स्थानीय समाचार

प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित


मंसिर, कैलाली । प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

 

राजपाका उम्मेदवार चौधरीले पूर्वानुमान विपरित वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरले हराएका छन् ।

चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र पाइन् । चौधरी र शाहबीचको मतअन्तर २० हजार ९३५ छ ।

कांग्रेसकी इश्वरी न्यौपाने तेस्रो स्थानमा रहिन् । उनको मत ११ हजार २०३ छ ।

चौधरी कैलाली घटनाका मुख्य आरोपी हुन् र उनी प्रहरीको फरार अभियुक्तको सूचीमा छन् । उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए ।

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो ।

यसैगरी प्रदेशसभा तर्फ एक सिट राजपाले र एक सिट नेपाली कांग्रेसले जितेका छन् । क्षेत्रनम्बर १ (क) मा राजपाका १२ हजार १८४ मतसहित प्रदेशसभामा विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले ९ हजार ३०८ मत पाएका छन् ।

यसैगरी क्षेत्रनम्बर १ (ख)मा नेपाली कांग्रेसका रणबहादुर रावल ९ हजार ४३४ मतसहित विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नेपबहादुर थारु (चौधरी)ले ८ हजार ९०६ मत पाएका छन् ।

मङ्ल, मंसिर २६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परे

बाँके । नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई प्रहरीको विशेष टोलीले बाँकेको ढकेरीबाट पक्राउ गरेको हो । उनीसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी...

३३ किलो सुन तस्करी गोरेले बाबुलाई भेटेर के भने ? अनुसन्धान प्रभावित पार्ने गोरेको प्रयास!!!

 साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग बिहीबार पनि बयान भएको छ । जिल्ला अदालत मोरङमा करिव ५ घण्टा चलेको बयानमा गोरेले सोधेको प्रश्नभन्दा अनौपचारिक बढी गरेका छन् । बुधबार पनि झण्डै ५ घन्टा बयान भएको थियो । तर, उनले सुन तस्करीको...

जेष्ठ मेला समापन गर्न हेलिकप्टर द्धारा गाँउ जादै अतिथि

शोले युवा कल्ब तमानखोला गाँउपालीका ४ लाम्मेला बाग्लुङ्गले हरेक वर्ष आयोजना गर्ने जेष्ठ मेलाको समापन ११ गते गरिने भएको छ र उक्त समापन कार्यक्रमा प्रभु बैक कमलादी काठमाण्डौका अध्यक्ष देवी प्रकाश भट्टचन,थकाली सेवा समाज काठमाण्डौ का अध्यक्ष खगेन्द्र भट्टचन,तारा प्रकाश भट्टचन र निर्गुन भट्टचन...

महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरे

वैशाख, काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा...

जागिर दिने प्रलोभन देखाएर मानिस जम्मा पर्ने र रकम लिएर ठगी गर्ने समूहको धन्दा

१९ फागुन, काभ्रे । बेथानचोक ओमविक्रम लामा रोजगारीका लागि विदेश जाने तयारीमा थिए । कक्षा १२ मा अध्ययन गर्दागर्दै भारतको गोवा पुगेर वेटर काम गरेका उनी १२ बैशाख २०७२ को भूकम्पपछि नेपाल आएका थिए । घर बनाउने लगायतका काम गरेपछि गोवा होइन, विदेश जाने सोच बनाए...

लक्ष्मीप्रसाद मिश्रको दोस्रो काव्य कृति नशामा डुबेको जीवनको लोकापर्ण

खोज संवाददाता –लमजुङ, सुन्दरबजार महोत्सवको सु–अवसरमा मिठो स्वरका धनी गीतिकाव्य लेखनका बादशाह लक्ष्मीप्रसाद मिश्रको दोस्रो काव्य कृति नशामा डुबेको जीवनको लोकापर्ण प्रदेश नं ४ का मानननिय मुख्य मन्त्री पृथ्बी शुब्बा गुरुङबाट सुसम्पन्न भयो । राष्ट कवि माधव धिमिरेको जन्मथलो लमजुङलाई साहित्यको राजधानी बनाउनुपर्छ भन्ने अभियानको...