इतिहास

लिच्छविकालीन कैलाशकुट भवन काभ्रेको नालामा हुन सक्ने बलियो सम्भावना

-रत्नप्रसाद अनामणि श्रेष्ठ


नेपालको  ऐतिहासिक कालदेखि नै  विभिन्न जातिले नेपाल उपत्यका वा खण्डित नेपालको थुम, कोट, गढ,उपत्यका आदिमा राज्य शासन गर्दै आएको पाइन्छ / लिच्छवी कालका प्रतापी राजा अंशुवर्माले ठकुरी सम्वत चलाएका थिए र कैलाश कुट भवन ठकुरी सम्वत (३०) ५९१ इ. मा बनाइएका थिए /नेपालको इतिहास हेर्दा लिच्छविकालमा  धेरै सामाजिक सुधार र विकासका काम भएकाले यस काल लाइ स्वर्ण युग मानिन्छ/ यस कालमा मान गृह,कैलाश कुट र भाद्राबिलास जस्ता वास्तुकलाको श्रेष्ठतम नमुना दरबारहरु निमार्ण भएका थिए / आज भन्दा झन्डै १४ सय बर्ष आगाडी लिच्छवी राजाअंशुवर्माले कैलाशकुट भवन बनाएका थिए /  सात तल्लाको किम्मति पत्थरको कलात्मकताले भरिपूर्ण अनि छानामा १० हजार मानिस अटाउनेजस्ता मिथक कैलाशकूटसँग जोडिएका छन् / तर विडम्वना यो छ कि हालसम्म पनि उक्त दरबार  कहाँ छ एकिन गर्न सकिएको छैन/ केहि इतिहासकारहरुले काठमाण्डौकै हाँडीगाउँमा भएको अनुमान गरिएको  छ /यसका लागि प्रसस्त आधारहरु छैन खोज र अनुसन्धान बेगर हचुवाको भरमा इतिहास पुष्टि गर्दै  आएको छ / जब सम्म सहि तरिकाले बैज्ञानिक ढंगले उत्खनन र अनुसन्धान गर्दैन तब सम्म सहि इतिहासहरु प्रकाश हुदैन / वास्तबमा कैलाशकुट भवन काभ्रेको नाला लिबिच्छे टोल वरपर हुन सक्ने बलियो आधारहरु छन् /यसलाई पुरातत्व बिभाग लगायत अन्य अनुसन्धान निकायले बैज्ञानिक ढंगले उत्खनन र अनुसन्धान गरेर सही र सत्य ,तथ्य जनमानसमा आउनु जरुरी देखिन्छ /


आधार नं.१ : काभ्रेको उग्रचण्डी नाला भन्ने स्थान हाल बनेपा वडा नं.४ पर्दछ / उग्रचण्डी नाला गा.बि.स. वडा नं.३ स्थित एउटा टोलको नाम “लिबिछे टोल” भन्ने रहेको छ / लिबिछे को नेवारीमा अर्थ लिच्छबीको घर भन्ने हुन् आउँछ/ कैलाशकुट भवनलाई नै लिच्छाबिको घर मानेको देखिन्छ /

आधार नं.२ : जहाँ नालाको लिबिछे टोल रहेको छ त्यस स्थानमा हाल घर नभएको बारीमा पनि पुराना इट्टाहरु यत्रतत्र बारीको दिलमा पाइन्छ / यस बाट के स्पष्ट हुन्छ कि एक प्राचीन दरबार भने अझै पृथ्वीको गर्भमै छ त्यो कहीँ नभएर नाला क्षेत्र मै रहेको हुनु पर्दछ /

आधार नं.३ : 

चिनियाँ यात्री वाङको बयान अनुसार ‘’नेपालको राजधानीमा २० चो (झन्डै २ सय ३० फिट) अग्लो र ८० पो (झन्डै ९ सय २० फिट) फराकिलो तले भवनको निर्माण भएको छ । यसको माथिल्लो भागमा १० हजार मानिस अट्छन् । यो तीन बार्दलीमा बाँडिएको छ र प्रत्येक बार्दलीलाई सात तलामा बाँडिएको छ । चौथो डबलीमा अचम्मित तुल्याउने मूर्तिहरू छन् । तिनीहरू ढुंगा र मोतीले सुसज्जित छन् । दरबारको मध्यभागमा साततले तामाको छाना भएको बुर्जा छ । यसका दलिन, रेलिङ, खम्बालगायत सुन्दर किम्मति पत्थरले बनेका छन् ।
बुर्जाका चार सुरमा तामाका नल लागेका छन् । नलका तलतिर सुनौला मकर (गोही) छन् । मकरका मुखबाट बेगले पानीको फोहोरा निस्कन्छ । बुर्जामाथि हालिएको पानी नलबाट तल झर्छ । त्यो पानी छहराजस्तो भई सुनौला मकरको मुखबाट निस्कन्छ । हलको मध्यभागमा फूल र अत्तर छर्किएको छ । नरेन्द्रदेवका अधिकारी, प्रतिहार र दरबारियाहरू आँगनको दायाँ र बायाँ बसेका छन् । उनको छेउमा सयौँ हतियारधारी सैनिकले पहरा दिइरहेका छन् ।’’ यसरि बयान गरेका छन् /यदि यो बयान ठिक छ भने बुर्जामा रहेका सुनौला मकरहरुको मुखबाट पानीको फोहोरा निकाल्न नालाको माथि कालिका डांडामा हाल शिध्दार्थ विश्व विद्यालयको गुम्बामा “चोपुंग” बन्ने पोखरी रहेको र सो पोखरीको पानी तल नालामा रहेको कैलाशकुट भवनमा प्रयोग गरिएको देखिन्छ /नगरकोटको जलजले भन्ने स्थानबाट पानि “चोपुंग” (अप्रभंश भई “च्व पुखु ” ) मा राजकुलो खनि ल्याएको देखिन्छ /
आधार न.४ : खोपासीमा भेटिएको अभिलेखका अनुसार भने शिवदेवले कैलाश यात्राका निम्ति प्रत्येक व्यक्तिले कमेरोको ५० डल्ला ल्याउन आदेश दिएका थिए । यो माटो कैलाशकूटको रंगरोगनका लागि प्रयोग गरिएको इतिहासकारहरूको अनुमान छ प्रत्यक व्यक्तिले५० डल्ला कमेरो खोपासिबाट नाला पुर्याउन एकै दिनमा सकिन्छ तर काठमाण्डौमा पुर्याउन कठिन छ / अर्को कुरा कमेरो थिमी मै पाइन्छ खोपासी सम्म जानु नै पर्दैन /
आधार न.५ :  सन् ६०८ को साँगा अभिलेख अनुसार यो दरबार हेर्न जनतामा कौतूहल छ, यसलाई हेर्न जनता आँखै झिमिक्क नगरी टोलाइरहन्छन्, यस्तो भव्य भवन अन्त पनि कमै पाइन्थ्यो भन्ने उल्लेख गरे अनुसार पनि त्यस ताका सान्गाका मानिसहरु नजिकैको नालामा यो भवन देखेर उक्त अभिव्यक्ति लेखिएको हुनु पर्दछ / साँगाका माथि डाँडामा बसेर नाला तर्फ अवलोकन गर्दाको यो अभिव्यक्ति हुनुपर्दछ /
आधार न.६  :पाटन भन्सारचोकको अभिलेखमा हिउँले धपक्क ढाकेको हिमालयको टाकुरासँग कैलाशकूटको तुलना गरिएको छ । अंशुवर्माको हाँडीगाउँ अभिलेखमा दरबारका विभिन्न देवीदेवताको मूर्ति राखिएको र चार ढोकामध्ये पश्चिम ढोकालाई विशेष महत्त्व दिइएको छ । त्यसैले कैलाशकूट दरबार दक्षिणाभिमुख रहेको मानिएको छ यस भनाइलाई मान्ने हो भने पनि नाला शहर दक्षिणाभिमुख  रहेको छ / हांदिगाउ भन्दा पनि चिसो भएकोले हिउँले धपक्क ढाकेको हिमालयको टाकुरासँग कैलाशकूटको तुलना गरिएको हो /
आधार न.७ : हाँडीगाउँको केहि अभिलेखहरूमा बिक्रमादित्यको उल्लेख हुनु र  बिक्रमादित्य राजा काभ्रेको नालामा राज्य गर्नुले पनि कैलाशकुट भवन नालामा नै रहेको हुनु पर्दछ /
आधार न.८ :महा मन्जुश्री चिनबाट नेपाल उपत्यका प्रवेश गर्दा नालाको बाटो प्रयोग गरेको देखिन्छ /महा मन्जुश्रीले पाइला राखेको पोखरीको नाम पल पुखु (हाल तेल्पोखरी )भनिन्छ /

