काठमाडौं । घर-घरमा उत्पादित सौर्य ऊर्जाको मूल्य प्रतियुनिट सात रुपैयाँ ३० पैसा तय भएको छ ।
घरमा उत्पादित सौर्य ऊर्जा बढी भएमा घरधनीले विद्युत प्राधिकरणलाई बिक्री गर्नसक्ने छन् ।
घर-घरमा खपत हुँदै आएको बिजुलीभन्दा बढी सौर्य ऊर्जा खरिद गर्ने कार्यविधि ऊर्जा मन्त्रालयले तयार पारेको हो । त्यससँगै घरधनीहरुले प्राधिकरणलाई बिजुली बेच्ने बाटो खुलेको हो ।
‘घरायसी तथा संस्थागत सौर्य विद्युत उत्पादन आयोजनाले प्राधिकरणबाट खरिद गरेकोभन्दा प्रणालीमा दिएको बिजुली बढी भएमा खरिद गरिने छ,’ कार्यविधिमा उल्लेख छ ।
संस्थागत र घरायसी उत्पादन गणना गर्न ‘नेट इनर्जी मिटरिङ’ जडान गरिने व्यवस्था कार्यविधिमा छ ।
‘ग्रिड कनेक्टेड सौर्य ऊर्जा विकास सम्बन्धि कार्यविधि २०७४’ अनुसार घरायसी प्रयोजनका लागि पाँच सय वाटदेखि १० किलोवाटसम्म उत्पादन गर्न सकिनेछ । त्यसका लागि विद्युत विकास विभागबाट अनुमति लिनु पर्दैन ।
१० देखि चार सय ९९ किलोवाटसम्म विद्युत उत्पादन गर्नेलाई संस्थागत र पाँच सय वाटमाथिलाई व्यापारिक सौर्य ऊर्जा मानिने कार्यविधिमा उल्लेख छ ।
१० किलोवाटभन्दा बढी सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनीले भने विद्युत विकास विभागबाट सर्वेक्षण अनुमति लिनुपर्नेछ ।
एक मेगावाट वा त्यसभन्दा बढीका सौर्य ऊर्जा उत्पादक आयोजनाले सर्वेक्षण अनुमति पाएको एक वर्षभित्र काम सक्नुपर्नेछ । एक वर्षभित्रमा अध्ययन हुन नसके थप एक वर्ष समय थप हुन सक्नेछ ।
यस्तै, संस्थागत तथा व्यापारिक सौर्य ऊर्जा उत्पादन अनुमति पत्र प्राप्त गरेको दुई वर्षभित्रमा उत्पादन शुरु गर्नुपर्नेछ । दुई वर्षभित्र उत्पादन हुन नसकेमा स्पष्ट कारण खुलाए मात्र थप एक वर्ष समय बढाउन सकिने व्यवस्था पनि गरिएको छ ।
साथै, सौर्य ऊर्जा ‘टेक अर पे’ अर्थात् खरिद नगरे पनि रकम तिर्ने गरी विद्युत खरिद सम्झौता गरिनेछ । र, यस्ता आयोजनाले पहुँच मार्ग र प्रसारण लाइन आफैं निर्माण गर्नुपर्नेछ ।
मङ्ल, पुस ४, २०७४ मा प्रकाशित
यसमा तपाइको मत
बाट अन्य
काठमाडौं । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको टर्वाइन घुमाएर ‘वेट टेष्ट’ सुरु भएको छ । स्वदेशी लगानीमा सोलुखुम्बुमा निर्माण सम्पन्न भएको आयोजनाको ‘ड्राइ टेष्ट’ पूरा गरी ‘वेट टेष्ट’ सुरु भएको हो । लामो समयको बाँध, सुरुङ, पेनस्टेक, विद्युतगृहको परीक्षण...
काठमाडौं । अपि पावर कम्पनीले निर्माण गरिरहेको १ मेगावाटको सिमरा सौर्य विद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेकाे छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा निर्माणाधीन सौर्य आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । प्लान्टको सबै काम सकेर आगामी बैशाखभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको अपि पावर कम्पनीका संयोजक...
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको काम ६० प्रतिशत पूरा भएको छ । प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम आधाभन्दा बढी सकिएको हो । अहिले बाँध, पाइप लाइन र विद्युतगृहका संरचना निर्माणको काम एक साथ अघि बढेको आयोजना प्रमुख लेखनाथ...
पछिल्लो समय निजी ऊर्जा उत्पादकहरूको आकर्षण सौर्य विद्युत उत्पादनतर्फ बढ्दै गएको छ । सरकारको मिश्रित ऊर्जाको अवधारणाका कारण सौर्य विद्युत आयोजनाको विकासमा लगानी गर्ने लगानीकर्ताको संख्या बढ्दै गएको हो । धमाधम जारी भइरहेका सौर्य विद्युत आयोजनाको अनुमतिपत्रको तथ्यांकले पनि लगानीकर्ताको आकर्षण बढ्दै गएको पुष्टी गर्दछ ।...
काठमाडौँ । आगामी आर्थिक वर्ष भित्रमा सरकारी तथा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाबाट १ हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सरकारी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी, रसुवागढी, राहुघाटलगायत आयोजना तथा निजी क्षेत्रले निर्माण गरिरहेका परियोजनाबाट उक्त परिमाणमा बिजुली जोडिनेछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...
काठमाडौं । बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया सुरु भएको करिब डेढ दशक नाघिसकेको छ । सिभिल निर्माणको ठेक्कापट्टा भएर शिलन्यास भएकै आज १० वर्ष ५ दिन पुगेको छ । २०६८ साल जेठ ४ गते आयोजनाको शिलन्यास गर्न तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल आयोजनाको...