शिक्षा

चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा


काठमाडौँ — नेपालकै मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) गरेका ४१ प्रतिशत डाक्टर अति सामान्य मानिने लाइसेन्स परीक्षामा फेल भएपछि मुलुकमा हुने पढाइको स्तरमा प्रश्नचिह्न खडा भएको छ ।

 

यति ठूलो संख्यामा चिकित्सकहरू फेल हुनुका पछाडि पढाइको स्तरमात्र नभई एमबीबीएस परीक्षामा हुने अनियमिततालाई पनि कारण मानिएको छ । एमबीबीएस परीक्षामा व्यापक अनियमितता हुने गरेको दाबी गरिएको छ ।
मुलुकका विश्वविद्यालयले लिने एमबीबीएसका विभिन्न तहको परीक्षा पास भएकाहरू काउन्सिलको लाइसेन्स परीक्षामा ठूलो संख्यामा फेल हुनुले परीक्षा नै शंकास्पद रहेको समेत विज्ञहरूले औंल्याएका हुन् । यसो हुनुमा चिकित्सा शिक्षा प्रणालीकै गडबडी कारक रहेको औंल्याउँदै उनीहरूले यसलाई अविलम्ब सुधार गर्न चेतावनी दिएका छन् ।
काउन्सिलका केही पदाधिकारी नै लाइसेन्स परीक्षाको प्रश्नपत्र एकदम सामान्य र सजिलो हुने बताउँछन् । ‘एमबीबीएसमा साढे पाँच वर्षसम्म पढाइ गरेकाले लाइसेन्स परीक्षामा सहजै ९० प्रतिशतसम्म अंक ल्याउन सक्छन्,’ एक पदाधिकारीले भने, ‘यस्तोमा पनि फेल हुनेले एमबीबीएस कसरी पास गरे होलान् ?’ नेपालका मेडिकल कलेजमध्ये त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस गरेर लाइसेन्स परीक्षामा फेल हुनेको संख्या भने १० प्रतिशतभन्दा तल रहेको काउन्सिलका एक पदाधिकारीले बताए । गत महिना भएको पछिल्लो लाइसेन्स परीक्षामा देशभित्रकै मेडिकल कलेजमा एमबीबीएस गरेका ६ सय ८३ जनाले परीक्षा दिएका थिए । यीमध्ये ४ सय ३ जना मात्र पास भए । ४१ प्रतिशत अर्थात् २ सय ८० जना फेल भएका थिए ।
यो परीक्षामा देश र विदेशबाट एमबीबीस गर्नेहरू कुल १ हजार २ सय २ जना सरिक भएकामा ४ सय ६१ जना मात्र पास भएका थिए, ७ सय ४१ फेल भए । लाइसेन्स परीक्षामा स्वदेश र विदेशबाट एमबीबीएस गरेका गरी जम्मा ६१.७ र बीडीएस गरेका ४९.४२ प्रतिशत फेल भएको काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्मा बताउँछन् । लाइसेन्स परीक्षामा बर्सेनि एमबीबीएस गरेका ३ हजारदेखि ३ हजार ५ सय डाक्टर सहभागी हुने गरेका छन् ।
यस्तै दन्त विज्ञानमा स्नातक अर्थात् बीडीएस गर्ने ८५ डाक्टर परीक्षामा सहभागी भएकामा ४३ जना पास भए भने करिब आधा अर्थात् ४२ जना फेल भए । काउन्सिलका एक पदाधिकारी लाइसेन्स परीक्षाको जाँच कडा गर्ने वा प्राक्टिकल परीक्षासमेत गर्ने हो भने फेल हुने डाक्टरको संख्या अझ बढ्ने बताउँछन् ।
काउन्सिल सम्बद्ध स्रोतका अनुसार केही वर्ष अघिसम्म नेपालभित्रका कलेजमा पढेका विद्यार्थीको नतिजा यस्तो खराब हुँदैनथ्यो । केही खास मुलुकबाट एमबीबीएस गरेर आउने विद्यार्थी लाइसेन्स परीक्षामा बढी फेल हुने गर्थे । ‘यसमा सबभन्दा बढी विश्वविद्यालयको कमजोरी देखिएको छ, सम्बन्धन दिने विश्वविद्यालयले मेडिकल कलेजलाई छाडा छोडिराखेका छन्,’ काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटाले कान्तिपुरसँग भने, ‘योग्यताका आधारमा विद्यार्थीको चयन र परीक्षा प्रणाली कडा भएमा लाइसेन्स परीक्षामा फेल हुनेको संख्या धेरै घट्छ ।’ डा. बाँस्कोटाले अनुगमनका क्रममा विराटनगरमा ९ बजे परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र खोलिएको पाइएको पनि बताए ।
‘हिजो मात्र एउटा टोली विराटनगरबाट फर्केको छ, त्यहाँ लिइने परीक्षा माछा बजार जस्तो देखिएको छ,’ उनले भने, ‘पूरा छाडातन्त्र देखिएको छ, यसरी पढेर पास भएकामध्ये हालको लाइसेन्स परीक्षामा ३८ प्रतिशत मात्र पास भए भने पनि बढी जस्तो लाग्छ ।’ प्रश्नपत्र बाँडेर परीक्षा नसिद्घिएसम्म बाहिरबाट आएका स्वतन्त्र निरीक्षकले निरीक्षण गरिराख्नुपर्ने स्थिति आएको उनले बताए । ‘पैसाको भरमा चिकित्साशास्त्रको पढाइ हुने परिपाटीले पनि चिकित्सकको गुणस्तर प्रभावित भइरहेको छ,’ डा. बाँस्कोटाले भने । उनले अर्को टोली नेपालगन्जमा परीक्षा अनुगमनमा गएको समेत बताए ।
‘यति ठूलो संख्यामा किन फेल भइरहेका छन् भन्नेबारे काउन्सिलले समीक्षा गर्नुपर्छ,’ त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिन डा. रमेशकान्त अधिकारीले भने, ‘मेडिकल कलेजका शिक्षकहरू नै नाम मात्रका भएकाले (खाना पूर्ति) पनि गुणस्तर कमसल भएको हो ।’ निजी मेडिकल कलेजमा गुणस्तरीय शिक्षाप्रति प्रतिबद्घताभन्दा पनि आफ्नो लगानीको सुरक्षा गर्ने र नाफा कमाउने मात्रै प्रवृत्ति विद्यमान रहेको उनी बताउँछन् । हाल मुलुकमा चिकित्सा पढ्नेमाकरिब ५० प्रतिशत ग्ल्यामरर अभिभावकको रुचिलेआउने गरेको डा. अधिकारीको आंकलन छ ।
चिकित्साशास्त्रमा स्नातक अर्थात् एमबीबीएस गरेपछि काउन्सिलको परीक्षा पास गरेपछि मात्र नेपालमा ‘प्राक्टिस’ गर्न पाउने कानुुनी व्यवस्था छ । सर्वोच्च अदालतले २०५८ फागुुन २५ गतेभन्दा पछि एमबीबीएस पढेर आउने सबैलाई लाइसेन्स परीक्षा अनिवार्य हुुने फैसलागरेको थियो ।