आधार न. ९ : बिशाल दरवारको भग्नावशेष अहिले पनि हुनु पर्ने भनेर कोहि कोहि भन्दछन वास्तबमा पुरातत्त्व विभागका पूर्वमहानिर्देशक संस्कृतिविद् साफल्य अमात्य उक्त दरबार ढुंगाले बनेको मान्दैनन् । भन्छन्, “ढुंगाको मूर्ति बनाइन्थ्यो, दरबार होइन ।”

आर्किटेक्ट इन्जिनियरिङका ज्ञाता प्राध्यापक तिवारी पनि आर्किटेक्टका हिसाबले ढुंगाको, त्यसमाथि साततले दरबार बनाउन सम्भव नभएको बताउँछन् । उनको बुझाइमा दरबार निर्माणका लागि हल्का सामान प्रयोग गरिएको हुनुपर्छ । बाँसको भाटामा माटो लगाएर बाहिरबाट सेतो कमेरो लेपिएको भनिएको छ । फेरि, भित्तामा कमेरो लगाएको भन्ने त विभिन्न शिलालेखमा उल्लेख नै छ । यही निक्खर कमेरोका कारण दरबारलाई हिमालजस्तो झलमल्ल भनेर तुलना गरिएको हुन सक्छ । तिवारी भन्छन्, “ढुंगा र इँटा थियो भने जगमुनि मात्र हो, माथि प्रयोग गरिएको छैन । साततले भएकाले गह्रौँ सामग्रीको प्रयोग सम्भव पनि थिएन । होइन भने धेरै संरचना भेटिइसक्नुपर्ने हो ।” यस कारण नालाको लिबिछे टोलमा अवशेषहरु नभेटिएको हो /जमिनमुनिको चाहि उत्खनन गर्ने हो भने पक्कै भेटिन्छ
आधार न.१०: कैलाश  कुट भवन बाँसको भाटामा माटो लगाएर बाहिरबाट सेतो कमेरो लेपिएको नै हुनु पर्दछ / कतिपय नालाको अभिलेखहरुमा लिच्छ्बी कालमा नाला बाँसको कलाको लागि प्रख्यात छ भनेर  उल्लेख गरेको पाइन्छ यही कैलाश  कुट भवनको भब्यता लाइ  हेरेर भनेको हुनु पर्दछ /

शुक्र, माघ १९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नाला र टुकुचामा रहेका गाउहरुको नामहरु

नालामा रहेका गाँउहरुको नामहरु १.भण्डारी गाँउ २.शेरा ३.सुमारा गाँउ ४.तिन घरे गाँउ ५.चार घरे गाँउ ६ चुनाताल ७.बाताल ८.आँगाल ९.दाहाल गाँउ १०.टुसाल ११.द्वय बास भान्ज्यांग १२.नाला १३.बुले गाँउ १४.आगाल (राजाटार ) १५.चौतारा १६.शशिपानी १७.पंयुखर्क १८.बजगाई गाउ १९.तन्चोक २०.चिसापानी २१.खर्क डाडा २२.कोदार २१.रायमाले २२.मेले २३.कांक्रे   टुकुचामा रहेका गाँउहरुको नामहरु १.रायगाँउ २.पाण्डे  गाँउ ३.दंदाल गाँउ ४.ब्याङ्ग ढुंगे ५.टुकुचा ६.अमल्डोल ७.गिरि गाँउ ८.घिमिरेगाँउ ९.डुदामुख १०. ...

