राजनिति

गणनाका क्रममा कांग्रेसको स्थितिमा सुधार देखिएन


२२ मंसिर, काठमाडौं । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये वामपन्थी गठबन्धनले २९ सिटमा अग्रता लिइरहेको छ । कांग्रेस ४ सिटमा मात्रै अगाडि देखिएको छ ।

 

मतगणना सकिएका तीन निर्वाचन क्षेत्रमध्ये एमालेले मनाङ र मुस्ताङमा बिजय हासिल गरिसकेको छ । माओवादीले पूर्वी रुकुममा बिजय हासिल गरेको छ ।

मतगणना भइरहेका रसुवा, हुम्ला, मुगु र बाजुरामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । गोरखा २ मा नयाँ शक्तिको अग्रता छ । ललितपुर क्षेत्र नम्बर ३ मा पनि कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

पहिलो चरणको चुनावमा नेपाली कांग्रेसको गलभग बिजोग अवस्था देखिएको छ । गणनाका क्रममा कांग्रेसको स्थितिमा सुधार देखिएन भने उसको पराजय अपमानजनक हुने संकेत देखिएको छ ।

पहिलो चरणको गणनामा यस्तो देखिएको छ कि प्रत्यक्षतर्फ नेपाली कांग्रेस माओवादी केन्द्रभन्दा पछाडि देखिएको छ ।

कांग्रेसले हिमाली र पहाडी जिल्लामा आफ्नो पुरानो बर्चश्व गुमाउने देखिए पनि शहर र तराईका जिल्लामा कांग्रेसले आफूलाई केही सुधार गर्न सक्ने धेरैले अनुमान गर्दै आएका छन् ।

कहाँ–कहाँ कसको अग्रता ?

पहिलो चरणमा हटसीट मानिएका क्षेत्रमध्ये गोरखा २ मा नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी नेता नारायणकाजी श्रेष्ठलाई पछि पार्दै अग्रता लिएका छन् । त्यहाँ दुई नेताबीच तीब्र प्रतिस्पर्धा छ ।

त्यस्तै नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट फराकिलो मतान्तरसहित अगाडि छन् । कांग्रेस नेता बलबहादुर केसी सोलुखुम्बुमा ४ हजार मतले पछि परेका छन् ।

ओखलढुंगामा दुई चर्चित युवा नेता एमालेका यज्ञराज सुनुवार र कांग्रेसका रामहरी खतिवडाको प्रतिस्पर्धामा सुनुवारले एक हजार मतको अग्रता लिइरहेका छन् ।

सिन्धुपाल्चोक १ मा माओवादी नेता अग्नि सापकोटा कांग्रेस नेता सन्चारमन्त्री मोहनवहादुर बस्नेतभन्दा दोब्बर मतले अगाडि छन् ।

सिन्धुपाल्चोक ३ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शसमेरलाई एमालेका शेरवहादुर तामाङले पछि पारेका छन् ।

नुवाकोटमा कांग्रेसका दुई प्रभावशाली नेता रामशरण महत र अर्जुन नरसिंह केसी मतगणना चलिरहदा पछाडि परेका छन् ।

केसीलाई एमालेका नारायण खतिवडाले पछि पारेका छन् भने महतलाई माओवदाीका हितवहादुर तामाङले पछि पारेका छन् ।

लम्जुङमा कांग्रेसका दिलवहादुर घर्तीको शुरुदेखिको अग्रता तोडेर माओवादीका देव गुरुङ अघि बढेका छन् ।

मतगणना भइरहेका ३४ निर्वाचन क्षेत्रमध्ये एमालेले १८ स्थानमा अग्रता लिएको छ । माओवादीले ११ सिटमा अग्रता लिएको छ ।

शुक्र, मंसिर २२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

वाम गठबन्धनले प्रदश नं. २ मा प्रतिनिधिसभा तर्फ खाता खोले

मंसिर, रौतहट । वाम गठबन्धनले प्रदश नं. २ मा प्रतिनिधिसभा तर्फ खाता खोलेको छ ।   रौतहट क्षेत्र नं. ३ बाट वाम गठबन्धनले प्रतिनिधिसभामा खाता खोलेको हो । रौतहट-३ मा माओवादी केन्द्रक प्रभु साह विजयी भएका छन् । साहले २७ हजार ७९९ मत ल्याए । उनका प्रतिस्पर्धी कांग्रेसका...

नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिका १ केउरानीमा शंकास्पद बस्तु भेटिए

मंसिर, कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिका १ केउरानीमा शंकास्पद बस्तु भेटिएको छ । शंकास्पद बस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । कोकको बोतल, मोबाइलको बेट्री, तार लगायतका सामग्री राखेर सर्वसाधारण तर्साउने ढंगले राखिएको उक्त बस्तु नेपाली सेनाको टोलीले बिहान ९ बजेतिर...

चितवनको भरतपुर महानगरपालिकाको पाँच नम्बर वडा कार्यालयमा बम विस्फोट

१७ मंसिर, चितवन । चितवनको भरतपुर महानगरपालिकाको पाँच नम्बर वडा कार्यालयमा बम विस्फोट भएको छ । बम विस्फोटबाट वडा कार्यालय र त्यससँगै रहेको नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखा कार्यालय भवनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका चितवनका अनुसार बिहानपख दुई बजे गि्रनेट विस्फोट भएको थियो...

नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले भने चुनावको प्रचारमा रोबोटको प्रयोग

१६ मंसिर, सुनसरी । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारहरु मतदाताको मत आकर्षित गर्न अनेक तरिका अपनाइरहेका छन् ।   सुनसरी क्षेत्र नम्वर २ प्रदेश ‘क’ का नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले भने चुनावको प्रचारमा रोबोटको प्रयोग गरेका छन् । उनले प्रयोगमा ल्याएको रोबोटले ‘जय नेपाल’ आवाज निकाल्दै...

वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १३७ सिट जित्ने दावी

काठमाडौं । वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १३७ सिट जित्ने दावी गरेको छ । एमाले महासचिव ईश्वर पोख्रेलले कम्तिमा पनि वाम गठबन्धनले एक सयदेखि १३७ सिट जित्ने दावी गरेका हुन् । प्रेस चौतारी र प्रेस सेन्टर नेपालले काठमाडौंमा आयोजना गरेको उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पोख्रेलले पहिलो चरणमा...

​तुलसीपुर बम विष्फोटमा घाइते म्यादी प्रहरीको मृत्यु

१३ मंसिर, दाङ । दाङको तुलसीपुरमा अज्ञात समूहले गराएको बम विष्फोटमा घाइते भएका एक म्यादी प्रहरीको उपचारको क्रममा मृत्यु भएको छ । विष्फोटमा गम्भीर घाइते तुलसीपुर उपमहानगरपालिका १८ का विनोद चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारकाे क्रममा आज बिहान साढे २ बजे ज्यान गएको दाङ प्रहरी प्रमुख...