स्वास्थ्य

भक्तपुरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण


काठमाडौं : सोमवार साँझ ६ बजे भक्तपुरस्थित कोरिया–नेपाल मैत्री अस्पतालमा एक बिरामीले डाक्टर र नर्समाथि आक्रमण गरेका छन्। अस्पतालको इमर्जेन्सीका मेडिकल अधिकृत डा सञ्जय त्रिपाठीलाई लक्षित गरी आक्रमण भएको थियो।

आफू र छोरालाई विष पिलाइएको आरोप लगाउँदै बिरामीले डाक्टरले चेकजाँच सुरु गर्न लाग्दा आक्रमण गरेका हुन्।

डक्टर्स सोसाइटीकी महासचिव तोसिमा कार्कीका अनुसार डा त्रिपाठीले चेकअप गर्ने तयारी गर्दा नजिकै रहेको चक्कुले प्रहार गरेका थिए। त्यसपछि उनले नजिकै रहेकी नर्सको घाँटी थिचेका थिए। अस्पतालमा आएका अन्य बिरामीले उनलाई तानेर नर्सलाई जोगाएको कार्कीले पहिलोपोस्टलाई बताइन्।

डाक्टर र नर्समाथि आक्रमण गर्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। विष खुवाइएको भनिएका उनका छोरालाई आफन्तले त्यस्तो केही नभएको भन्दै घर लगेका छन्। डाक्टरलाई आक्रमण गर्ने व्यक्ति मानसिक सन्तुलन गुमेको हुन सक्ने भए पनि यथार्थ पत्ता नलागेको कार्कीले बताइन्।

कार्कीका अनुसार अनुसार अहिले अस्पताल तनावग्रस्त छ भने सुरक्षाकर्मी अस्पतालमा खटिएका छैनन्। ‘हामी  प्रहरीसमक्ष आक्रमण गर्नेको विरुद्ध उजुरी दर्ता गर्न जाँदा दर्ता भएन्। सायद भोलि हुन्छ होला,’ कार्कीले भनिन्, ‘भक्तपुरका डिएसपीले अस्पताललाई सुरक्षाकर्मी दिन सक्दैनौं भने।’

मङ्ल, मंसिर १९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

शुद्ध शाकाहारी महोत्सव फागुन १९ मा हुने

काठमाडौँ÷स्नेहाज् केयरले हरेक वर्ष झैँ यसवर्ष पनि आगामी फागुन १९ गते शनिबारका दिन शुद्ध शाकाहारी महोत्सव अर्थात् भेगान फेस्टिभल आयोजना गर्ने भएको छ। विगत आठ वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्य गर्दै आएको स्नेहाजले यसपटक महोत्सवका लागि ग्रासरुट मुभमेन्ट इन नेपाल र नेपाल होमस्टे टुरिजम्...

डा. केसीले धनगढीबाट सुरु गरे फेरि अनसन

धनगढी/ ७ बुदेँ माग राख्दै डा. गोविन्द केसीले धनगढीको एलएनचोक स्थित कृष्णमन्दिरको धर्मशालाबाट आजदेखि अनसन शुरु गरेको छन् । उनले सरकारी अस्पतालमा बेड संख्याको आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, स्थानीय तहको बजेटको आधा हिस्सा शिक्षा र स्वास्थ्यमा छुट्याउनुपर्ने लगायतका माग राखेर अनसन शुरु गरेका हुन् ।...

पोषण शिविर तथा स्वास्थ्य जीवनको लागि सुपोषण सचेतना

काठमाडौं । असल पोषण आहार स्वस्थ्य जिवनको आधारभन्ने मुल नाराका साथ नेपाल डाइटिसियन एसोसियसनको आयोजना नेवा: मिसा दबू टोखा नगर कमिटीको व्यवस्थापन र टोखा नगरपालिका वडा नं. ३ को सहयोगमा आयोजित पोषण शिविर तथा स्वास्थ्य जीवनको लागि सुपोषण सचेतना मुलक कार्यक्रम भाद्र २५ गते शनिवार...

जनै खटिरा (लोक उपचार)

मानव समाज आफ्नो वरपरको वातावरण,चालचलन , धर्म ,संस्कृति, भौगोलिक परिस्थिति आदि अनुसार परापुर्व कालदेखि आफ्नो तथा अन्य जनावरहरुको उपचार गर्दै आई रहेका छन्। यस संसारमा जति पनि रोगहरुको उपचार पध्दति छन् ती सबै एकै चोटी बिकाश र बिस्तार भएको होइन। उपचार गर्ने क्रममा आफ्ना वरपर...

महिलाको पाठेघरसम्बन्धी निशुल्क शिविर सम्पन्न

२०७८ माघ २३ । काठमाडौस्थित तारकेश्वर नगरपालिकाको जरंखुमा महिलाको पाठेघरसम्बन्धी एकदिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । दीपक फाउन्डेसन नेपाल र ढुंगाना फार्मेसीको सयुक्त आयोजनामा सम्पन्न शिविरमा ६० भन्दा बढी महिलाहरूको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियोे । जसमध्ये अधिकांश बिरामी कुनै न कुनै रूपमा...

नेपाल हृदय रोग निवारण प्रतिष्ठानको ३०औंं केन्द्रीय सभा सुसम्पन्न

नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालयको सभा कक्ष मा ३०औंं केन्द्रीय सभा सुसम्पन्न भएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बलराम नेउपानेको सभापतिमा सप्पन्न भएको थियो ।सभामा सभापति बलराम नेउपानेले सस्थापकहरुको योगदानको सह्राहना गर्नु हुदै अमेरिकाको vital startageics र edward lifescience foundation बारेमा चर्चा गर्नु...