संस्कृति/धर्म

उग्रचण्डी नालाको दुइ सुर्य मुर्तिहरु

-रत्नप्रसाद अनामानी श्रेष्ठ नाला,काभ्रे


यी दुइ मुर्तिहरु सुर्य देवताका मुर्तिहरु हुन् / उग्रचण्डी नाला भगवतीको भित्र र नजिकैको ढुंगे धारामा रहेकाछन /यस मुर्तिमा सुर्य रथमा बसिरहेको देखिन्छ / यस्ता थुप्रे कलात्मक मुर्तिहरु नालाका ढुंगे धाराहरुमा रहेता पनि हिजोआज सबै हराएका छन् कुनै कुनै ढुंगेधारा संगै पुरिएर रहेको अनुमान लगाउन सकिन्छ / हाल यी दुइ वटा मात्र अस्तित्वमा छन् /
सुर्य देवता ग्रहहरुको ग्रह नायकको रुपमा मानिन्छ /यो सम्पूर्ण पृथ्वी जगतका आत्मा हुन् /सम्पूर्ण प्राणीहरुका आँखा खुलाई दिने र उज्यालोका देवता हुन् / अझै भन्ने हो भने ब्रम्हा,बिष्णु र महेश्वरका संयुक्तरुप नै सुर्य हो / सुर्यको किरणका सात रंगका प्रतिक स्वरूप सात वटा तेजस्वी घोदाहरुले तान्न लगाएका छन् जसका सारथिको रुपमा अरुणलाई प्रस्तुत ररेको छ /सुर्यका संगीनिहरु दायाँबायाँ उषा र प्रत्युषालाइ राखिएका छन् / सुर्य आफैले दुइ हातमा फक्रिएको दुइ कमलको फूलहरु समातिरहेका छन /संगिनी हरु उषा र प्रत्युषा दुबैले धनुष काँध चढाई रहेका छन् /यी दुवै मुर्तिहरु मध्य एउटामा दुइ य्क्षहरु रथको अगाडी नाचिरहेको देखिन्छ /

शुक्र, माघ १९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ज्योतिष शास्त्रअनुसार २०७५ साल जेठ २ गतेबाट मलमास सुरु

ज्योतिष शास्त्रअनुसार २०७५ साल जेठ २ गतेबाट मलमास सुरु भएको छ । मासको अर्थ महिना हो । खासमा यसको नाम मलमास नभएर अधिक मास हो । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ...

रातो मचिन्द्रनाथ भोटो देखाउने जात्राबारे रोचक किम्बदन्ती छ ।

 किम्बदन्तीअनुसार यो यात्रा शुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग...

शताब्दी ‘तन्नेरी’

काठमाडौं- तिथि (वैशाख नवमी) अनुसार बुधबार उनी ९८ वर्ष पूरा भई ९९ सय वर्षमा लागेका छन् । हिँडाइ र कुरा गर्दाको हाउभाउ हेर्दा उनी शताब्दी संघारमा छन् जस्तो लाग्दैन । उनको बोलीमा पनि तन्नेरीको जस्तै ओज छ। उनीसँग भलाकुसारी गर्दा वृद्धपनको आभासै हुँदैन । सार्वजनिक...

नाला देय्या महालक्ष्मी जात्रा

रत्नप्रसाद अनामणि श्रेष्ठ, नाला काभ्रे काभ्रेया प्राचीन न्हय्गु बस्तीत मध्ये उबले यक्व पुलांगु व व्यवस्थित बस्ती उग्रचण्डी नाला खः । थ्व बस्तीयात नाला देय् नं धाइ । देश बने जुइत उबले बस्तीयात जंगलं घेरे याःगु जुइमाःगु, न्ह्यइपुकेत दबली माःगु, राज्य संचालन यायेत लाय्कू माःगु, त्वनेगु लःयात...

नेपाल संकृति उत्थान संघले आजिबन सदस्यता पत्र बितरण

नेपाल संकृति उत्थान संघले आजिबन सदस्यता पत्र बितरण गरेको छ । क बर्गको जडिबुटी अन्वेषकको उपाधी सहित सिन्धुलीका नेत्रबहादुर तमाङ र दोलखाका अर्जुन रिमाललाई आजिबन सदस्यता प्रदान गरिएको हो । संघका केन्द्रिय अध्यक्ष गोठ बहादुर मगर र केन्द्रिय सदस्य अमृत थोक्रा तमाङको उपस्थितमा भएको कार्यक्रम...

अब १३ दिने मृत्यु सस्कार हट्दै मृत्यु ३ दिनमै

ललितपुर : नेपाल प्रज्ञा प्रतिष्ठान र जन सास्कृतिक प्रतिष्ठान नेपालको सयुक्त तत्वाधानमा आयोजित मृत्यु सस्कार सुधारका सम्भावना बिषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रले परिबर्तित परिवेश , सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिबर्तनलाई विचार गर्दै हिन्दु धर्ममा रहेको १३ दिने मृत्यु सस्कारलाई सुधार गर्दै कम्तिमा ३ दिन...