संस्कृति/धर्म

ललितपुरको ठेचोमा रहेको मन्दिरबाट ब्रम्हायणीको मूर्ति चोरी


ललितपुर, पुस १९ – ललितपुरको ठेचोमा रहेको मन्दिरबाट ब्रम्हायणीको मूर्ति चोरी भएको छ । गोदावरी नगरपालिका-१२ ठेचोमा मन्दिर नजिकै रहेको सत्तलमा राखिएको ब्रम्हायणीको मूर्ति चोरी भएको प्रहरी वृत्त चापागाउँले जनाएको छ ।

मन्दिर निर्माणाधिन अवस्थामा रहेकाले सत्तलमा राखिएको मूर्ति  बुधबार बिहान ५ बजे नित्य पूजा गर्न गएका  बेला हराएको थाहा भएको हो ।

डेढ फिट उचाईको पित्तलको मूर्तिमा सुनको जलप लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले हराएको मूर्ति खोजी गरिरहेको छ । यो भन्दा अघि ब्रम्हायणीको मूर्ति तीनपटक चोरी भएको थियो ।

बुध, पुस १९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

काठमाडौंमा चैत्यको पहिलो वैज्ञानिक उत्खननः यसरी भयो पुनर्निर्माण

काठमाडौं । ३ फागुन ०७३ मा केही स्थानीय बासिन्दाका साथ पुरातत्व विभाग र राष्ट्रसंघीय सांस्कृतिक निकाय युनेस्कोका प्रतिनिधि स्वयम्भूनाथ स्तुपा परिसरमा जम्मा भए । त्यतिबेला १२ वैशाख ०७२ को विनासकारी भूकम्पको दुई वर्ष पुग्न दुई महिना मात्र बाँकी थियो । यो जमघटको खास उद्देश्य थियो, मंगल...

स्वस्थानी व्रत आजदेखि सुरु

पुस, काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर...

विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन निषेध

काठमाडौं– विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन प्रवेशमा रोक लगाएको हो । धार्मिक स्थललाई सोही वातावरणमा रहन दिन पनि मन्दिर परिसरमा सवारी साधन निषेध गर्नु...

संसारकै सबैभन्दा ठूलो स्वामिनारायणको मन्दिर स्थापना

अमेरिकाको न्युजर्सिस्थित रविसभिलमा संसारकै सबैभन्दा ठूलो स्वामिनारायणको मन्दिर स्थापना गरिएको छ। १ सय ६२ एकड जमिनमा सन २००७ मा बनाउन थालिएको मन्दिरको निर्माण गएको महिना सम्पन्न भएको थियो। मन्दिर निर्माणकालागि २ हजार कलाकारहरुलाइ काममा लगाइएको थियो। इटालियन मार्वल र भारतको राजस्थानको मार्वलको प्रयोग गरेर निर्माण गरिएको...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व आज सम्पन्न

 कात्तिक, काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व आज सम्पन्न भएको छ । व्रतालुहरुले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । रातभर जाग्राम बसेका उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिएका हुन् । सूर्यलाई अर्घ दिन काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लाहरुका नदी, तलाउ, खोला...

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु

भदौ, काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ । प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध...