राजनिति

धनकुटामा आज चौथो दिन पनि निषेधाज्ञा कायमै


धनकुटामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा र आन्दोलनरत पक्षले आव्हान गरेको आम हड्ताल जारी रहँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । धनकुटामा आज चौथो दिन पनि निषेधाज्ञा कायमै छ ।  बन्दकर्ता र प्रशासनको दोहोरो चपेटामा सर्वसाधारणको दैनिकी कष्टपूर्ण बन्दै गएको छ । सम्बन्धित पक्षले आ–आफ्ना अडान कायमै राखेपछि अवस्था दयनीय बन्दै गएको हो । राजधानीको अस्थायी मुकाम अन्यत्र घोषणा भएसँगै स्थानीयबासीमा तीव्र असन्तुष्टी बढेको छ ।

आन्दोलन परिचालन समितिले आह्वान गरेको लगातारको आमहड्तालका कारण यातायात, बजार, पसल, उद्योग, शिक्षणसंस्था ठप्प छ । कोसी राजमार्गको धरान–धनकुटा सडकमा आज पनि बिहानै देखि यातायात ठप्प छ ।  प्रशासनले जारी गरेको निषेधाज्ञा आज पनि कायमै रहने प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो । आमहड्ताल आह्वान फिर्ता गरी जनजीवन सामान्य बनाउन आन्दोलनरत पक्षसँग अनुरोध गरिएपनि स्थितिमा सुधार नआएकाले निषेधाज्ञा लम्ब्याउन बाध्य रहेको उप्रेतीको भनाई छ ।  धनकुटालाई प्रदेश नम्बर १ को अस्थायी मुकाम नतोकेको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि गत बिहिवार मध्यान्हदेखि धनकुटा बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । स्थिति सहज बनाउन जरुरी रहेको जिल्लास्थित नागरिक समाजले समेत अपिल गरेको छ ।

आइत, माघ ७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध आज (सोमबार) देशभर शक्ति प्रदर्शन

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध आज (सोमबार) देशभर शक्ति प्रदर्शन गर्दैछ । ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शन र विरोधसभा गर्न लागिएको काँग्रेसले जनाएको छ । विरोध सभाका लागि काँग्रेस शीर्ष तथा केन्द्रीय नेताहरू जिल्लामा पुगिसकेका छन् । विरोध प्रदर्शनमा सहभागी हुन अधिकांश शीर्ष नेताहरूले...

मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपात

काठमाडौँ– मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुनुका साथै अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पौखरेले बताइन् । उनका अनुसार पश्चिम र मध्यक्षेत्रका...

अनसनकारी विजय थापालाई डा. केसी भर्ना गरिएको शिक्षण अस्पतालमै भर्ना

माघ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, केदारभक्त माथेमा र अभिशेकराज सिंहको टोली बिहीबार साँझ जिल्ला अस्पताल इलाममा पुगेका मात्र के थिए चिकित्सकहरुले भने, ‘डा. केसीलाई तुरुन्त काठमाडौं लैजानुपर्छ, हेलिकप्टरको व्यवस्था गरौं ।’ ८ बजिसकेको थियो, हेलिकप्टर आउने सुनिश्चित हुन सकिरहेको थिएन । अभिशेकराज...

प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रुहरु बोक्ने कार्यमा रोक नलगाउन निर्देशन

माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रुहरु बोक्ने कार्यमा रोक नलगाउन निर्देशन दिएका छन् । दुईपांग्रे सवारी साधनले भाडा लिएर यात्रुहरु बोक्न नपाउने भन्दै प्रहरी प्रशासन र यातायात व्यवस्था विभागका अधिकारीहरुले आपत्ति जनाइरहेका बेला प्रधानमन्त्री ओलीले यो कार्यमा अवरोध नगर्न निर्देशन दिएका हुन्...

जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै

२५ पुस, काठमाडौं । जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो बुधबार अपराह्न नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले जापानी विदेश मन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल...

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरे

काठमाडौँ, २४ मङ्सिर (रासस) ः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान,...