स्थानीय समाचार

काठमाडौंको झोरमा गोली चल्यो


काठमाडौंको उत्तरी भाग झोर- महांकालमा गोली चलेको छ। टोखा नगरपालिका वडा नम्बर १ मा अज्ञात समूहले गोली चलाउँदा घाँस काटन लागेकी महिलालाई लागेको छ । महिलाको घुँडामा गोली लागेको छ । उनलाई उपचारको लागि ग्रान्डी इन्टरनेशनल हस्पिटल लगिएको छ ।
गोली चलकेो ठाउँ शिवपुरी राष्ट्रिय निकुन्जमा पर्छ । काठमाडौं प्रहरी प्रमुख रवीन्द्र धानुकका अनुसार कसले गोली चलायो र गोली चलाउनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनले भने, ‘हामीले गोली चलाउनेको खोजी गरिरहेका छौं ।’ उनले अरु विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

बुध, पुस ५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

माघे संक्रान्ति पर्वका अवसरमा तारुका, वेत्रावती र पञ्चकन्यामा ४० हल गोरु जुधाइए

माघ, नुवाकोट । माघे संक्रान्ति पर्वका अवसरमा साेमबार स्थानीय तारुका, वेत्रावती र पञ्चकन्यामा ४० हल गोरु जुधाइएको छ ।   हिउँदमा फुर्सदका समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रिति भए पनि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएका बेला भाञ्जालाई मनोरञ्जन दिलाउन गोरु जुधाइएको भनाइ छ । ‘तारुकाको पौरख, नेपालको...

माओवादी अध्यक्ष प्रचण्डले लाजिम्पाटमा रहेको आवास छाडे

मंसिर, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले लाजिम्पाटमा रहेको आवास छाडेका छन् । उनी ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारमा बसाइँ सरेका छन् । पार्टीका जिल्ला नेताहरुले खोजेको नयाँ डेरामा लाजिम्पाटबाट केही सामानहरु सारिसकिएको छ । पूर्णरुपमा सामानहरु सार्न केही दिन लाग्नेछ । माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार बिहान...

प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

मंसिर, कैलाली । प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।   राजपाका उम्मेदवार चौधरीले पूर्वानुमान विपरित वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरले हराएका छन् । चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी...

बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थाले

मंसिर, बैतडी । पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् ।   फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा यो समस्या निम्तिएको...

आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) सुरु

१४ मंसिर, चितवन । आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना (अनुगमन) सुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न लागिएको हो ।   निकुञ्ज विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले गणनामा करिब...

गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि काभ्रेको बनेपा-१० जनागालमा तनाव

४ मंसिर, काभ्रे । गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि काभ्रेको बनेपा-१० जनागालमा तनाव भएको छ । स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रदर्श गरिरहेका छन् ।   अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा-१० जनागालमा बा१८च ३११९ नम्बरको बोलेरो गाडीले ठक्कर दिदा घाइते भएका ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा...