इतिहास

प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिएका ४९ दलमध्ये ४४ दलको जमानत जफत


काठमाडौँ : प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिएका ४९ दलमध्ये ४४ दलको जमानत जफत हुने भएको छ।

समानुपातिक निर्वाचनमा सहभागी हुन दलले प्रतिनिधि सभाका लागि ५० हजार धरौटी बुझाउनु पर्छ। समानुपातिकतर्फ एक सिट पनि नजिते यी दलहरुले राखेको धरौटी फिर्ता पाइँदैन।

समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ५ दलले मात्र सिट पाउने देखिएको हो। यस पटक प्रतिनिधि सभामा समानुपातिक सिट पाउनका लागि कूल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत ल्याउनै पर्ने थ्रेसहोल्ड राखेका कारण कम दलले सिट पाएका हुन्।

यी हुन् जमानत जफत हुने दलहरु-

1.    विवेकशील साझा पार्टी
2.    राष्ट्रिय प्रजातन्त्र पार्टी
3.    राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)
4.    नयाँ शक्ति पार्टी, नेपाल
5.    नेपाल मजदुर किसान पार्टी
6.    राष्ट्रिय जनमोर्चा
7.    एकल चिन्ह हसिया तारा लिएका
8.    नेपाल संघीय समाजवादी पार्टी
9.    राष्ट्रिय जनमुक्ति पार्टी
10.    एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)
11.    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
12.    नेपाली जनता दल
13.    बहुजन शक्ति पार्टी
14.    मंगोल नेशनल अर्गनाइजेसन
15.    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)
16.    देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
17.    नेपाल जनता पार्टी
18.    जनशक्ति नेपाल
19.    आमूल परिवर्तन मसिहा पार्टी नेपाल
20.    राष्ट्रिय मुक्ति आन्दोलन नेपाल
21.    नेपाः राष्ट्रिय पार्टी
22.    नेपाल लोकतान्त्रिक जनता काँगे्रस
23.    चुरेभावर लोकतान्त्रिक पार्टी
24.    नेपाल समावेशी पार्टी
25.    ग्रीन पार्टी नेपाल
26.    नेपाल युवा किसान पार्टी
27.    नेपाली कांगे्रस (बी.पी.)
28.    तामाङसालिङ लोकतान्त्रिक पार्टी
29.    नेपालवाद
30.    नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)
31.    नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक)
32.    राष्ट्रिय समाजवादी पार्टी, नेपाल
33.    राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल
34.    नेपाल नौलो जनवादी पार्टी
35.    नेपाल दर्शन
36.    एकल चिन्ह सिपाही लिएका
37.    युवा नेपाल पार्टी
38.    नेपाल दलित पार्टी
39.    जनप्रजातान्त्रिक पार्टी, नेपाल
40.    देशभक्त लोकतान्त्रिक पार्टी
41.    संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल
42.    लिवरल डेमोक्रेटीक पार्टी
43.    देशभक्त समाज
44.    हाम्रो पार्टी

यी ४४ दलले बुझाएको कूल २२लाख रुपैयाँ अब संघीय सञ्चित कोषमा दाखिला हुनेछ।

समानुपातिकमा सूर्य चिह्नको एमाले, रुख चिह्नको कांग्रेस, गोलाकारभित्र हँसिया हथौडा चिह्नको माओवादी केन्द्र, मसाल चिह्नको संघीय समाजवादी फोरम नेपाल र छाता चिह्नको राष्ट्रिय जनता पार्टी नेपालले मात्रै सिट पाएर जमानत जोगाउने देखिएको छ।

शनि, पुस १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सीमा विवाद देखिएपछि नापी विभागका निर्देशक सहितको टोलीले छानविन थाले

माघ, वीरगञ्ज । दुई देशबीच भएको सहमति अनुसार अहिले बारा र पर्सामा पर्ने सीमा क्षेत्रमा हराएका वा बिगि्रएका पिल्लरहरुको ठाउँमा नयाँ पिल्लर राख्दैछ ।   तर, त्यस क्रममा भारतले ५० विगाहा जति जमिन मिचेको स्थानीयबासीले बताएका छन् । सीमा विवाद देखिएपछि नापी विभागका निर्देशक सहितको टोलीले छानविन...

शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा

मुस्ताङ : मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन् । शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ । यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ । उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङ गाउँपालिका...

‘बोधी छाया: लाइफ अफ बुद्ध’ शीर्षकको नाटक काठमाडौंमा एक हजार आठ सय २६ दिन चल्ने

असोज, काठमाडौं । राजधानीको नाटक बजारलाई अलिकति मात्रै नियाल्नुभएको छ भने पनि तपाईंलाई पक्कै थाहा होला, एउटा नाटक कति लामो समयसम्म चल्न सक्छ । यहाँका थोरै नाटकघरले एउटा नाटक बढीमा दुई महिना चलाउँछन् ।   अनि, आफ्ना दुई प्रस्तुतिबीच धेरै साता र महिनाको अन्तराल राख्छन् । तर,...

नाला टुकुचाको पर्यटन र सास्कृतिकबारे जानाकारी “चिनारी” पुस्तक विमोचन सम्पन्न

नाला टुकुचाको पर्यटन र सास्कृतिक विकासमा टेवा पुर्याउने उदेश्यले नमराज घिमिरेद्वारा तयार पारिएको पुस्तक सिंचाइ मन्त्री संजय गौतम ज्यूको प्रमुख आतिथ्यतामा एक विशेष समारोहका बीच बनेपा नगरपालिका वाड नं 2 राधाकृष्ण मन्दिरको प्राङ्गणमा विमोचन गरिएको छ। बनेपा नगरपालिका वडा नं 2 का अध्यक्ष हरिशरण घिमिरे ज्यूको...

पीतृ मोक्षको कामनासहित मनाइयो मतयाः पर्व

 साउन, काठमाडौं । गाईजात्राको भोलिपल्ट मनाइने मतयाः पर्व बुधबार ललितपुरको पाटनमा मनाइएको छ । यस पर्वमा दिवंगत आफन्तको सम्झनामा बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गर्ने र हातमा दीप लिएर नगर परिक्रमा गर्ने चलन छ ।   यसो गर्नाले वर्ष दिनभित्र मृत्यु भएका पितृले स्वर्गमा बास पाउने...

अर्घाखाँची र दाङमा एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका दुईजना घाइते

असार, दाङ । अर्घाखाँची र दाङमा एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका दुईजना घाइते भएका छन् । गम्भीर घाइते एकजनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका वडानम्बर ३ खनदहमा एमाले कार्यकर्ताहरुको आक्रमणबाट माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नारायण खनाल गम्भीर घाइते...