राजनिति

नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले भने चुनावको प्रचारमा रोबोटको प्रयोग


१६ मंसिर, सुनसरी । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारहरु मतदाताको मत आकर्षित गर्न अनेक तरिका अपनाइरहेका छन् ।

 

सुनसरी क्षेत्र नम्वर २ प्रदेश ‘क’ का नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले भने चुनावको प्रचारमा रोबोटको प्रयोग गरेका छन् ।

उनले प्रयोगमा ल्याएको रोबोटले ‘जय नेपाल’ आवाज निकाल्दै प्रचार सामाग्री बाँड्ने गर्छ । अनि मानिसहरुसँग आसन्न निर्वाचनका लागि हेमकर्णलाई रुखमा भोट हालेर जिताउन समेत आग्रह गर्छ ।

पौडेलको चुनाव प्रचारप्रसारका लागि काठमाडौंबाट आदर्श मल्लले रोबोट लिएर इटहरी आएका हुन् । मल्लले चुनाव अवधिभर प्रचारमा रोबोट प्रयोग गरिने बताए ।

 

रोबोटबाट चुनाव प्रचार गरेको पूर्वी नेपालकै लागि नौलो हो । सेन्सर जडित रोबोट मानिसहरु भएको ठाउँमा जान्छ र भोट माग्ने गर्छ । त्यसलाई स्थानीयबासीले निकै चासो लिँदै हेर्ने गर्दछन् । उम्मेदवार पौडेलले जनतासँग भोट माग्ने नयाँ प्रविधि अपनाउँदा इटहरीको चुनावलाई पनि रोमाञ्चक बनाएको छ ।

शनि, मंसिर १६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

वाम गठबन्धनले प्रदश नं. २ मा प्रतिनिधिसभा तर्फ खाता खोले

मंसिर, रौतहट । वाम गठबन्धनले प्रदश नं. २ मा प्रतिनिधिसभा तर्फ खाता खोलेको छ ।   रौतहट क्षेत्र नं. ३ बाट वाम गठबन्धनले प्रतिनिधिसभामा खाता खोलेको हो । रौतहट-३ मा माओवादी केन्द्रक प्रभु साह विजयी भएका छन् । साहले २७ हजार ७९९ मत ल्याए । उनका प्रतिस्पर्धी कांग्रेसका...

गणनाका क्रममा कांग्रेसको स्थितिमा सुधार देखिएन

२२ मंसिर, काठमाडौं । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये वामपन्थी गठबन्धनले २९ सिटमा अग्रता लिइरहेको छ । कांग्रेस ४ सिटमा मात्रै अगाडि देखिएको छ ।   मतगणना सकिएका तीन निर्वाचन क्षेत्रमध्ये एमालेले मनाङ र मुस्ताङमा बिजय हासिल गरिसकेको छ । माओवादीले...

नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिका १ केउरानीमा शंकास्पद बस्तु भेटिए

मंसिर, कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिका १ केउरानीमा शंकास्पद बस्तु भेटिएको छ । शंकास्पद बस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । कोकको बोतल, मोबाइलको बेट्री, तार लगायतका सामग्री राखेर सर्वसाधारण तर्साउने ढंगले राखिएको उक्त बस्तु नेपाली सेनाको टोलीले बिहान ९ बजेतिर...

चितवनको भरतपुर महानगरपालिकाको पाँच नम्बर वडा कार्यालयमा बम विस्फोट

१७ मंसिर, चितवन । चितवनको भरतपुर महानगरपालिकाको पाँच नम्बर वडा कार्यालयमा बम विस्फोट भएको छ । बम विस्फोटबाट वडा कार्यालय र त्यससँगै रहेको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार बिहानपख दुई बजे गि्रनेट विस्फोट भएको थियो...

वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १३७ सिट जित्ने दावी

काठमाडौं । वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १३७ सिट जित्ने दावी गरेको छ । एमाले महासचिव ईश्वर पोख्रेलले कम्तिमा पनि वाम गठबन्धनले एक सयदेखि १३७ सिट जित्ने दावी गरेका हुन् । प्रेस चौतारी र प्रेस सेन्टर नेपालले काठमाडौंमा आयोजना गरेको उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पोख्रेलले पहिलो चरणमा...

​तुलसीपुर बम विष्फोटमा घाइते म्यादी प्रहरीको मृत्यु

१३ मंसिर, दाङ । दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा घाइते भएका एक म्यादी प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ । विष्फोटमा गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका १८ का विनोद चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारकाे क्रममा आज बिहान साढे २ बजे ज्यान गएको दाङ प्रहरी प्रमुख...