शिक्षा

 परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने


भक्तपुर : परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ।

परीक्षा सञ्चालन समितिको बुधबार बसेको बैठकले चैत ८ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए।

बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते बिहीबार अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा सञ्चालन हुनेछ।

यस्तै चैत ९ गते शुक्रबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ। चैत १० गते शनिबार र ११ गते आइतबार भने चैते दशैं परेकाले परीक्षा सञ्चालन नहुने र बिदा दिइएको नियन्त्रक रेग्मीले जानकारी दिए।

त्यसैगरी अन्तिम दिन चैत २० गते प्राविधिकतर्फ नै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, इण्ड्रष्ट्रियल इन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट खोरेन्टेड प्रोग्रामिङ, इष्टिमेटिङ कस्टिङ एण्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुने परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए । गतवर्ष भने चैत ३ गतेबाट एसइई परीक्षा सञ्चालन भएको थियो।रासस

बिहि, पुस ६, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

होस्टलमा बस्नेहरुले गाँजाको प्रयोग गर्ने र होहल्ला गर्ने

साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले बुधबार लागूऔषध गाँजा बिक्री गर्दै गरेको सूचनाको आधारमा शान्तिनगर क्षेत्रबाट सरोज लामालाई पक्राउ गर्‍यो । ब्रिटिस फाइनान्स कम्पनीमा सेक्यूरिटी गार्डको रुपमा कार्यरत लामाको पर्दा पछाडिको धन्दा गाँजाको बिक्री वितरण गर्नु भएको खुल्यो ।   उनले आफ्नो सेवाग्राही बानेश्वर क्षेत्रका विभिन्न...

शैछिक संस्थामा पुस्तकालय

गाऊँटोलमा पुस्तकालय,घरघरमा पुस्तकालय भन्ने मुख्य नाराका साथमा सुरु गरिएको विशुद्ध सामाजिक साहित्यसेवामूलक पुस्तकालय अभियान ‘साब्लाबुंग पुस्तक हस्तान्तरण’ कार्यक्रमको चौथो चरण काभ्रेको विकट गाऊँ रोशी गाऊँपालिकाको मंगलटार रसवस विन्धवासीनी मा.विमा सुसम्पन्न भयो | अभियानको अध्यक्छे राज कुमार राई ,उपाध्यक्छे ग्यान्दरी कैनी,सदस्य संगीता राई,बाल कथाकार देबकी केशी,साहित्यकार...

शिक्षामा नौटंकी नाटक , राष्ट्रिय पाठ्यक्रमको नयाँ प्रारुप आज पारित

शिक्षामन्त्रीद्वारा १ देखि १२ सम्मको नयाँ पाठ्यक्रम स्वीकृत: यस्तो छ अबको पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रमको नयाँ प्रारुप आज पारित भएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले उक्त प्रारुप पारित गरेसँगै कक्षा ११ र १२ पनि कक्षा एक देखि १०...

ट्युसन पढाएरै खर्बपति बने

हालैका दिनहरुमा चीनका एकजना शिक्षक चर्चामा छन् । मानिसहरु उनको कमाईका बारेमा सुनेर अचम्ममा पर्दछन् । नपरुन् पनि किन ? उनी ट्युसन पढाएरै खर्बपति बनेका छन् । अहिले उनीसँग १ खर्ब रुपैयाँ बराबरकोे सम्पत्ति छ । चीनका ३६ वर्षीय लियु याचोले केही वर्षयता राजधानी बेइजिंगमा विद्यार्थीहरुलाई...

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे  विजयी

वैशाख, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे  विजयी भएका छन् । अध्यक्षका प्रत्यासी सरोजकुमार बस्नेतलाई पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले १७७ मत ल्याए भने बस्नेत १६५ मतमा रोकिए ।   प्रथम उपाध्यक्षमा भने बस्नेत समूहका महेशबाबु...

इक्यानको बस्नेत समूहले उम्मेदवारी घोषणासँगै संघको भावी कार्यक्रमका कार्यपत्रहरु सार्वजनिक

काठमाडौं । अस्ति बेलुका ६ बजेबाट शुरु भएको इक्यानको १२औं महाधिवेशनको तयारीमा बस्नेत समूहले उम्मेदवारी घोषणासँगै संघको भावी कार्यक्रमका कार्यपत्रहरु सार्वजनिक गरेको छ । २४ बुँदे घोषणापत्रमा “२४ महिना २४ काम सही नेतृत्व, साझा इक्यान” भन्ने उद्घोष सहित कार्यक्रम शुरु भएको थियो । शैक्षिक परामर्श संघमा आबद्ध सदस्य...