प्रमुख समाचार

धान्यपूर्णिमा, उधौली पर्व र १४ औं ज्यापु दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइँदै


१७ मंसिर, काठमाडौं । धान्यपूर्णिमा, उधौली पर्व र १४ औं ज्यापु दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदाय योमरी पूर्णिमा र ज्यापु दिवस मनाउन व्यस्त छन् ।

सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।

 

पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाउँछन् ।

यसैगरी नेवार समुदायले चामलको पिठोबाट बनाएको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा योमरी पूर्णिमा मनाउँछन् ।

योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादका रुपमा खाने-खुवाउने चलन छ ।

नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर योमरी बनाइन्छ । यसलाई गणेश र कुमारको प्रतीकको रुपमा पनि पूजा गरिन्छ । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

१४ औं राष्ट्रिय ज्यापू दिवसमा दबूः दाफाखलःको आयोजनामा टेकुबाट भित्री शहर हुँदै बसन्तपुरसम्म धिमेबाजा र बाँसुरी बजाउँदै सांस्कृतिक र्‍यालीसहित सभा गर्ने कार्यक्रम छ । ज्यापू संस्कृति विकास कोष र कुशेश्वर क्षेत्र सम्पदा संरक्षण प्रतिष्ठानले कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई यही मंसिर १० गते परम्परागत निमन्त्रणा गरिसकेका छन् ।

०६१ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको थियो ।

यसैगरी किरात समुदायले उधौली पर्व मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस्, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा छ । पूजापछि साकेला नाचिन्छ ।

वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ ।

आइत, मंसिर १७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नुवाकोटमा मिनी ट्रकलाई साइड दिँदा सडकबाट बस खसेर २० जना घाइते

सांकेतिक तस्वीर ३० साउन, काठमाडौं । नुवाकोटमा मिनी ट्रकलाई साइड दिँदा सडकबाट बस खसेर २० जना घाइते भएका छन् । सदरमुकाम विदुरतर्फ आउँदै गरेको ना २ ख २८०४ नम्बरको बस ढुंगेचौतारो भन्ने ठाउँमा सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । विपरीत दिशाबाट आउँदै गरेको मिनी...

सरकारले आफ्नो ५ महिने उपलब्धी सार्वजनिक गरे

साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार आफ्नो ५ महिने उपलब्धी सार्वजनिक गरेको छ । सरकारको काम कारबाही प्रभावकारी नभएको गुनासो आइरहेका बेला मन्त्रिपरिषद् कार्यालयले भने केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका कामको ७४ पृष्ठ लामो प्रतिवेदन नै बनाएको छ ।   सरकारले आफ्नो उपलब्धीको...

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा गर्भपतन गराउनेको संख्या वर्षेनी बढ्दै गए

साउन, डडेल्धुरा । प्रदेश नम्बर ७ को पहाडी जिल्लामा रहेको एक मात्र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा अझै डाक्टर अभाव छ । तर, दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भए पनि गर्भपतन गराउनेको संख्या भने वर्षेनी बढ्दै गएको छ । अस्पतालमा एक जना मेसुसहित २१ जना कन्सलटेन्ट...

भक्तपुरमा भएको प्रहरी इन्काउण्टरको घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलले छानबिन गर्ने

साउन, काठमाडौं । भक्तपुरमा भएको प्रहरी इन्काउण्टरको घटनाबारे सरकारले छानबिन गर्ने भएको छ । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले घटनाबारे छानबिन गर्ने प्रतिवद्धता जनाएका हुन् ।   काठमाडौं काँडाघारीका बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्नको आरोपित गोपाल तामाङ र अजय तामाङलाई नियन्त्रणमा...

 हेटौँडामा रहेको हल ओम्याक्समा आगलागी

२३ साउन, हेटौँडा । हेटौँडामा रहेको हल ओम्याक्समा आगलागी भईरहेको छ । विहान करिव साढे ९ बजेदेखि आगलागी शुरु भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । आगलागी हलको पर्दाको भागबाट शुरु भएको थियो । अहिले पनि आगोका लप्काहरु बाहिर आईरहेको छ भने धुँवाको मुस्लो बाहिर निस्करहेको छ । हेटौँडा...

एसियाकै पहिलो र एकमात्र आदिवासी जनजातिहरुको टेलिभिजन (ईण्डिजिनियस टेलिभिजन) को दोश्रो वार्षिकोत्सव

नेपालको तथा एसियाकै पहिलो र एकमात्र आदिवासी जनजातिहरुको तथा अन्य सबै समुदायहरुको विशेष मुद्दा बोकेको टेलिभिजन “ईण्डिजिनियस टेलिभिजन” को दोस्रो वार्षिकोत्स श्रावन २२ गते सांस्कृतिक संस्थान (रास्ट्रिय नाचघर,जमलमा) भव्यताका साथ मनाईने भएको छ । बिगत २ वर्ष देखि २४सै घण्टा रास्ट्रिय तथा अन्तरास्ट्रिय बिषयवस्तुलाई रास्ट्रीय...