स्थानीय समाचार

माघे संक्रान्ति पर्वका अवसरमा तारुका, वेत्रावती र पञ्चकन्यामा ४० हल गोरु जुधाइए


माघ, नुवाकोट । माघे संक्रान्ति पर्वका अवसरमा साेमबार स्थानीय तारुका, वेत्रावती र पञ्चकन्यामा ४० हल गोरु जुधाइएको छ ।

 

हिउँदमा फुर्सदका समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रिति भए पनि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएका बेला भाञ्जालाई मनोरञ्जन दिलाउन गोरु जुधाइएको भनाइ छ ।

‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २० हल गोरु प्रतिस्पर्धा गराइएको माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीले जानकारी दिए । प्रतिस्पर्धामा विजेता भएका गोरुधनीलाई पाँच हजार रूपैयाँ र उपविजेतालाई तीन हजार रूपैयाँसहित प्रमाणपत्र दिइयो ।

गोरु जुधाइ प्रतियोगिताको नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले उद्घाटन गर्दै संस्कृति र परम्पराका लागि स्थानीयवासीबाट चलाउँदै आएको मेलालाई आगामी दिनमा सरकारको पहलमा सञ्चालन गरिने बताए ।

‘गोरु जुधाइस्थलसम्म पुग्न कच्ची रहेको मोटरबाटोलाई व्यवस्थित गरी गोरु जुधाइने गरिएको किसानको बारीलाई गुठीका रुपमा विकास गरी संरक्षण गर्नु राज्यको दायित्व हो’, पोखरेलले भने, ‘सरकारले कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गराउन गोरुको विकल्पमा अनुदानमा ट्याक्टर वितरण गर्दैै आएकाले गोरु पाल्ने किसानमा आएको नैराश्यता हटाउन पनि सक्नुपर्छ ।’

बझाङी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर तारुकास्थित मामाघरमा आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिएकाले यसलाई निरन्तरता दिन राज्यले बजेट र कार्यक्रम तय गर्नुपर्ने प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित तारुकावासी नारायणप्रसाद खतिवडाले बताए ।

मकर संक्रान्तिका अवसरमा नुवाकोट र रसुवाको संगमस्थल वेत्रावती र पञ्चकन्या, घलेभञ्ज्या¬ङमा पनि दश दश हल गोरु जुधाइएको छ । नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विसं १८४९ मा वेत्रगंगाको नदी किनारमा भएको वेत्रावती सन्धिपछि नेपाली पक्षको जीतको उत्सवमा तत्कालीन समयमा गोरु जुधाइएको स्मरणमा सामरिक महत्व कायम राख्न स्थानीयवासीको पहलमा जोरु जुधाइलाई निरन्तरता दिइएको क्लबका अध्यक्ष सुरज लबटले बताए । वेत्रावतीमा २०६७ सालदेखि गोसाइँकुण्ड युवा क्लबको पहलमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो ।

पञ्चकन्यामा जुधाइने गोरु बाइसे चौबीसे राज्य सञ्चालनका समयमा घले राजाहरुले मनोरञ्जन लिन गोरुलगायत पशु/चौपाया जुधाउने गरेको इतिहासलाई निरन्तरता दिँदै यस वर्ष पनि दश हल गोरु जुधाइएको प्रचार समितिका संयोजक प्रदीप दाहालले जानकारी दिए ।

‘वान भर्सेज वान’को आधारमा नछुट्टिएसम्म जुधाइने गोरुको बीमासमेत गरिएको थियो । अघिल्ला वर्षको तुलनामा गोरु पाल्ने किसानको संख्या घट्दै गए पनि प्रतियोगितामा भने गोरुको संख्या बढ्दै गएको छ । वर्षभरी खेती गर्न समेत गोरु पाल्न छाडेका किसानले मकर संक्रान्तिमा प्रतिष्पर्धा गराएर उत्कृष्ट गोरुधनी बन्न पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर गोरु जुधाइमा सहभागी हुँदै आएका छन् ।

