समाचार

प्रदेश तीनका ११० प्रतिनिधि हेटौंडामा, शिक्षा निर्देशनालयमा सपथ


७ माघ, हेटौंडा । काठमाडौंसहित प्रदेश नम्बर ३ का १३ जिल्लाका प्रदेशसभा सदस्यहरु हेटौंडामा भेला भएका छन् । प्रदेश ३ को अस्थायी मुकाम हेटौंडामा कायम भएपछि प्रदेशसभा सदस्यहरु यहाँ भेला भएका हुन् ।

प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा सपथ ग्रहण गराएपछि पौडेलले १०९ जना प्रदेशसभा सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।

प्रदेश प्रमुख बनेकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले हेटौंडास्थित क्षेत्रीय प्रशासन कार्यालयमा रहेको कार्यकक्षमा पदभार ग्रहण गरिसकेकी छिन् । क्षेत्रीय प्रशासकको आवास गृहलाई प्रदेश प्रमुखको आवास बनाइएको छ ।

प्रदेशको अस्थायी मुकाम बनेको हेटौडामा जिल्ला समन्वय समितिको कार्यालय रहेको भवनलाई मुख्यमन्त्रीको कार्यालय बनाउने तयारी गरिएको छ भने हुप्रचौरमा रहेको बासुदेव सभागृहलाई प्रदेशसभा संसदको बैठकस्थल बनाउने तयारी छ ।

आइतबार भने प्रदेशसभाका सांसदहरुको सपथ ग्रहण गराउने कार्यक्रम क्षेत्रीय शिक्षा निर्देशनालको भवनमा राखिएको छ ।

सपथ ग्रहणका लागि कतिपय सांसदहरु आफ्नो मौलिक भेषभुषामा सजिएर उपस्थित भएका छन् ।

 

 

 

 

 

आइत, माघ ७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नवनियुक्त अधिकृतहरूको आधारभूत प्रशिक्षण समापन

ललितपुर, फागुन २३ गते । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेको अध्यक्षता र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डितको प्रमुख आतिथ्यमा नेपाल सरकारका नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरूका लागि २०७५ मंसिर ०३ गतेदेखि संचालित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण (प्रशासन...

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गए

फागनु २५ – भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका ६ घलातेमा बा ९५ प ३३१८ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक लिसंखुपाखा २ घर भइ सूर्यविनायक बस्ने २६ बर्षका राजीव लामाको ज्यान...

प्रचण्डकी नातिनीको एल्बम निकालिदिने संगीतकार योगेन्द्रमणी दाहाल ठगीको आरोपमा पक्राउ

पञ्चकन्या ग्रुपको साढे १२ करोड हिनामिना गरेर फरार रहेका गीतकार योगेन्द्रमणी दाहाल पक्राउ परेका छन् । गीतकार संघ नेपालको अध्यक्ष हुनुपूर्व उनी कार्यरत नेपाल बिटविन एण्ड ब्यारेल कम्पनीमा कार्यरत थिए । यो पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप कुमार श्रेष्ठहरुको लगानी रहेको कम्पनी हो । सोही कम्पनीमा कार्यरत...

सामुदायिक सेवा केन्द्र गोंगबुँमा निर्वाचनबाट नयाँ कार्य समिति निर्माण

काठमाडौँ-सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँको पौष १४ गते भएको १३ औ साधारण सभाले २ वर्षे कार्यकालको लागि राकेश सिंहको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । साधारण सभाले प्रथम र द्वितीय उपाध्यक्षमा क्रमशः लक्ष्मण न्यौपाने र लवप्रसाद ढुङ्गाना, महासचिवमा ओम कृष्ण...

सामुदायिक सेवा केन्द्र ,गोंगबुको १३औ साधारण सभा भब्य रुपमा सम्पन्न

सामुदायिक सेवा केन्द्र ,गोंगबुको १३औ साधारण सभा भब्य रुपमा दीपज्योति आवासीय मा.बि.मा सम्पन्न भएको छ /साधारण सभा पछि बन्द सेसन संचालन भैरहेको कुरा हाम्रा खोज सम्बादाताले जानकारी गराएको छ /बन्द सेसनमा लोकतान्त्रिक समुहको तर्फबाट अध्यक्ष लिला प्रसाद ढकालको समुह र लोकतान्त्रिक प्रगतिशिल समुहको अध्यक्ष राकेश सिंह...

नेपालकै ठुलो स्कुल केन्द्रित एक्टिंग आइडल गर्दै एण्टिना

नेपालका धेरै शैक्षिक चलचित्र बनाएर चर्चामा आएका युवा निर्देशक घनश्याम तिमल्सिना एण्टिनाको पहलमा स्कुल आइडल हुने भएको छ । यो अभिनय सग सम्बन्धित आइडल हो ।उनी भन्छन् नेपालमा यति ठुलो अभिनय आइडल स्कुल केन्द्रीत भएर भए जस्तो लाग्दैन । यसले नेपालको शैक्षिक जगतमा नयाँ तरङ्ग...