समाचार

भावी मुख्यमन्त्रीसहित १७ महिला प्रदेशसभामा निर्वाचित


मंसिर, काठमाडौं । प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा पनि निकै कम महिला प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । जसको क्षतिपूर्ति अब प्रदेशसभामा पनि दलहरुले समानुपातिकबाट गर्नुपर्नेछ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाँच महिला निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट पम्फा भुसाल, कमला रोका र विना मगर तथा एमालेबाट पवित्रा निरौला खरेल र पद्माकुमारी अर्याल प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।

प्रदेशसभातर्फ १७ महिला निर्वाचित भएका छन् । प्रदेश १, ४ र ५ मा दुईदुई जना, २ र ३ मा पाँचपाच र ७ मा एक महिला निर्वाचित भएका हुन् ।

दलीय हिसावमा हेर्दा प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित महिलामा कांग्रेस छैन ।

प्रतिनिधिसभामा माओवादीबाट तीन र एमालेबाट दुई महिला चुनिँदा प्रदेशतर्फ एमालेबाट ८ र माओवादीबाट ७ तथा राजपाबाट २ महिला प्रत्यक्ष जितेका छन् ।

जबकी सात वटै प्रदेशमा गरेका प्रदेशसभामा ३३० प्रत्यक्ष सिट छन्, जसमा एमालेले १६८, माओवादीले ७३, कांग्रेसले ४१, संघीय समाजवादी फोरमले २४, राष्ट्रिय जनता पार्टीले १६ सिट जितेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार तीन क्षेत्रमा विजयी हुँदा नयाँ शक्ति पार्टी र र राष्ट्रिय जनमोर्चाले २/२ र नेपाल मजदुर किसान पार्टीले १ सिट जितेको छ ।

३३० प्रदेशसभाका सदस्यको निर्वाचन हुँदा सबैभन्दा बरिष्ठता नेतृ अष्टलक्ष्मी शाक्य परेकी छन् ।

एमाले उपाध्यक्ष शाक्य प्रदेश नम्बर ३ को भावी मुख्यमन्त्री समेत हुन् । उनलाई मुख्यमन्त्री बन्ने गरि प्रदेशमा पठाइएको एमाले स्रोतले जनाएको छ ।

सम्भवतः ७ प्रदेशमध्ये मुख्यमन्त्री बन्ने महिला अष्टलक्ष्मी मात्र हुन् । त्यस्तै एमालेकी नरदेवी पुन यसअघि राज्यमन्त्री भइसकेकी महिला नेतृ हुन् भने माओवादीकी आशा कोइराला हाल विनाविभागीय मन्त्री छन् ।

राजपाका रानी शर्मा तिवारी र सुरिताकुमारी साह पनि बरिष्ठ महिला नेतृ हुन् । सुरिता पूर्व सञ्चार सहायकमन्त्री हुन् भने रानी पार्टीको उपाध्यक्ष भइसकेको नेतृ हुन् ।

कोको हुन् प्रदेशमा प्रत्यक्ष जित्ने महिला

प्रदेश १

खिनु लिनुङ्वा लिम्बु – इलाम १ क, एमाले
कला घले – उदयपुर १ ख, एमाले

प्रदेश २

शारदा थापा – महोत्तरी १ क, एमाले
बेची लुङ्गेली – सर्लाही १ ख, एमाले
ज्वालाकुमारी साह- बारा ३ क, माओवादी
रानी शर्मा – महोत्तरी ३ ख, राजपा
सुरिता साह – महोत्तरी २ ख, राजपा

प्रदेश ३

अष्टलक्ष्मी शाक्य – काठमाडौं ८ ख, एमाले
रमा आले मगर – काठमाडौं १० ख, एमाले
लालकुमारी पुन – ललितपुर १ ख, माओवादी
राधिका तामाङ – नुवाकोट १ क, माओवादी
कुमारी मोक्तान – मकवानपुर २ ख, माओवादी

प्रदेश ४

आशा कोइराला – तनहुँ २ क, माओवादी
नरदेवी पुन – म्याग्दी १ ख, एमाले

प्रदेश ५

कृष्णा केसी – बाँके १ क, माओवादी
आरति पौडेल – बाँके १ ख, एमाले

प्रद्रेश ७

देवकी मल्ल – बझाङ १ ख, माओवादी

बिहि, मंसिर २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने

असोज,काठमाडौं । सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरण नियामक निकाय हो । मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य...

‘फगत एक नजरमा कसैले लियो मन’ गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन

 काठमाडौं । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । रिमालको गएराति आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको नाट्यकर्मी अशेष मल्लले अनलाइनखबरलाई जानकारी दिए । ९३ वर्षीय रिमाल लामो समयदेखि अस्वस्थ थिए । उनी घरमै आराम गर्दै आइरहेका थिए । रिमालका ‘फगत एक नजरमा कसैले लियो मन’...

धरानमा रुखले धमाधम पैसा फलाइरहेको छ

इटहरी / रुखमा पैसा फल्छ भन्दा तपाईं पत्याउनुहुन्न होला । तर, धरानमा रुखले धमाधम पैसा फलाइरहेको छ । रुखमा घर बनाएर स–साना कटेजहरू निर्माण गरेपछि पर्यटकहरूको आगमन बढेको छ । त्यहाँ प्रवेश गर्न नै टिकट लिनुपर्छ । यसरी रुखमा पैसा फलाउँदैछन् धरानको शिरमा रहेको शिवधारा चोकबाट...

राधेश्याम लेकालीको अनेसास अध्यक्ष पदमा उमेदवारी

नेपाली भाषा, साहित्य, कला र संस्कृति को सेवामा निरन्तर क्रियाशील र समर्पित व्यक्तित्व राधेश्याम लेकालीलाई अनेसास को केन्द्रीय अध्यक्ष्य पदमा विजय गराउन सबैले सहयोग गरौँ। (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति निर्वाचन (२०१८–२०२०) मा अध्यक्षका उमेदवार राधेश्याम लेकालीको घोषणापत्र ) : १. अनेसासका विभिन्न च्याप्टर तथा आजीवन...

भिटोफ–नेपाल निर्वाचन मतदाता दुई धारमा राजनीतिक समर्थन सिंखडालाई, व्यवसायीहरुको समर्थन पाण्डेलाई

मितिm २०७५ असार १२ गते शनिवार गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ–नेपाल) को निर्वाचनको लागि अध्यक्षका उम्मेदवार वायुदेव पाण्डे र अर्का उम्मेदवार ध्रुव सिंखडाले आ–आफ्नो प्यानल औपचारिक घोषणा गरेसँगै अन्ततः नयाँ नेतृत्वको निम्ति भिडन्त हुने भएको छ । भिटोफ निर्वाचनमा कस्ले जित्ला भन्ने जिज्ञासाले पर्यटन...

‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’ प्रथम घोषित

काठमाडौँ । नेपाली सेनाद्वारा आयोजित ‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’ प्रथम घोषित भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा साेमबार साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता पौडेललाई नगद रु दुई लाखसहित प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा शम्भुसेन थापाको लघु चलचित्र ‘त्याग’ दोस्रो र...