राजनिति

मृगलाई हानेको गोली दुर्गालाई लाग्यो, ४ जना पक्राउ


पुस, काठमाडौं । बुधबार दिउँसो करिब २ बजे टोखाको जंगल छेउ गोली चलेको आवाज आयो ।

लगत्तै, प्रहरी वृत्त महाराजगञ्जका डीएसपी योगगन्द्रसिंह थापासहितको प्रहरी टोली त्यहाँ पुग्यो ।

 

घटनामा जंगल छेऊ घाँस काट्दै गरेकी ३५ वर्षीय दुर्गा दुलाल घाइते भइन् । शिवपुरी वन्यजन्तु आरक्षण केन्द्र नजिकबाट गोली चल्दा उनी घाइते भएकी थिइन् ।

महिला घाइते भएको सुइँको पाए लगत्तै गोली चलाउने समूह घटनास्थलबाट भागेको थियो । प्रहरीको प्रारम्भीक अनुसन्धानले जंगलमा मृगको शिकार गर्न गएको समूहले गोली चलाएको तर महिलालाई लागेको देखिएको छ ।

भरुवा बन्दुकसहित ४ जना पक्राउ

घटना लगत्तै गोली प्रहार गर्ने समूहको खोजीमा प्रहरी परिचालन भयो । महानगरीय प्रहरी परिसर, महानगर नगर प्रहरी कार्यालय, भृकुटीमण्डप, महानगरीय प्रहरी वृत्त, बालाजु र महाराजगञ्जको टोलीले जंगलको चारै तिरबाट घेरा हाल्यो ।

र, गोली चलाउने व्यक्तिको खोजी गर्‍यो । अन्ततः झण्डै डेढ घण्टापछि जंगलको एक कुनामा लुकिछिपी बसिरहेको अवस्थामा चार जना युवक पक्राउ परे ।

पक्राउ पर्नेमा टोखा १ का २० वर्षीय सुनिल तामाङ, १७ वर्षीय सुसान तामाङ, १८ वर्षीय विजय तामाङ र १४ वर्षीय अंकित तामाङ छन् । उनीहरूको साथबाट घटनामा प्रयोग भएको एक थान घरेलु भरूवा बन्दुक समेत बरामद भएको छ ।

महिला खतरामुक्त

गोली प्रहारबाट घाइते भएकी दुर्गाको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

उनलाई कोखामा गोली लागेको थियो ।

बिहि, पुस ६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

धनकुटामा आज चौथो दिन पनि निषेधाज्ञा कायमै

धनकुटामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा र आन्दोलनरत पक्षले आव्हान गरेको आम हड्ताल जारी रहँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । धनकुटामा आज चौथो दिन पनि निषेधाज्ञा कायमै छ ।  बन्दकर्ता र प्रशासनको दोहोरो चपेटामा सर्वसाधारणको दैनिकी कष्टपूर्ण बन्दै गएको छ । सम्बन्धित पक्षले आ–आफ्ना अडान कायमै...

काभ्रेको उग्रचण्डी नालामा ३७ प्रकारका पशु तथा पक्षीजन्य खोप उत्पादन सुरु

काठमाडौं । भारतीय पशु–पक्षीजन्य खोप उत्पादन कम्पनी हेस्टर बायोसाइन्सेज (एचबिएल) र गोल्छा समूहको लगानीमा खुलेको हेस्टर बायोसाइन्सेस् नेपालले उत्पादन सुरु गरेको छ । काभ्रेको उग्रचण्डीमा स्थापन भएको उद्योगले ३७ प्रकारका पशु तथा पक्षीजन्य खोप उत्पादन सुरु गरेको हो । कम्पनीको उत्पदान नेपालमा मात्रै नभई विदेशमा पनि निर्यात...

खुल्ला ठाउँमा शौच गरेको भेटिए युवाहरुको समूहले १५ किलोको फूलको माला र अबिर लगाइदिने

पुस, सप्तरी । राम्रो काम गर्नेलाई माला लगाएर तथा अबीर दलेर सम्मान गर्ने गरिन्छ । राजविराजमा भने यसको ठीक उल्टो अभियान प्रारम्भ गरिएको छ । नगरको सार्वजनिक ठाउँमा शौच गर्नेलाई फूलमाला र अबीरले स्वागत गर्ने अभियान प्रारम्भ गरिएको छ ।   पटकपटक अभियान चलाउँदा पनि मुख्य चोकहरुमै खुल्ला...

कस्तो हुनुपर्छ वामगठबन्धनको सरकार ? राम कार्कीको विश्लेषण

नेकपा एमाले र माओवादी पार्टीबीच पार्टी एकता हुँदै छ । चुनावमा वामगठबन्धन बनाएर गएका यी दुई पार्टीहरू अहिले पार्टी एकताको कुरामा अगाडि बढेको छ । जनताले पार्टी एकता गर्ने भनेपछि बहुमत दिए । अब यो गठबन्धनले पार्टी एकता र सरकार बनाउँदै छन् । यो बन्ने सरकारले...

माओवादी अध्यक्ष प्रचण्डलाई एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तिले झस्कायो ।

मंसिर, काठमाडौं । चुनावी अभियान सकेर चितवनबाट काठमाडौं आइपुगेकै दिन माओवादी अध्यक्ष प्रचण्डलाई एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तिले झस्कायो । त्यसको भोलिपल्टै अर्थात शुक्रबार प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरे । गत दशैंमा एमाले र माओवादीवीच एकता र तालमेलको घोषणा हुँदै गर्दा भावी प्रधानमन्त्री केपी ओली...

वाम गठबन्धनले प्रदश नं. २ मा प्रतिनिधिसभा तर्फ खाता खोले

मंसिर, रौतहट । वाम गठबन्धनले प्रदश नं. २ मा प्रतिनिधिसभा तर्फ खाता खोलेको छ ।   रौतहट क्षेत्र नं. ३ बाट वाम गठबन्धनले प्रतिनिधिसभामा खाता खोलेको हो । रौतहट-३ मा माओवादी केन्द्रक प्रभु साह विजयी भएका छन् । साहले २७ हजार ७९९ मत ल्याए । उनका प्रतिस्पर्धी कांग्रेसका...