बिहि, पुस २०, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे  विजयी

वैशाख, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे  विजयी भएका छन् । अध्यक्षका प्रत्यासी सरोजकुमार बस्नेतलाई पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले १७७ मत ल्याए भने बस्नेत १६५ मतमा रोकिए ।   प्रथम उपाध्यक्षमा भने बस्नेत समूहका महेशबाबु...

इक्यानको बस्नेत समूहले उम्मेदवारी घोषणासँगै संघको भावी कार्यक्रमका कार्यपत्रहरु सार्वजनिक

काठमाडौं । अस्ति बेलुका ६ बजेबाट शुरु भएको इक्यानको १२औं महाधिवेशनको तयारीमा बस्नेत समूहले उम्मेदवारी घोषणासँगै संघको भावी कार्यक्रमका कार्यपत्रहरु सार्वजनिक गरेको छ । २४ बुँदे घोषणापत्रमा “२४ महिना २४ काम सही नेतृत्व, साझा इक्यान” भन्ने उद्घोष सहित कार्यक्रम शुरु भएको थियो । शैक्षिक परामर्श संघमा आबद्ध सदस्य...

माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारबाट सुरु

८ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारबाट सुरु भएको छ । चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु सहभागी परीक्षा चैत २० गते सकिने छ नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् । ८...

बुध्द प्रकाश सेकेन्डरि स्कुल त्यस क्षेत्रकै नमूना स्कुल

हरेक बच्चा हरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ संचालित स्कुल बुद्ध प्रकाश सेकेन्डरी गोकर्नेश्वोर ६  नारायणटारमा पर्दछ । करिब ७00 बिध्यार्थी पठन पाठन गरिरहेको यो स्कुलमा किताबको ज्ञानको अलावा अतिरिक्त क्रियाकलापलाई पनि विशेष ध्यान दिइने गरिन्छ । बाल बालिकाभित्र लुकेर बसेका प्रतिभालाइ पहिचान गरि उजागर गर्न प्रोत्साहन...

रानिपौवा स्रोत केन्द्रका प्रधानाध्यापकहरुको बैठक धमाधम

ककनी गाउपालिका अन्तर्गत रानिपौवा स्रोत केन्द्र स्तरीय प्रअहरुको बैठक आज नुवाकोटको ककनीमा धमाधम संचालन भइरहेको छ ।बैठकमा स्रोत ब्याक्ति तुलध्वोज खतिवडाको बिशेष उपस्थितिमा स्रोत केन्द्र भित्रका ४४ वटा बिध्यालयका प्रअहरुको उपस्थिति रहेको छ। ककनी ४  का अध्यक्ष दिपेश लामा ५  का अध्यक्ष राम थिङ ,गाउपालिका कार्यकारी...

शैक्षिक संस्थाहरू कै शिर —शिध्दार्थ बनस्थली

माटोको घरमा टायलले छाएर २००८ सालमा काठमाडौंको बनस्थलीमा बनस्थली विद्याश्रम नामक एक बिद्यालयको स्थापना भएको थियो / गोगनलाल जोशी र बिजयानन्द जोशीद्वारा संचालित यो बिद्यालयमा शुरुमा ४-५ जना मात्र बिद्यार्थीहरु पठन पाठन गर्ने गर्दथे / पढ्नु पर्ने रहेछ भन्ने भावनाको बिस्तारै बिस्तारै बिकास हुदै गए...