राजनिति

खुल्ला ठाउँमा शौच गरेको भेटिए युवाहरुको समूहले १५ किलोको फूलको माला र अबिर लगाइदिने


पुस, सप्तरी । राम्रो काम गर्नेलाई माला लगाएर तथा अबीर दलेर सम्मान गर्ने गरिन्छ । राजविराजमा भने यसको ठीक उल्टो अभियान प्रारम्भ गरिएको छ ।

नगरको सार्वजनिक ठाउँमा शौच गर्नेलाई फूलमाला र अबीरले स्वागत गर्ने अभियान प्रारम्भ गरिएको छ ।

 

पटकपटक अभियान चलाउँदा पनि मुख्य चोकहरुमै खुल्ला शौच गर्नेहरुको संख्या नघटेपनि सप्तरी युथ नेपालले सप्तरी सामुदायिक विकास केन्द्रको सहकार्यमा यो अभियान प्रारम्भ गरेको छ । खुल्ला ठाउँमा शौच गरेको भेटिए युवाहरुको समूहले १५ किलोको फूलको माला र अबिर लगाइदिने गरेका छन् ।

यसबाहेक एक वटा चकलेट समेत दिने गरिएको छ ।

खुल्ला ठाउँमा शौच गरेको देखे लगत्तै युवाहरुले फूलको माला लगाएर लाज लगाउन र सार्वजनिक ठाउँमा पिसाव नफेर्न आग्रह गर्दै यो अभियान प्रारम्भ गरिएको हो ।

सोमबार बिहानदेखि प्रारम्भ गरिएको अभियान अन्तर्गत दुई दर्जनभन्दा बढी व्यक्तिलाई माला लगाइएको सप्तरी युथका मोहन यादवले जानकारी दिए । उनका अनुसार यस्तो अभियान प्रारम्भ गरेपछि खुल्ला ठाउँमा शौच गर्नेलाई लज्जाबोध हुने गरेको छ । माला लगाउन पाएकाहरुले आगामी दिनमा कहिल्यै पनि खुल्ला ठाउँमा पिसाव नफेर्ने प्रतिबद्वता व्यक्त गरेको यादवले बताए ।

सोम, पुस २४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

माइतीघर मण्डलामा कार्यक्रम गर्न नदिने गरी सरकारले लगाएको निशेधाज्ञा फिर्ता लिनुपर्ने — डा. केसी

वैशाख, काठमाडौं ।लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा खोज अनलाइन संग संक्षिप्त कुराकानी गर्दै डा. केसीले भने– ‘अहिले दुईतिहाइवाला सरकार छ । सबै पार्टीहरु आफूलाई प्रजातन्त्रवादी लोकतन्त्रवादी भन्छन् । यिनीहरु आफूलाई समाजवादी भन्छन्, साम्यवादी भन्छन् । तर, यिनीहरु न समाजवादी हुन्, न साम्यवादी हुन् । यिनीहरु लुटतन्त्रवादी हुन्...

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज पनि भेटवार्तामा जुट्दै

वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज पनि भेटवार्तामा जुट्दै छन् । पार्टी एकताका लागि नमिलेका विषयहरु टुंग्याउन केही दिनदेखि प्रयासरत दुई पार्टीका अध्यक्ष आज पनि छलफल जुट्न लागेका हुन् । एकताको नजिक रहेको ठानिएका एमाले–माओवादीबीच अधिकांश...

प्रदेशको राजधानी सार्न रामेछाप नेकपा मालेद्वारा जोडदार माग

रामेछाप, चैत १८ । नेकपा माले जिल्ला कमिटी रामेछापले गत शनिबार पत्रकार सम्मेल सम्पन्न गरेको छ । २०७४ को तीन तहको निर्वाचनमा नराम्रो सँग हार व्यहोरेको मालेले यहि चैत्र १,२,३, गते दाङको घोराहीमा राष्ट्रिय परिषदको सम्मेलन सम्पन्न गरे लगतै पाटिको नीति र विधिमा आधारीत ह’दै...

प्रधानमन्त्री पदको हतारो गरेर प्रचण्डसँग मिलेर केपी ओली सरकार ढाल्दा कांग्रेसले चुनाव हार्नु परेको बताए

फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वमाथि भोलि प्रधानमन्त्री पद जोखिममा पर्ला भनेर कांग्रेसले भारतीय नाकाबन्दीको विरोध गर्न नसकेको आरोप लगाएका छन् । साथै प्रधानमन्त्री पदको हतारो गरेर प्रचण्डसँग मिलेर केपी ओली सरकार ढाल्दा कांग्रेसले चुनाव हार्नु परेको उनले बताएका छन् । शुक्रबारदेखि सुरु...

काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चले

 काठमाडौं । काठमाडौं गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको छ । लगत्तै, घटनास्थल पुगेको महानगरीय प्रहरी वृत, गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको छ । उनलाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरे । यद्यपि, गोली कसैलार्इ...

एमाले नेता गणेशप्रसाद तिमिल्सिना आइतबार राष्ट्रियसभाको अध्यक्षमा निर्विरोध निर्वाचित

फागुन, काठमाडौं । एमाले नेता गणेशप्रसाद तिमिल्सिना आइतबार राष्ट्रियसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भए । धेरैलाई तिमिल्सिनाका बारेमा जानकारी छैन । कतिपयले त उनी राष्ट्रियसभाको अध्यक्ष बनेपछिमात्रै नाम सुनेका हुन् । एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका तिमिल्सिना एमाले प्रदेश नम्वर ४ का सहसंयोजक हुन् । उनी एमालेबाट राष्ट्रियसभा...