समितिका समपूर्ण पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. घनश्याम परिश्रमी न्यौपानेज्यूद्धारा शपत ग्रहण समेत लिएका थिए । आधुनिक साहित्य परिषद काठमाडौमा चयन भएका नया समितिमा अध्यक्ष मुरली प्रसाद ढकाल उपाध्यक्ष कृष्ण केसि कोषाध्यक्ष पुनारम कार्यवरिक्का सचिव दोमोदर ढकाल दीपक सदस्यहरुमा बिकाशबाब’ थापा चयन गरिएको थियो । एकल वाचन कार्यक्रमको संचालन दोमोदर ढकाल दीपकले गर्नु भएको थियो भने कार्यक्रमको समापन समितिका अध्यक्ष मुरलीप्रसाद ढकालले गर्नु भएको थियो ।

प्रकाश पुष्पक राई

आइत, मंसिर ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

आधुनिक साहित्य परिषदको आयोजनामा बृहत साहित्यिक उत्सव हुने

आधुनिक साहित्य परिषदको आयोजनामा बृहत साहित्यिक उत्सव हुने भएको छ ।  यहि  मंसिर १,२ र ३ गते तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा एकल कविता वाचन,पुस्तक विमोचन,साहित्यिक प्रवचन र गजल वाचन लगायतका कार्यक्रम रहेका छन् । काठमाडौंको लाजिम्पाटस्थीत डिल्लीरमण पुस्तकालयको हलमा हुन लागेको उक्त कार्यक्रममा करिव...

मञ्जुश्री के.सी.प्रधान भारतमा नेपाली साहित्यकार सम्मानित

कार्तिक २५ गते भारतको शिद्घार्थ नगर जिल्ला इटवा बजारमा अन्र्तराष्ट्रिय तथागत सृजन सम्मान समारोह २०१८ सम्पन्न भयो । सो समारोहको आयोजना शिद्घार्थ तथागत कला साहित्य संस्थानले गरेको थियो । समारोहमा साहित्यकार राजेन्द्र परदेशी अध्यक्ष, कमन वैल्थ बोकेशनल युनिर्भसिटी टाँगाका डीन डा. बेगराज सिंह प्रमुख...

बि.सी.को युरोप डायरी विमोचन

काठमाडौँ, कात्तिक २१ गते । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री, थममाया थापाले एक कार्यक्रमकाबीच साहित्यकार नरबहादुर बि.सी.को ‘युरोप डायरी’ को लोकार्पण गर्नुभयो । पुस्तक विमोचन गर्दै मन्त्री थापाले नरबहादुुरको युरोप डायरीले आम पाठकहरूलाई युरोप बुझ्न सजिलो हुने बताउँदै यतिबेला सरकारले थुप्रै कानुनहरू निर्माण गर्नुपर्ने भएकोले कानुन...

नेपाल–चीन संस्कृति प्रवद्र्धन तथा अनुवाद सम्मेलन आयोजित

काठमाडौँ । यही कार्तिक १३ र १४ गते प्रज्ञा भवन काठमाडौँमा नेपाल प्रज्ञा–प्रतिष्ठान र चीन सरकारको संस्कृति मन्त्रालयअन्तर्गत स्थापित संस्था चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगद्वारा संयुक्त रूपमा ‘नेपाल–चीन संस्कृति प्रवद्र्धन, अनुवाद तथा प्रकाशनसम्बन्धी काठमाडौँ सम्मेलन–२०७५’ आयोजना गरियो । दुई दिनसम्म चलेको सम्मेलनको संस्कृति, पर्यटन तथा...

पाल्पा साहित्य समाजको अध्यक्षमा साहित्यकार तथा पत्रकार पुष्करराज रेग्मी चयन

पाल्पा, कार्तिक १५/ पाल्पा साहित्य समाजको अध्यक्षमा साहित्यकार तथा पत्रकार पुष्करराज रेग्मी चयन भएका छन् । समाजको विहिबार बसेको बैंठकले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो । नेपाल प्रेस युयिनका जिल्ला उपाध्यक्ष समेत रहेका रेग्मीले जिल्लाको साहित्यक, समाजिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएका छन्...

कवि सूर्यप्रसाद लाकोजूको हिन्दीमा अनुवादित कविता संग्रह दिवाकर का चुम्बन लोकार्पण

कवि सूर्यप्रसाद लाकोजूको कविता संग्रह घामको चुम्बनको हिन्दीमा अनुवादित कविता संग्रह दिवाकर का चुम्बन लोकार्पण भएको छ ।सो कविता संग्रह राष्ट्रकवि माधबप्रसाद घिमिरेले एक कार्यक्रम बिच गर्नुभएको हो । पुस्तक लोकार्पण गर्दै राष्ट्रकवि घिमिरेले नेपाली कविता हिन्दी भाषामा अनुवाद हुनु भनेको ठूलो कुरा भएको बताउनु...