यदि तपाईले बालबालिकाले सार्वजनिक स्थानमा खुलेआम उठेर दिसा गरिरहेको देख्नु भयो भने के सोच्नु हुन्छ ? तर, चीनमा भने यो सामान्य कुरा हो ।
बालबालिकालाई हिडडुल गर्न कुनै अफ्ठ्यारो नहोस् भनेर अधिकांश मानिस एक किसिमको परम्परागत लुगा लगाइदिन्छन्, जसलाई चिनियाँ भाषामा ‘कई डांग कू’ भनिन्छ ।
यो विशेष प्रकारकेा पाइन्ट हो, जसको पछाडिपट्टीको भागमा ठूलो प्वाल पारिएको हुन्छ ।
पहिलेको तुलनामा यस्तो लुगाको प्रयोग आजकल कम हुँदै गए पनि अझै यो परम्परा सकिएको छैन ।
चीनमा आउने विदेशी नागरिकहरु यो पराम्परालाई राम्रो मान्दैनन् । उनीको भनाइमा यो लुगा लगाउनले बालबालिकामा विभिन्न किसिमका समस्या सिर्जना हुन्छ ।
ब्राजिलबाट बेइजिङमा सिफ्ट भएका एक वकिलले बीबीसीसँग भनेका छन्, ‘गत हप्ता म बेइजिङको एक महँगो सपिङ सेन्टरमा गएको थिएँ । त्यहाँ मैले एक जना बच्चाले झुकेर पटीमा शौच गरिरहेको देखेँ । फेरि केहीवेरमा उसको आमाले पट उठाएको देखेँ । म निकै चकित भएँ । त्यो एकदमै अजिब थियो ।’
देख्नमा यो पोशाक नराम्रो लागे पनि केही फाइदा पनि छन् । चिनियाँहरु यो मान्छन् कि यस्तो पोशाक लगाउनाले बच्चाले शौचालय प्रयोगबारे चाँडै जानकारी पाउँछन् ।
बच्चालाई डाइपर लगाइदिँदा शौचालय जाने बानी ढिलो गरी मात्र बस्ने उनीहरुको भनाइ छ ।
बच्चाहरु गलत ठाउँमा शौच गर्न बसे अभिभावकहरुले रोक्ने गर्छन् । चीनमा बच्चा तीनदेखि चार महिनाको हुने वित्तिकैदेखि शौचालयमा जान सिकाउने गरिन्छ ।
जबकी, पश्चिमी देशहरुमा एक वा डेढ वर्षको उमेरदेखि मात्रै शौचालयमा जान सिकाउने गरिन्छ ।
चिनियाँ बच्चाहरुको यो परम्पराले मानिसहरुको ध्यान खिचिरहेको छ । र, इन्टरनेटमा पनि बहस भइरहेको छ ।
यदि चिनियाँ बजारमा बालबालिकाको कपडा खोज्ने हो भने पाइन्टमा प्वाल परेको बाहेकका कपडा भेट्टाउन मुस्किलै पर्छ । जसले पनि ‘कई डांग कू’ को लोकपि्रयतालाई पुष्टि गर्छ ।
के हुन् बेफाइदा ?
कई डांग कूको अनेक बेफाइदा पनि छन् । पहिलो कुरा त घरदेखि हरेक ठाउँसम्म बालबालिकाहरु शौच गरिरहेको देखिन्छ । यसले सार्वजनिक स्थानमा दुर्गन्ध समेत फैलाउने गरेको छ । र, यसबाट रोग निम्तिने खतरा समेत हुन्छ ।
यो पक्षबाट हेर्दा चीनको गाउँले जीवन अत्यन्तै दुःखद् देखिन्छ ।
चीनमा ‘कई डांग कू’ को प्रयोगलाई लिएर समय समयमा विवाद समेत हुने गरेको छ । हरेक पटक यसको प्रयोग वातावरणको लागि फाइदाजनक छ कि छैन भन्ने बारेमा बहस हुने गरेको छ ।
कतिपयको मान्छन् कि यसको प्रयोगले कयौं टन फोहोर उत्पादन हुने खतरालाई कम गरेको छ ।
केही चिनियाँ डाक्टरहरले भने यो मान्न थालेका छन् कि नष्ट गर्न मिल्ने डाइपरको प्रयोग गर्नु उत्तम हो । र, डाइपरलाई बेलाबेला परिवर्तन गर्नु पर्छ नत्र रोगको सङ्क्रमण हुने खतरा हुन सक्छ ।
बुध, पुस २६, २०७४ मा प्रकाशित
यसमा तपाइको मत
बाट अन्य

सरकारी गाडीको सदुपयोग हो यो? गृहमन्त्री रामबहादुर थापा बादलले शनिबार गुड्ने सरकारी गाडीलाई कारवाही गर्न निर्देशनपछि सरकारी कार्यालयमा हल्लीखल्ली मच्चिएको छ । गृहमन्त्रीको ठाडो आदेशलाई छल्दै आज एसईईका परीक्षार्थीलाई परीक्षाकेन्द्र (जेम्स स्कुल) सम्म छाड्न गुडेको मन्त्रीको यो गाडीले नियम मिचेको हो की धर्म निभाएको ? ...

काठमाडौं, फागुन २८ – युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट आएको विमानमा अवतरणको क्रममा आगो लागेको हो । आगो निभाइएको र यात्रुहरुकाे उद्धार भैरहेकाे विमानस्थल कार्यालयले जनाएको छ । विमान उछिट्टिएर विमानस्थल पूर्वको फुटवल मैदानमा पुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।...

काठमाडौं–तीनकुनेको प्रहरी कार्यालय नजिकै पोलमा बमजस्तै बस्तु फेला परेपछि यस क्षेत्रमा मंगलबार विहान ११ बजेपछि ठूलै आतंक मच्चियो । प्रहरीले तीनकुनेको बागमति पुल पारि र वारी सवारी साधन रोकेर त्यस क्षेत्रलाई सिल ग¥यो । त्यसपछि सेनाले रिमोटबाट चल्ने रोबोट पठाएर उक्त संकास्पद वस्तुको जाँच गरेको...

प्रकाश पुष्पक राई २९ माघ, २०७४ काठमाण्डौ । जेनिथ शर्माको लेखन तथा निर्देशनमा एबि पिक्चर्स फार्मको पोष्ट प्रोडक्सनमा स्पर्श नामक टेली चलचित्र (सर्ट मुभी) सार्वजानीक गरिएको छ । हाम्रो देश नेपालमा नव पुस्तालाई समेत यो भ्यालेनटाइन डे को असर परेको छ । एक दशक अगाडी रोमको भ्यालेन...
७ माघ, हेटौंडा । काठमाडौंसहित प्रदेश नम्बर ३ का १३ जिल्लाका प्रदेशसभा सदस्यहरु हेटौंडामा भेला भएका छन् । प्रदेश ३ को अस्थायी मुकाम हेटौंडामा कायम भएपछि प्रदेशसभा सदस्यहरु यहाँ भेला भएका हुन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा सपथ...

आज बिहान करिब ८.३० मा कंचनपुर कि बिमला नाम गरेकी स्कुटिमा आएकी एक युबतीको बनेपाको जनागाल,सेटाेपाटि नजिक टिपरको ठक्कर बाट मृत्यु भएको छ।रातो रंगको स्कुटी ३७३२ नम्बरको रहेको छ / मृतकले निलो ज्याकेट र निलो नै पाइन्ट लगाएको छ / सो क्षेत्रमा अत्यधिक बेगले गर्दा...