अन्तर्राष्ट्रिय

लागू औषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीले एक नेपालीलाई गोली हानेर मारे


माघ, काठमाडौं । लागू औषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीले एक नेपालीलाई गोली हानेर मारेको छ । मारिनेमा ३४ वर्षीय शरण तामाङ छन् । उनको नेपालको ठेगाना भने खुलाइएको छैन ।

लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाइएको सेन्ट्रल जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले बताएका छन् ।

 

उनका अनुसार तामाङ अल्पाइन होटलमा लुकेर बसेका थिए । फोन नम्बरका आधारमा ट्राक गरिएको र ग्राहक बनेर उनीसम्म पुगेको प्रहरीले बताएको छ । ५० ग्राम ‘मेथ’ अर्डर गरेर उनलाई ओसीबीसी बैंक अगाडि बोलाइएको थियो ।

उनी त्यहाँ आएलगत्तै पक्राउ गरिएको र उनको साथबाट ५२ ग्राम लागू औषध बरामद भएको छ । होटलमा उनको कोठा सर्च गर्दा ३.४ किलो मेथ भेटिएको प्रहरीले जनाएको छ ।

सोधपुछका क्रममा उनले अरु साथी रहेको स्थान बताएको र त्यहाँ जाने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको इन्डोनेसिया प्रहरीले बताएको छ ।

बिहि, माघ ४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडमाथि आक्रमण हुँदा २४ जनाको मृत्यु

असोज, काठमाडौं । इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडमाथि आक्रमण हुँदा २४ जनाको मृत्यु भएको छ । इरानको सरकारी सञ्चार माध्यमका अनुसार आक्रमणमा सर्वसाधारण पनि मारिएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा आधा भन्दा बढी इरानको रिभोल्यूशनरी गार्डसका सदस्य छन् ।...

नेपालले चीनका चार वटा सामुन्द्रिक र तीन वटा सुख्खा बन्दरगाहको प्रयोग गर्न पाउने छ

काठमाडौं: लामो छलफलबीच नेपाल-चीनबीच सम्पन्न पारवाहान सन्धीको कार्यविधि (प्रोटोकल)मा सहमति जुटेको छ। सन् २०१६ मा प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली पहिलो पटक चीन भ्रमण गर्दा चीनसँग यातायात तथा पारवाहान सम्झौता भएको थियो। सम्झौताको कार्यविधिमा सहमति जुट्न नसक्दा सम्झौता कार्यान्वयन हुन सकेको थिएन। बिहीवार मध्यराती भएको सहमतिपछि कार्यविधिमा...

लुम्बिनीले गौतम दियो, बोधगयाले बुद्ध: मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धले देखाएको बाटो आज विश्वका अतिवाद र आतंकवादजस्ता समस्या समाधानको प्रेरणा स्रोत भएको बताएका छन्। पशुपतिको प्राङ्गणमा निर्मित धर्मशाला उद्घाटनपछि सम्बोधन गर्दै मोदीले काठमाडौँको गल्लीमा हिन्दु र बौद्ध धर्मावलम्बीबीच रहेको मेलमिलाप देखिने गरेको बताए। मोदीले लुम्बिनीले गौतम दिएको बोधगयाले बुद्ध दिएको तर्क...

कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु

साउन, काठमाडौं । कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ । विश्वकप फुटबलको एक खेल हुने अल वक्राह रंगशाला निर्माणमा खटिएका २३ वर्षीय नेपाली युवकको मृत्यु भएको गल्फ टाइम्सको समाचार उल्लेख छ ।   तर, मृतकको नाम, ठेगाना खुलाइएको छैन । नेपाली अधिकारीहरुमार्फत् मृतकको परिवारलाई घटनाबारे जानकारी...

इन्डोनेसियामा शक्तिशाली भूकम्प गए

२१ साउन, काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं घाइते भएका छन् ।   इन्डोनेसियाको प्रकोप व्यवस्थापन अधिकारीहरुले हजारौं घरहरु भत्किएको जनाएका...

भारत र चीनलाई सबैभन्दा छोटो दूरीमा जोड्ने ठोरी-केरूङ मार्ग कालोपत्रेको काम अघि बढाइए

असार, चितवन । भारत र चीनलाई सबैभन्दा छोटो दूरीमा जोड्ने ठोरी-केरूङ मार्ग कालोपत्रेको काम अघि बढाइएको छ । चितवनको भण्डाराबाट धादिङको मलेखुसम्मको ६२ किलोमिटर लामो चेपाङ मार्गको चितवन खण्डअन्तर्गत ११ किलोमिटर र धादिङमा ११ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता भइ काम सुरु भएको हो...