साहित्य गतिबिधि

अनुपमको साहित्यिक अनुष्ठान


 

जगदीश्वर पोखरेल ।
काठमाडौं, मङ्सिर १६ गते शनिबार ।

एडमार्क कलेज कलङ्कीमा अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको चौसठ्ठीऔँ रचना वाचन कार्यक्रममा प्रतिष्ठानले हरेक महिना फरक विधामा रचना वाचन शुरू गरे अनुसार मङ्सिर महिनामा मुक्तक विधाको पालो परेको हुँदा मुक्तकलाई प्राथमिकता दिई वाचन कार्यक्रम सम्पन्न गरियो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति रहेको कार्यक्रममा संस्थाका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षता तथा प्राज्ञ नरनाथ लुइटेलको प्रमुख आतिथ्यमा भव्य रूपमा कार्यक्रम सम्पन्न भयो । राष्ट्रभक्तिभावले ओतप्रोत भएका, जनचेतना मूलक, समाजिक बिकृति बिरुद्ध प्रहार गरिएका, शृङ्गारिक रसले भरिपूर्ण भएका रचनाहरू स्रष्टाहरूले रोचक ढङ्गबाट वाचन गरे ।
सो अबसरमा रचना वाचन गर्नेहरूमा रमेशप्रसाद गौतम, जगदीश्वर पोखरेल, हरि खनाल, अगन्धर अधिकारी, जनार्दन अधिकारी धड्कन, भुवनहरि सिग्देल, नरनाथ लुइटेल, भाग्यशाली अधिकारी, जसध्वज गुरुङ, उमेश पाण्डे, डिल्लीप्रसाद अर्याल, शीतल गिरी, पस.पी.आशा हुनुहुन्थ्यो । यसैगरी चूडा निर्भीक, दुर्गा रिमाल, निर्मल पराजुली, मुकुन्द न्यौपाने, पुरुषोत्तम सिग्देल, हृदयपाणि अधिकारी, बिनुबाबा घिमिरे, सूर्यवदना पण्डित, देवकी ढुङ्गाना, आस्था निरौला, सुनिता सापकोटा, अप्सरा सुनार, मिनबहादुर गुरुङ र गङ्गा आचार्यले पनि रचना वाचन गर्नुभएको थियो । संस्थाका महासचिव जगदीश्वर पोखरेलले संस्थाको गतिविधिको वारेमा बोल्नु हुँदै हरेक महिनामा फरक विधाका रचना वाचन गरेर कार्यक्रमको आकर्षण बढाइने छ भन्दै अभ्यागतहरूलाई हार्दिक धन्यवाद दिनु भएको थियो । संस्थाकी सल्लाहकार सूर्यवदना पण्डितले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

आइत, मंसिर १७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

आधुनिक साहित्य परिषदको आयोजनामा बृहत साहित्यिक उत्सव हुने

आधुनिक साहित्य परिषदको आयोजनामा बृहत साहित्यिक उत्सव हुने भएको छ ।  यहि  मंसिर १,२ र ३ गते तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा एकल कविता वाचन,पुस्तक विमोचन,साहित्यिक प्रवचन र गजल वाचन लगायतका कार्यक्रम रहेका छन् । काठमाडौंको लाजिम्पाटस्थीत डिल्लीरमण पुस्तकालयको हलमा हुन लागेको उक्त कार्यक्रममा करिव...

मञ्जुश्री के.सी.प्रधान भारतमा नेपाली साहित्यकार सम्मानित

कार्तिक २५ गते भारतको शिद्घार्थ नगर जिल्ला इटवा बजारमा अन्र्तराष्ट्रिय तथागत सृजन सम्मान समारोह २०१८ सम्पन्न भयो । सो समारोहको आयोजना शिद्घार्थ तथागत कला साहित्य संस्थानले गरेको थियो । समारोहमा साहित्यकार राजेन्द्र परदेशी अध्यक्ष, कमन वैल्थ बोकेशनल युनिर्भसिटी टाँगाका डीन डा. बेगराज सिंह प्रमुख...

बि.सी.को युरोप डायरी विमोचन

काठमाडौँ, कात्तिक २१ गते । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री, थममाया थापाले एक कार्यक्रमकाबीच साहित्यकार नरबहादुर बि.सी.को ‘युरोप डायरी’ को लोकार्पण गर्नुभयो । पुस्तक विमोचन गर्दै मन्त्री थापाले नरबहादुुरको युरोप डायरीले आम पाठकहरूलाई युरोप बुझ्न सजिलो हुने बताउँदै यतिबेला सरकारले थुप्रै कानुनहरू निर्माण गर्नुपर्ने भएकोले कानुन...

नेपाल–चीन संस्कृति प्रवद्र्धन तथा अनुवाद सम्मेलन आयोजित

काठमाडौँ । यही कार्तिक १३ र १४ गते प्रज्ञा भवन काठमाडौँमा नेपाल प्रज्ञा–प्रतिष्ठान र चीन सरकारको संस्कृति मन्त्रालयअन्तर्गत स्थापित संस्था चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगद्वारा संयुक्त रूपमा ‘नेपाल–चीन संस्कृति प्रवद्र्धन, अनुवाद तथा प्रकाशनसम्बन्धी काठमाडौँ सम्मेलन–२०७५’ आयोजना गरियो । दुई दिनसम्म चलेको सम्मेलनको संस्कृति, पर्यटन तथा...

पाल्पा साहित्य समाजको अध्यक्षमा साहित्यकार तथा पत्रकार पुष्करराज रेग्मी चयन

पाल्पा, कार्तिक १५/ पाल्पा साहित्य समाजको अध्यक्षमा साहित्यकार तथा पत्रकार पुष्करराज रेग्मी चयन भएका छन् । समाजको विहिबार बसेको बैंठकले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो । नेपाल प्रेस युयिनका जिल्ला उपाध्यक्ष समेत रहेका रेग्मीले जिल्लाको साहित्यक, समाजिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएका छन्...

कवि सूर्यप्रसाद लाकोजूको हिन्दीमा अनुवादित कविता संग्रह दिवाकर का चुम्बन लोकार्पण

कवि सूर्यप्रसाद लाकोजूको कविता संग्रह घामको चुम्बनको हिन्दीमा अनुवादित कविता संग्रह दिवाकर का चुम्बन लोकार्पण भएको छ ।सो कविता संग्रह राष्ट्रकवि माधबप्रसाद घिमिरेले एक कार्यक्रम बिच गर्नुभएको हो । पुस्तक लोकार्पण गर्दै राष्ट्रकवि घिमिरेले नेपाली कविता हिन्दी भाषामा अनुवाद हुनु भनेको ठूलो कुरा भएको बताउनु...