अन्तर्राष्ट्रिय

मलेसियामा गम्भीर मुद्दा लागेका नेपालीलाई सफाइ


 काठमाडाैं । मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ ।

त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उनलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।

 

मलेशियामा लागुऔषध मुद्दामा मृत्युदण्ड हुने कानुनी प्रावधान छ ।

नेपाल सरकारको खर्चमा उक्त दूतावासले कानून व्यवसायीसँग निरन्तर समन्वय एवं परामर्श गरी नेपालीको पक्षमा अदालतमा लडेको थियो ।

उनी बुधबार नेपाल फर्किएको दूतावासले जनाएको छ । नेपाल सरकारको खर्चमा उनी स्वदेश फर्किएका हुन् । बुधबारनै  सिरहाका किसुनदेव महतो पनि नेपाल सरकारकै खर्चमा स्वदेश फर्किएका छन् ।

विगत २ वर्षदेखि उनी मलेशियाको घर फिर्ती केन्द्रमा बिना रोजगारी बस्न बाध्य भएका थिए ।

शुक्र, पुस ७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

उत्तर कोरियाका नेता किम जोङ्ग उनले अब थप परमाणु मिसाइल परीक्षण गर्नु आवश्यक नरहेको बताए

वैशाख, काठमाडौं ।उत्तर कोरियाका सरकारी मिडियाहरुलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार एजेन्सीले यस्तो दावी गरेको हो । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले भनेको छ, ‘२१ अप्रिलदेखि उत्तर कोरियाले परमाणु मिसाइल र अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल परीक्षण रोक्नेछ ।’   उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको बैठकपछि यस्तो निर्णय लिइएको हो...

अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाए

२१ चैत, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाएर तीन जनालाई घाइते बनाएकी छन् । उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार गोली लागेर घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छ । घाइते भएका ३६ वर्षका एक युवकको...

नाइजेरियामा किसान र गोठालाबीच भएको झडपमा कम्तीमा १० जनाको ज्यान गए

 फागुन, काठमाडौं । नाइजेरियामा किसान र गोठालाबीच भएको झडपमा कम्तीमा १० जनाको ज्यान गएको छ । नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका क्रममा उनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ताराबा राज्यको माम्बीला जिल्लामा पर्ने एक गाँउमा गत बिहीबारबाट सुरु भएको झडप हप्तान्तसम्म पनि जारी...

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राजनीतिक भेटवार्तालाई आज पनि निरन्तरता

 माघ, काठमाडौं । नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राजनीतिक भेटवार्तालाई आज पनि निरन्तरता दिएकी छन् । बिहीबार काठमाडौं उत्रिएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी स्वराजले अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिरहेकी छन् । सोल्टी होटलमा जारी भेटमा पछिल्लो राजनीतिक...

लागू औषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीले एक नेपालीलाई गोली हानेर मारे

माघ, काठमाडौं । लागू औषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीले एक नेपालीलाई गोली हानेर मारेको छ । मारिनेमा ३४ वर्षीय शरण तामाङ छन् । उनको नेपालको ठेगाना भने खुलाइएको छैन । लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाइएको सेन्ट्रल जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले...

पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय जनता पार्टीका नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा उनीहरुको भेटवार्ता भएको थियो। सो अवसरमा मुख्यमन्त्री योगीले पूर्वराजा शाहलाई दोसल्लाह ओढाएर सम्मान गरेका थिए। ‘आज लखनउस्थित सरकारी निवासमा नेपालका पूर्व नरेश ज्ञानेन्द्र वीर...