स्थानीय समाचार

बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थाले


मंसिर, बैतडी । पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् ।

 

फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ ।

आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा यो समस्या निम्तिएको अभियन्ताहरुले बताएका हुन् ।

बैतडीमा फोन र फेसबुकको माध्यमबाट सम्पर्क गरेर किशोरीहरु भाग्ने चलन बढिरहेको बालबालिकाका क्षेत्रमा काम गर्ने संघसस्थाले जनाएका छन् । अब बैतडीका किशोरीलाई १२ कक्षा नपढुञ्जेलसम्म मोबाइल बोक्न बन्देज गर्नेगरी स्थानीयस्तरमा कानून बनाउनुपर्ने युवा सञ्जाल बैतडीका सदस्य सपना रानामगरले बताइन् ।

सञ्चारका साधनले बालविवाह न्यूनीकरणमा सक्रिय किशोरीहरु पनि भागेर जाने गर्दा झनै समस्या भएको किशोरी रेजिना टेलरले बताइन् । उनले भनिन्, ‘पछिल्लो समय जिल्लामा सक्रिय किशोरी नै फोन र फेसबुकबाट कुरा गरेर भागेर जाने चलन रहेको छ ।’

अहिले जिल्लामा सबैभन्दा बढी किशोरी मोबाइलका कारण बलात्कारको शिकार हुनुपरेको समेत उनले बताइन्। बैतडी भारतसँगै जोडिएको जिल्ला भएकाले फोनमा फेसबुकमा कुरा गरेर भागेर भारत जाने गरेको उनकाे भनाइ छ ।

बैतडीको सीमा—नाका झुलाघाटबाट चालु आर्थिक वर्षमा हालसम्म २४ जना किशोरकिशोरीको उद्धार गरेको प्रहरीले जनाएको छ ।

यसैबीच, बैतडीमा बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना पनि तयार पारिएको छ । सन् २०३० मा नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने सरकारको लक्ष्यअन्तर्गत बैतडी जिल्लालाई पनि बालविवाहमुक्त घोषणा गर्नुपर्ने भएकाले जिल्लामा रणनीतिक कार्ययोजना तयार पारिएको हो ।

बैतडीका १० वटै स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष, किशोरीवृत्त, प्रतिष्ठित धामीसमूह, पत्रकारलगायत सरोकारवालाले बालविवाहमुक्त घोषणा गर्नका लागि कस्ता क्रियाकलाप गर्ने भन्नेबारेमा छलफल गरी रणनीतिक कार्ययोजना तयार पारेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए ।

बैतडीमा किशोरी सञ्जाल, किशोरी समूह, किशोरी वृत गठन गरी बालविवाह न्यूनीकरण गर्नका लागि किशोरी सक्रिय रहेका छन् ।

मङ्ल, मंसिर १९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

३३ किलो सुन तस्करी गोरेले बाबुलाई भेटेर के भने ? अनुसन्धान प्रभावित पार्ने गोरेको प्रयास!!!

 साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग बिहीबार पनि बयान भएको छ । जिल्ला अदालत मोरङमा करिव ५ घण्टा चलेको बयानमा गोरेले सोधेको प्रश्नभन्दा अनौपचारिक बढी गरेका छन् । बुधबार पनि झण्डै ५ घन्टा बयान भएको थियो । तर, उनले सुन तस्करीको...

जेष्ठ मेला समापन गर्न हेलिकप्टर द्धारा गाँउ जादै अतिथि

शोले युवा कल्ब तमानखोला गाँउपालीका ४ लाम्मेला बाग्लुङ्गले हरेक वर्ष आयोजना गर्ने जेष्ठ मेलाको समापन ११ गते गरिने भएको छ र उक्त समापन कार्यक्रमा प्रभु बैक कमलादी काठमाण्डौका अध्यक्ष देवी प्रकाश भट्टचन,थकाली सेवा समाज काठमाण्डौ का अध्यक्ष खगेन्द्र भट्टचन,तारा प्रकाश भट्टचन र निर्गुन भट्टचन...

महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरे

वैशाख, काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा...

जागिर दिने प्रलोभन देखाएर मानिस जम्मा पर्ने र रकम लिएर ठगी गर्ने समूहको धन्दा

१९ फागुन, काभ्रे । बेथानचोक ओमविक्रम लामा रोजगारीका लागि विदेश जाने तयारीमा थिए । कक्षा १२ मा अध्ययन गर्दागर्दै भारतको गोवा पुगेर वेटर काम गरेका उनी १२ बैशाख २०७२ को भूकम्पपछि नेपाल आएका थिए । घर बनाउने लगायतका काम गरेपछि गोवा होइन, विदेश जाने सोच बनाए...

लक्ष्मीप्रसाद मिश्रको दोस्रो काव्य कृति नशामा डुबेको जीवनको लोकापर्ण

खोज संवाददाता –लमजुङ, सुन्दरबजार महोत्सवको सु–अवसरमा मिठो स्वरका धनी गीतिकाव्य लेखनका बादशाह लक्ष्मीप्रसाद मिश्रको दोस्रो काव्य कृति नशामा डुबेको जीवनको लोकापर्ण प्रदेश नं ४ का मानननिय मुख्य मन्त्री पृथ्बी शुब्बा गुरुङबाट सुसम्पन्न भयो । राष्ट कवि माधव धिमिरेको जन्मथलो लमजुङलाई साहित्यको राजधानी बनाउनुपर्छ भन्ने अभियानको...

बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा अागजनी

फागुन ८, काठमाडौं । अाज नेपाल बन्द गर्ने पुर्व जानकारी हुदाहुदैपनि बन्दकाे अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा अागजनी गरेका छन् । मोरङको सलकपुर र ढाटमा आगजनी गरिएको जानकारी प्राप्त भएको छ । नेपाल कम्युनिस्ट पार्टीले अाज अाह्वान गरे‍को नेपाल बन्दले बन्दकाे प्रभाव विहानैबाट देशैभरी...