राजनिति

प्रदेश ३ सचिवालय सदस्य गोकुल बास्कोटाले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने निर्णय नभएकोबताए बताए


माघ, काठमाडौं । नेकपा एमालेका सांसद एवं प्रदेश ३ को सचिवालय सदस्य गोकुल बास्कोटाले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने निर्णय नभएको बताएका छन् ।

एमाले नेता अरुण नेपालले चुनावअघि नै प्रदेश सचिवालयले अष्टलक्ष्मीको पक्षमा निर्णय गरिसकेको भनेकोप्रति बास्कोटाले आपत्ति जनाए । उनले भने– ‘म पनि सचिवालयमा छु, अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउने कुन सचिवालयले निर्णय गर्‍यो ? केको सचिवालयले गर्‍यो ? सचिवालयले त्यस्तो कुनै निर्णय गरेको छैन ।’

 

अष्टलक्ष्मीलाई यदि मुख्यमन्त्री बन्ने ईच्छा लागेको भए पार्टीभित्र दलको नेताका लागि चुनावी मैदानमा आउन बास्कोटाले चुनौती दिए । उनले भने– ‘मुख्यमन्त्री बन्ने ईच्छा भए चुनाव लडे भैगो । जबजले चुनाव र प्रतिस्पर्धामा जाऊ भनेको छ, त्यही अनुसार चुनाव जितेर आउनुपर्छ ।’

एमालेको एकल बहुमत रहेको प्रदेश ३ मा सो पार्टीबाट मुख्यमन्त्रीका दाबेदार धेरैजना निस्किएका छन् । हालसम्म मुख्यमन्त्रीको दाबेदारमा अष्टलक्ष्मी शाक्य, केशव स्थापित, राजेन्द्र पाण्डे, कैलाश ढुंगेल, सानु श्रेष्ठ लगायत मैदानमा छन् ।

अष्टलक्ष्मी माधव नेपाल पक्षकी हुन् भने अरु केपी ओली पक्षबाट मुख्यमन्त्रीका दाबेदार हुन् । माधव नेपाल पक्षका रहेका राजेन्द्र पाण्डे हाल ओली गुटमा लागेका छन् ।

तर, राजेन्द्र पाण्डेलाई ओली गुटको भनिएकोमा काभ्रेका सांसद गोकुल बास्कोटाले आपत्ति जनाए । ‘कसले भन्यो राजेन्द्र पाण्डे ओली गुटको ?’ उनले प्रश्न गरे ।

गोकुल बास्कोटा

प्रदेश नम्बर ३ मा केपी ओली पक्षको बहुमत रहेकाले अष्टलक्ष्मी वा राजेन्द्र पाण्डे कसैले दलको नेतामा चुनाव नजित्ने बास्कोटाले ठोकुवा गरे । उनले भने– ‘तर, जबज अनुसार चुनावी प्रतिस्पर्धाबाटै नेतृत्व छान्नुपर्छ ।’

तीन नम्बरमा चुनाव, एक नम्बरमा सहमति ?

त्यसो त प्रदेश ३ का एमाले नेता बास्कोटाले जबजको भावना अनुसार चुनावबाटै दलको नेता छानिुनपर्ने बताइरहँदा उता प्रदेश नम्बर १ मा चाहिँ मुख्यमन्त्रीका दाबेदार रहेका अर्का नेता शेरधन राई सकेसम्म सहमतिबाटै मुख्यमन्त्री छान्नुपर्ने पक्षमा छन् ।

जसरी प्रदेश ३ मा चुनाव हुँदा माधव नेपालपक्षकी अष्टलक्ष्मी अल्पमतमा पर्ने सम्भावना छ, त्यस्तै प्रदेश १ मा चुनाव हुँदा ओलीपक्षमा शेरधन अल्पमतमा पर्ने सम्भावना छ ।

एमालेले एकल बहुमत पाएको प्रदेश ३ मा ओलीपक्ष बलियो छ भने प्रदेश १ मा चाहिँ माधव नेपाल पक्ष गणितीय हिसाबले अगाडि देखिन्छ । यही अवस्था देखेर प्रदेश १ मा शेरधन राईले सहमतिमै दलको नेता छानिनुपर्ने बताउँदै आएका छन् ।

तर, प्रदेश ३ मा भने ओली पक्षका नेताहरु मतदानबाटै दलको नेता छानिुनपर्ने अडानमा छन् ।

