प्रमुख समाचार

म्याग्दीको प्रदेशसभा ‘ख’मा वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार नरदेवी पुन विजयी


म्याग्दी, मंसिर । म्याग्दीको प्रदेशसभा ‘ख’मा वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार नरदेवी पुन विजयी भएकी छन् ।

 

पुनले १० हजार ८६८ मत ल्याएर जित हात पारेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामी पुनले ७ हजार ९ सय ९० मत पाएको म्याग्दीका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले अनलाइनखबरलाई जानकारी दिए ।

पुनसँग फगामी २ हजार ८७८ मत अन्तरले पराजित भएका हुन् ।

पुनलाई निर्वाचन आयोगले औपचारिक रुमा विजेता घोषणा गरिसकेको छ ।

त्यस्तै म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख र प्रतिनिधिसभा सदस्यमा पनि वाम गठबन्धनका उम्मेद्वार नै अघि छन् ।

शुक्र, मंसिर २२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मिश्रले भने ‘गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो ।’

मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई धन्यवाद दिएका छन् । १०, ११८ मत पा एका मिश्र कांग्रेसका प्रकाशमान सिंहसँग ८१९ मतले पराजित भएका छन् । अन्तिम मत परिणाम सार्वजनिक भएपछि मिश्रले कांग्रेस नेता सिंहलाई फोन गरेर नै...

धान्यपूर्णिमा, उधौली पर्व र १४ औं ज्यापु दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइँदै

१७ मंसिर, काठमाडौं । धान्यपूर्णिमा, उधौली पर्व र १४ औं ज्यापु दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदाय योमरी पूर्णिमा र ज्यापु दिवस मनाउन व्यस्त छन् । सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।   पहाडी क्षेत्र र अन्य...

कांग्रेस युवा नेता प्रदीप पौडेलको तनहुँस्थित घरमा बम विष्फोट

१६ मंसिर, तनहुँ । कांग्रेस युवा नेता प्रदीप पौडेलको तनहुँस्थित घरमा बम विष्फोट भएको छ । तनहुँको गणपतेस्थित पौडेलको घरमा शनिबार बिहान करिब पौने पाँच बजेतिर बम विष्फोट भएको हो ।   कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पौडेल तनहुँ क्षेत्र नम्बर २ (क)का उम्मेदवार समेत हुन् । आँगनमा...

प्रहरी र राजपाका कार्यकर्ताहरुबीच झडप भएपछि गएराति अबेरसम्म पनि रौतहटको गरुडा नगरपालिका ५ महमदपुर तनावग्रस्त

१५ मंसिर, रौतहट । प्रहरी र राजपाका कार्यकर्ताहरुबीच झडप भएपछि गएराति अबेरसम्म पनि रौतहटको गरुडा नगरपालिका ५ महमदपुर तनावग्रस्त भयो । मधेस आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपाले चुनाव प्रचार गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेर रोक्न खोज्दा झडप भएको हो ।   झडपमा बालकसहित पाँचजना घाइते भएका...

नवलपुरमा कांग्रेस र वाम गठबन्धनबीच झडप, ६ जना घाइते

१३ मंसिर, कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं. ६ बरुवामा मंगलबार राति नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुवै तर्फका ६ जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण...

तुलसीपुर उपमहानगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्न जापानको एक कम्पनीसँग मंगलबार सम्झौता

१२ मंसिर, दाङ । तुलसीपुर उपमहानगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्न जापानको एक कम्पनीसँग मंगलबार सम्झौता भएको छ । तुलसीपुरमा कार्यक्रमको आयोजना गरेर जापानी कम्पनी न्यू आइटी भेन्चर लिमिटेड र तुलसीपुर उपमहानगरपालिबीचमा सम्झौता भएको हो । सम्झौता पत्रमा कम्पनीका तर्फबाट कार्यकारी निर्देशक तादासी मोरी र उपमहानगरपालिकाका...