प्रमुख समाचार

सरकारले तराईका २२ जिल्लामा शीतलहरको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण


पुस, काठमाडौं । सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसो तथा शीतलहरको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।

 

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले उक्त निर्णय गरेको हो । गृह मन्त्रालयले तराईका २२ जिल्लामा एउटा जिल्लामा १० लाख रुपैयाँको कम्मल, दाउरा लगायतका न्यायनो सामाग्री वितरण गर्ने निर्णय गरेको हो ।

गृहले सोमबार नै सरकारको मौजदातमा रहेका कम्मल लगायतका समाग्रीहरु पनि तत्काल तराईका २२ जिल्लामा पठाउने तयारी गरेको छ । ‘प्रधानमन्त्रीको निर्देशमन तराईमा २२ जिल्लामा तत्काल २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय भएको छ’ गृह सचिव मोहोनकृष्ण सापकोटाले भने, ‘राहत वितरणको कार्य आजैदेखि सुरु हुन्छ, केन्द्रबाट कम्मल लगायतका सामाग्री जाने क्रम सुरु भइसकेको छ ।’

गृहले जिल्लास्थित स्थानीय विपत व्यवस्थापन समितिको सिफारिसमा उक्त राहत वितरण गर्ने निर्देशन समेत गरेको छ । गृहले तत्काल केन्द्रीय दैवी प्रकोप उद्दार कोषबाट उक्त रकम वितरण गर्ने भएको हो ।

गृह मन्त्रालयले काठमाडौंस्थित मानवीय सहायता कक्ष र सशस्त्र प्रहरीसँग मौज्दात रहेका न्यानो कपडा वितरण पनि सुरु भएको जनाएको छ । ‘मौज्दात रहेका न्याना कपडाहरु आजैदेखि जिल्ला जान सुरु भएको छ’ सापकोटाले भने ‘सशस्त्रको ट्रकबाट ढुवानी सुरु भइसकेको छ ।’

गृहले तराईमा स्कुल लगायतका सार्वजनिक भवनमा बालबालिका र बुढापाकालाई न्यानोमा राख्न अस्थायी सेल्टर खडा गर्न सम्वन्धित जिल्लालाई निर्देशन गरेको छ ।

सोम, पुस २४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरे

 काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरे । लगतै सभामुखले सांसद मीन विश्वकर्मालाई बोल्न समय दिए । सरकारले समस्या बल्झाउने...

कैलालीको भजनी नगरपालिका– ५, लौबस्थाका करिब २०० परिवार डुबानमा

असार, धनगढी ।कैलालीको भजनी नगरपालिका– ५, लौबस्थाका करिब २०० परिवार डुबानमा परेका छन् । कान्द्रा नदीमा आएको बाढीका कारण उनीहरु डुबानमा परेका छन् । भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटाले लौबस्थाका २ सय परिवार डुबानमा परेको र उनीहरु सोमबारदेखि नै स्कुल र सुरक्षीत भवनमा आश्रय लिएर बसिरहेको...

अविरल वर्षापछि आएको पहिरोले देशका विभिन्न स्थानका सडकहरु अबरुद्ध हुन पुगे

असार, काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले देशका विभिन्न स्थानका सडकहरु अबरुद्ध हुन पुगेका छन् । दोलखाको गौरीशंकर गाँउपालिका–८ स्थित मन्थली र तातोपानीको बीचमा शुक्रबार बिहान ६ बजे पहिरो खस्दा सिंगटी–लामाबगर सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारी रोकिएका छन् ।   उता कालिकोटको शुभकालिका...

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको कोशेलीः सम्झौता २३ (पुरा पाठ )

असार, बेइजिङ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको मुख्य उद्देश्य एवं उच्चस्तरीय भेटघाट विहीबार सकिएको छ । अब प्रधानमन्त्री ओलीले नेतृत्व गरेको जम्बो नेपाली टोली शुक्रबार ल्हासाको भ्रमणमा निस्कने र आइतबार स्वदेश फिर्ता हुने कार्यसूची छ ।   चीन भ्रमणको तेस्रो दिन विहीबार नेपाल र चीनबीच विद्युतीय...

चीन भ्रमण गर्न पूर्वप्रधानमन्त्रीहरूले यस्तो सुझाव दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समृद्धिको सपना साकार हुने गरी विगतमा भएका सम्झौताको कार्यान्वयन र आर्थिक विकासमा केन्द्रित रही चीन भ्रमण गर्न पूर्वप्रधानमन्त्रीहरूले सुझाव दिएका छन् । आसन्न चीन भ्रमणबारे जानकारी दिन र सुझाव लिन प्रधानमन्त्री ओलीले आइतबार आयोजना गरेको छलफलमा समृद्धिका सपना पूरा...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर

सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता पछि दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । यद्यपी सम्झौताका बुँदाहरु भने सार्वजनिक गरिएको...