गोरु जुधाइबाट पछिल्लो समय खेल पर्यटनको प्रवर्द्धनमा टेवा पुग्दै आएको तारुकामा आयोजित गोरु जुधाइ अवलोकन गर्न आएका पर्यटन व्यवसायी सुमन पाण्डेले बताए । मकर संक्रान्ति पर्वको अवसरमा नुवाकोटका विभिन्न स्थान, धादिङको खाल्टेलगायतमा समेत गोरु जुधाइलाई निरन्तरता दिइएको छ ।

मङ्ल, माघ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

‘हाइटेक’ प्रविधि प्रयोग गरेर पेट्रोल पम्पद्वारा ठगी

काठमाडौं – पेट्रोल पम्प सञ्चालकले उच्च प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको भेटिएको छ। काठमाडौं सानो भ-याङको बंगलामुखी आयल स्टोर्सले ‘हाइटेक’ प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको हो। अनुगमनको क्रममा डिजिटल पम्पको मदरबोर्डको सफ्टवेयरमा तेल कम दिने ‘प्रोग्राम इन्स्टल’ गरेर कम...

युवा नेत्र सेवाले कीर्तिपुरमा गरेको मोतिबिन्दु शल्यक्रिया कार्यक्रम आयोजना गरे

काठमाडौं । युवा नेत्र सेवाले शनिबार कीर्तिपुरमा गरेको मोतिबिन्दु शल्यक्रिया कार्यक्रम आयोजना गरेको छ । स्वास्थ्य क्षेत्र सर्वसाधरणको पहुँच भन्दा बाहिर रहेको भन्दै युवा नेत्र सेवा अर्थात युथ आइ सर्भिस टेकुले स्वास्थ्य सेवा प्रदान गर्न गरेको मोतिबिन्दु शल्यक्रिया कार्यक्रम आयोजना गरेको हो । अर्थात युथ...

टोखा १० मा दसैंको शुभकामना र चियापान

काठमाडौँ, असोज २७ गते । नेपालीहरूको महान् चाड विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको पावन अवसरमा टोखा न.पा.वडा नं. १० ले शुभकामना आदान–प्रदान तथा चियापान र नगरबासीहरूबीचमा भेटघाट कार्यक्रमको आयोजना ग¥यो । त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनताको विश्वास जितेर...

दसैंको शुभकामना र चियापान

काठमाडौँ, असोज २३ गते ।नेपालीहरूको महान चाड विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको पावन अवसरमा टोखा न.पा.वडा नं. ८ ले शुभकामना आदान–प्रदान, चियापान र भेटघाट कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमका प्रमुख अतिथि पूर्व रक्षामन्त्री संघीय सभासद् भीमसेनदास प्रधानले सुझावलाई सकारात्मक रूपमा लिनसके यसले उर्जा थप्ने...

“ दशैं र तिहारको बेला प्राय हस्पितलहरूमा रगतको अभाब हुने मध्य नजर गर्दै  समिट होटेलमा रक्तदान”

हरेक बर्ष जस्तै यस बर्ष पनि  दशैं र तिहारको बेला प्राय हस्पितलहरूमा रगतको अभाब  हुने हुदा त्यसलाइ मध्य नजर राख्दै प्रत्येक बर्ष यस समिट होटल प्रा.लिको प्रायोजनमा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघ समिट होटल प्रा.लि र स्टाफहरूको तर्फ़बाट रक्तदान काय्रक्रममा गरिदै आएकोमा यस बर्ष जम्मा ११६ जनाले...

विश्व मुटु दिवसमा मंगलबजारदेखि नालासम्म साइकल यात्रा

काभ्रेको प्राचीन शहर नालाको पहिचानलाई धेरैभन्दा धेरै समुदायसम्म पुर्याउनुका साथै मुटुरोगसम्बन्धी जनचेतना जगाउनका लागि नालाका युवाहरुले मंगलबजारदेखि नालासम्म साइकल यात्राको आयोजना गरेका छन् । असोज १३ गते(२९ सेप्टेम्बर)मा मनाइने विश्व मुटु दिवसका अवसरमा साइकल यात्राको आयोजना गरिएको आयोजक जी व झिगु नालाका संयोजक ईश्वर अनामणि श्रेष्ठले...