साहित्य गतिबिधि

शैली साहित्य समाजको नियमित रचना वाचन कार्यक्रम


शैली साहित्य समाजको नियमित रचना वाचन कार्यक्रम ७० जना सहित्यिक अनुरागिहरुको उपस्थितिमा सुसम्पन्न भयो । सदाझैं भन्दा फरक रुप दिन यस कार्यक्रमलाई प्रतिस्पर्धात्मक बनाइएको थियो जसमा ३९ जना प्रतिस्पर्धी सर्जकहरुले भाग लिएका थिए भने अतिथि र अप्रतिस्पर्धी कवि सहित १८ जनाले आफ्ना रचना सुनाएका थिए। प्रतिस्पर्धात्मक प्रतियोगितामा प्रथम, द्दितिय र तृतीय पुरस्कार क्रमशः गणेश खतिवडा, महादेव अधिकारी र मार्मिक रोशनले प्राप्त गर्नुभएको थियो। तापाहिटी सामुदायिक अध्ययन केन्द्रले बार्षिक रुपमा दिँदै आएको प्रतिभा सम्मान पनि यसै कार्यक्रममा समायोजना गरिएको थियो । उक्त सम्मान साहित्यकारहरु डा. प्रदीप मैनाली र डिल्ली प्रसाद मुल्तिहुनलाई प्रदान गरिएको थियो भने शैली साहित्य समाजलाई आर्थिक सहयोग प्रदान गर्नुहुने बिष्णु ईश्वरी शिवाकोटीलाई शैली साहित्य समाजद्वारा कदर पत्र प्रदान गरिएको थियो। शैली साहित्य समाजकी अध्यक्ष मन्जुश्री प्रधान के. सी. (रानु) को सभापतित्वमा भएको यस कार्यक्रममा प्रमुख अथितिको रुपमा गितकार तथा गजलकार रामबहादुर पहाडी हुनुहुन्थ्यो भने निर्णायक मन्डलमा साहित्यकारहरु पोस्टराज चापागाईं र परशुराम परासर हुनुहुन्थ्यो । कार्यक्रम शैली साहित्य समाजका उपाध्यक्ष राम कुमार पन्डितले संचालन गर्नुभएको थियो। रामबहादुर पहाडीको सुमधुर स्वरले गुन्जाएमान बनाएको यस कार्यक्रममा उपस्थिति, पुरस्कृत, र सम्मानित सबै साहित्यकारहरुलाई बधाई दिदै सभापतिले कार्यक्रम बिसर्जन गर्नुभएको थियो।

आइत, मंसिर ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

देशविदेशका २२ जनालाई नइ पुरस्कार

काठमाडौँ, वैशाख ३० गते । वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले राजधानी काठमाडौमा देशदेशान्तरका २२ जना स्रष्टाहरूलाई नइ पुरस्कार समर्पण गर्नुभयो । नइ प्रकाशनले हरेक वर्ष शताब्दी पुरूष डा. सत्यमोहन जोशीकै शुभजन्मोत्सवका अवसरमा आफ्नो वार्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । नइ प्रकाशनका तर्फबाट डा.सत्यमोहन जोशीलाई दुबोको माला...

थापा र अधिकारीलाई बधाई तथा शुभकामना !

काठमाडौं, वैशाख २७ गते । संसाक मासिक र खोज टी.भी.ले कवि मित्र रविन्द्र थापा र यशोदा अधिकारीलाई एक कार्यक्रमकाबीच बधाई तथा शुभकामना प्रदानगरेको छ । थापा हालै प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएको छ भने अधिकारीले रेडियो नेपालको अधिकृत तहमा लोकसेवा उत्तीर्ण गरी कामको...

दीपज्योति साहित्य सम्मान तथा वसन्त काव्यगोष्ठी कार्यक्रम सम्पन्न

दीपज्योति साहित्य सम्मान तथा वसन्त काव्यगोष्ठी कार्यक्रम सम्पन्न भएको छ । निरन्तर साहित्य सिर्जनामा समर्पित शसक्त स्रष्टा रत्नप्रसाद अनामणि श्रेष्ठ र यशोदा अधिकारीलाई दीपज्योति सम्मानबाट प्रमुख अतिथि तथा नेप्रप्रका सदस्य सचिव जीवेन्द्रदेव गिरीले सम्मानित गर्नु भएको हो । यस अवसरमा अतिथि चेतनाथ धमला,मणि लोहनी डा.बमबहादुर जिताली,...

दुर्गा तिवारीको कविता संग्रह “नचुमेको क्षितिज” सार्वजनिक

कवि तथा साहित्यका दुर्गा तिवारीको कविता संग्रह नचुमेको क्षितिज सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित एउटा समाहरोहमा बरिष्ठ साहित्य साधक रमेश खकुरेल, गीतकार यादव खरेल, साहित्यकार तथा समाजसेवी मदनराज थापा, प्राध्यापक डाक्टर जीवन अधिकारी लगाएतले सयुक्त रुपमा कृती विमोचन गरेका हुन् ।  मुक्तक लेखनमा परिचित तिवारीले...

अनुपमको साहित्यिक अनुष्ठान 

 वैशाख १५ गते शनिवार एडमार्क कलेजमा अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको उनान्सत्तरीअौँ रचना वाचन भयो । प्रतिष्ठानले हरेक महिना फरक विधामा रचना वाचन शुरू गरेको छ । वर्षको पहिलो महिनामा कविताको पालो परेको हुँदा सोही विधालाई प्राथमिकता दिइयो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको...

वसन्त काव्यगोष्ठीको आयोजना र दीपज्योति सम्मानको घोषणा

दीपज्योति आ.मा.वि.ले तीन दशक अघि गोँगबुँ क्षेत्रमा पहिलो संस्थागत विद्यालयको रूपमा स्थापना भएर अब्बल दर्जाको पठनपाठनको अतिरिक्त विद्यार्थीहरूको समग्र शारीरिक, मानसिक र बौद्धिक विकासको लागि पूmटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, क्रिकेट, ह्याण्डबल, कर्फबल, कपर्दी, तेक्वान्दो, नृत्य, संगीत, चित्रकला, साहित्य, हाजिरीजवाफ, वादविवाद, वक्तृत्वकलाआदिको क्लबहरू स्थापना गरी...