नाला शहरमा रहेका टोलहरुको नामको नामाकरण

प्राचिन ऎतिहासिक नाला शहर उपत्यका भन्दा बाहिरको नेवारी बस्ती हो / हाल बनेपा नगर पालिका वडा ४ अन्तर्गत पर्दछ /अधिकांश यहाका नेवारहरु खुब मेहिनतका साथ खेतीपाती गर्दछ / समयसंगै बिस्तारै यो पेशा बदलिंदै गएकाछन् / अधिकांशको बसोबास हाल आएर नाला भन्दा बाहिर काठमांडू हुन् पुगेको छ /...

नालाका ऐतिहासिक ११ मानव निर्मित पोखरीहरु

मानव निर्मित पोखरीहरु त्यसै बनाएका हुदैन । मानवको आवश्यकता अनुसार आफ्नो उधेश्य पुरा गर्न पोखरिहरुको निर्माण गरेको हुन्छ । पछि त्यही पोखरीमा बिभिन्न किम्बदन्ती र ऐतिहासिकताहरु जोड्दै गएको हुन्छ । काठमाण्डौ  उपत्यकाका साना  ठुला सबै पोखरीहरु प्राय त्यसरी नै बनेका छन् ।  कहिले कहीं पोखरी ठुला मन्दिर...

नालामा पनि कुमारी स्थापना गर्नु पर्ने

“जीवित देवी कुमारिया प्रतिष्ठा ये ,यल,ख्वपय जक जुयाच्वंगु मखुसे थिमी , बुंगय , भ्वतय, नाला ,पन्ती ,सक्व आदि थाय थासय कुमारिया प्रतिस्था जुयाच्वंगु खँ न्यने दु /”  यो कुरा कुमारिया पत्रिका पेज १०३ मा बद्रीलाल श्रेष्ठको “नेपालय कुमारी जात्राया परम्परा “शिर्षक लेखमा  उल्लेख गरेको छ /...

हलालगाउँ र नालाछापमा गरि तीनवटा चट्टानमा नेपालकाे पहिलो चट्टान अभिलेख

खुल्ला अाकाश मुनिकाे खुल्ला संग्रहालय। नेपालकाे पहिलो चट्टान अभिलेख भक्तपुर जिल्लाकाे हलालगाउँ र नालाछापमा गरि तीनवटा चट्टानमा एक राज्यका एउटै शासकका मात्रै नभएर अन्य राज्यका धेरै शासक र अन्यले राख्न लगाएका समेत गरि अनेक कालका धेरै चट्टान अभिलेख रहेका छन्।ठुलो ढुङ्गामा कुँदिएका सबै (६वटा) चट्टान...

जडीबुटी व्यवसायमा गुणस्तर र एकरुपता कायम गर्न सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोग

काठमाडौं–जडीबुटी व्यवसायमा गुणस्तर र एकरुपता कायम गर्न सामूहिक व्यापार चिह्न (कलेक्टिभ ट्रेडमार्क) प्रयोग गर्न निर्देशिका (आचारसंहिता) बन्ने भएको छ । निर्देशिका बनेपछि जडीबुटी व्यवसायीले संयुक्त टे«डमार्क प्रयोग गर्न बाटो खुल्नेछ । सामूहिक ट्रेडमार्क प्रयोग गर्न व्यवसायीले उद्योग विभागमा प्रस्ताव पेस गरिसकेका छन् । विभागले सामूहिक व्यापार...