कला/मनोरञ्जन

नेपाल फेशन आइडल २०१७ को उपाधी रुस्मीता शाही र सुशान्त श्रेष्ठले जिते


काठमाडौं/ रशलाईट मिडियाको आयोजना भएको नेपाल फेशन आइडल २०१७ को उपाधी रुस्मीता शाही र सुशान्त श्रेष्ठले जितेका छन् । उनीहरुले फेशन आइडलको मुख्य उपाधीसहित जनही एक लाख नगद पुरस्कार जितेका छन् । शाहीले उपाधीको साथमा बेष्ट फिगर, बेष्ट वाकको उपाधी पनि आफ्नो पोल्टमा पार्न सफल भएकी छन । शुसान्तले बेस्ट फिजिक्सको उपाधी जितेका छन् । राजधानीको तिनकुनको रोयल इभेन्टमा शनिबार सम्पन्न उक्त प्रतियोगितामा महिला तर्फ टिछिरिङ शेर्पाले फस्ट रनर्सअपका साथमा बेस्ट प्रर्फमेन्स र पुरुष अंकित मानन्धरले फस्ट रनर्सअपका साथमा मोष्ट कन्फिडेन्टको उपाधी जितेका छन् । सुप्रिना शाक्यल सेकेण्ड रनर्सअपका साथमा म्यानेजमेन्ट च्वाइसको उपाधी जितेकी छन् । त्यसैगरी पुरुष तर्फ समिप्य श्रेष्ठले सेकेण्ड रनरअफका साथमा बेस्ट स्टाइलिसको उपाधी जितेका छन् । प्रतियोगितामा मष्ट ट्यालेन्टको उपाधी रोसेनेन शर्मा, इनि मर्हजन, बेष्ट पर्सनालीटी पारस दाहाल र सन्ध्या दिवाली, बेष्ट वाक पारस दाहाल, म्यानेजमेन्ट च्वाइस निरनराज गिरी र फुर्लमु शेर्पा, फोटोजेनिक सुनिल मर्हजन र इस्वाङ लामा र बेष्ट प्रर्फमेन्सको उपाधी पवन मर्हजनले जितेका छन् । कोरियोग्राफर, मोडल तथा गायिका रमिता भण्डारी र प्रज्वल शाक्यको कोरियोग्राफी रहेको थियो भने इभेन्ट म्यानेजर सनिल महर्जन रहेका थिए । सञ्चारकर्मी तथा कोरियाग्राफर जयन सुब्बा मानन्धर, संगितकार सुरत प्रधान, फेशन डिजाइनर पुनम क्षेत्री, सञ्चारकर्मी निकिता आचार्य र इभेन्ट आयोजक विशाल गुरुङ निर्णायक रहेका थिए । कार्यक्रमको सञ्चालन स्वयत्ना योञ्जनले गरेकी थिइन ।

शनि, पुस १५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिए

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पत्नीको दाहसंस्कारमा मदनकृष्ण भावविव्हल बने । अविरल रोइरहेका मदनकृष्णलाई उनका निकट सहकर्मी हरिवंश आचार्यले सम्हाले प्रयास गरेका थिए । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए । पशुपतिमा कलाकर्मी तथा सर्वसाधारणको घुईंचो...

म्युजिक ल्याब प्रा.ली. ले अर्को नयाँ लोक दोहोरी गीत बजारमा

बिभिन्न गीत संगीत बजारमा ल्याउने क्रममा फेरी म्युजिक ल्याब प्रा.ली. ले अर्को नयाँ लोक दोहोरी गीत बजारमा उपलब्ध गराएको छ । तुलाराम डांगी क्षेत्रीको प्रस्तुती रहेको गीत फर्की आउदिन मा तुलाराम डांगी क्षेत्रीको शब्द तथा कमल ज्योतीको लय रहेको छ । बिदेसी भुमिमा रहदाको पिडा...

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन

१३ फागुन, काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । हृदयाघातका कारण उनको गएराति दुबईमा निधन भएको हो । फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो ।...

म्याग्देली लोक गायक अमित बिश्वकर्मा कतारमा जादै ।।

नेपाली मौलिक लोक भाकाहरु लाई अलि बिशेश सम्झने लोक दोहोरी गायक अमित बिश्वकर्मा पहिलो पटक देश बाहिरको कार्यक्रमको लागी कतारमा जाने भएकाछन । बरंजा ६ म्याग्दीमा जन्मिएका बिश्वकर्मा परिवारको एक्लो छोरा हुन,बुवा हर्क बहादुर बिश्वकर्मा र आमा खमिसरा बिश्वकर्मा को काँखमा जन्मिएका अमित हाल भने स–परिवार...

घनश्याम गौतम : रङ्गकर्मी/ कलाकार

झापा जिल्लाको सुन्दर नगर गौरादहको जोघरे गाउँमा बि स २०३८ साल असोज १५ गते माता नरबदा गौतम र पिता गँगा प्रसाद गौतमको चार भाइ छोरा मध्येका कान्छा छोरा को रुपमा जन्मिएका रङ्गकर्मी कलाकार घनश्याम गौतम अहिले नक्कली प्रचण्डका रुपमा निकै लोकप्रिय छन । ११ बर्ष सम्मको बालापन जोरघरे गाउँ र गौरादह वरपरको परिबेशमा...

पोर्नस्टार बन्ने चाहेको बताएर चर्चामा आएकी अर्चना पनेरू विवाह बन्धनमा

केही वर्षअघि पोर्नस्टार बन्ने चाहेको बताएर चर्चामा आएकी अर्चना पनेरू विवाह बन्धनमा बाँधिएकी छन् । पोर्नस्टार बन्ने चाहेको अभिव्यत्ति दिएर चर्चामा आएसँगै केही चलचित्रमा समेत काम गरेकी अर्चनाले आफूले अमेरिकी नागरिकसँग विवाह गरेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफू विवाह बन्धनमा बाँधिएको बताएकी उनले विवाहको तस्विर...