प्रदेश १ र ३ मा अर्को पनि एउटा समानता के छ भने एक नम्बरमा माधव नेपाल पक्षका नेताहरु विभाजित छन् र भीम आचार्यसँगै जीवन घिमिरेले पनि मुख्यमन्ज्त्रीमा दाबी गरेका छन् । यता ३ नम्बर प्रदेशमा पनि ओली पक्षका दाबेदारहरु विभाजित छन् । केशव स्थापित, सानु श्रेष्ठ, कैलाश ढुंगेललगायत धेरैजना दाबेदारहरु छन् ।

बिहि, माघ १८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सरकारले रंगीन कलेबरमा ७४ पृष्ठ लामो पुस्तिका सार्वजनिक

साउन, काठमाडौं । केपी ओली सरकारले आफ्नो पाँच महिने अवधिमा उल्लेख्य काम गर्न नसकेको गुनासो आइरहेका बेला सोमबार सरकारले रंगीन कलेबरमा ७४ पृष्ठ लामो पुस्तिका सार्वजनिक गरेको छ । ‘वर्तमान सरकारका ५ महिना’ शीर्षकमा प्रकाशित पुस्तिकामा सरकारले ५ महिनामा गरेका काम र अब गर्ने कामहरुको फेहरिस्त दिइएको...

विवादास्पद ‘शंकराचार्य’ हेमानन्द गिरीको पदवी (अभिशेक) ग्रहण कार्यक्रम रोकिए

साउन, काठमाडौं । विवादास्पद ‘शंकराचार्य’ हेमानन्द गिरीको पदवी (अभिशेक) ग्रहण कार्यक्रम रोकिएको छ । अखिल भारत विद्धता परिषद्ले आफूलाई पशुपति मठको शंकरचार्य घोषणा गरेको गिरीको दाबी छ । उनले ८ भदौमा पशुपतिनाथ मन्दिर परिसरमा पदवी ग्रहण कार्यक्रम राखेकी थिइन् । तर, उनलाई सुमार्गी भवन उपलब्ध नगराइने...

प्रदेश नम्बर ३ को मन्त्रीपरिषद्को यस्तो छ निर्णय

हेटौंडा, २३ साउन । प्रदेश तीनको मंत्रीपरिषद बैठक बुधबार बसेको छ । हेटौंडा स्थित मुख्यमंत्री तथा मंत्रीपरिषदको कार्यालयमा बसेको बैठकले प्रदेश ३ सरकारले छ महिनाको अवधीमा गरेको कामबाट मात्रै ‘पूर्ण सन्तुष्ट’ हुने अवस्था नरहेको निष्कर्ष निकालेको छ । हालसम्मका कामको समीक्षा गर्न आयोजित मन्त्रीपरिषद् बैठकले ‘सन्तोषजनक’...

स्विमिङ्, कविता र खीर कार्यक्रम सम्पन्न

काठमाडौँ, साउन १५ गते । ‘साहित्यमा सिर्जनाको खोजी’ भन्ने मूल नाराको साथ संसाक मासिक, खोज अनलाइन र साहित्यकार खेलकुद समाज नेपालको आयोजना र टोखा केब फन पार्क, टोखाको व्यवस्थापनमा भएको ‘स्विमिङ्, कविता र खीर’ कार्यक्रम टोखा केब, टोखामा भव्य कार्यक्रमका साथ सम्पन्न भयो । खेलकुद समाजका...

नेपाली संगीतमा रि मिक्स किङ्ग लक्ष्मण संजिब पौडेल

 कुनै पनि प्रस्तुतिकरणलाई जिवन्त तुल्याउन निकै मेहनतको आवश्यकता पर्छ । सफलता एकदिनमा मिल्दैन तर सफलता एक दिन अवश्य मिल्छ । सृजना आफैमा नराम्रो हँुदैन । सृजना मन पराउनु वा नपराउनु आ–आफ्नो अधिकारको कुरा हुन जान्छ । तर सृजना नराम्रो रहेछ भन्नु सृजनाको अपमान गरेको हुन...

ललितपुरमा ‘बाइ एण्ड ब्रस्ट’ अप्रेशन चलाएर तीनजना हतियार कारोबारीलाई पक्राउ

साउन, काठमाडौं । प्रहरीले असार ३१ गते ललितपुरमा ‘बाइ एण्ड ब्रस्ट’ अप्रेशन चलाएर तीनजना हतियार कारोबारीलाई पक्राउ गर्‍याे । यो गिरफ्तारीसँगै प्रहरीले काठमाडौंमा भित्रिने साना हतियारबारे नयाँ तथ्य फेला पारेको छ । काठमाडौं प्रहरी परिसरका प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा गएको टोलीले ललितपुरको नख्खीपोटमा पक्राउ गरेका...