कला/मनोरञ्जन

कलाक्षेत्रमा सक्रिय रुपा लामा


मकवानपुर जिल्लाको मनहरी ४ मा बि.स.२०५० बैशाखमा जन्मिएकी रुपा लामा मोडलिंग क्षेत्रमा सक्रिय छिन्/कक्षा ११ मा पढ्दा पढ्दै जापानिज भाषा सिक्न काठमाडौं आएकी रुपाले यो क्षेत्रमा करियर बनाउने सोचेकी पनि थिइनन्/ दाज्यु बिरु लामा र पेमा लामाले तामांग फिल्मका निर्देशक निमा लामा संग चिनजान गराए पश्चात उनै निमा तामांग फिल्म “दोर्जे हारान्बा याला कर्म “मा मुख्य नायिका भएर खेल्ने अवसर प्राप्त गरिन् /  बिस्तारै बिस्तारैउनलाई अभिनयको मोह बढ्न थाल्यो / यसैगरी उनले “द कलेज“नामक चलचित्रमा अभिनय गरिन् / उक्त फिल्मलाई स्कुल  कलेजका बिध्यार्थीहरुले निकै मनपराएका थिए /उनले फिल्मी क्षेत्रमा  होइन म्युजिक भिडियो समेत मोद्लिंग गर्न थालिन्/ आकांक्षा बस्यालको “मेरी माया ” गीतको बोलमा मोड्लींग थालेकी उनले करिब डेड दर्जन भन्दा बढीमा म्युजिक भिडियो गरि सकेकी छिन /नेपाल टेलिभिजनको हास्य शृंखला “हाक्काहाक्की “मा समेत उनले केहि महिना अभिनय गरिन् / करियारको बिचमा केहि समय उनि १अ बर्ष जति बिरामी परिन् र उनको यात्रामा केहि समय ब्रेक लाग्यो ,निको भए पछी हाल फेरी कलाकारितामा सक्रिय भैइरहेकिछिन/ मिस हेरिटेज क्विनको उपाधि समेत हात पारेकी रुपाले यु ट्युब च्यानलमा हेर्न सकिने हास्य शृंखला “जेति डन” समेत अभिनय गरिरहेकी छिन् भने केहि दिनमा नै अर्को एउटा तामांग फिल्मको सुटिंग जान लागेको खोज अनलाइनलाइ जानकारी दिइन् /

सोम, माघ २२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

खाेज टेलिभिजनमा कार्यक्रम निर्देशककाे भुमिकामा घनश्याम तिमिल्सिना “एन्टिना”

२0३८सालमा बुबा खिकाप्रसाद तिमिल्सिना र माता बालकुमारी पराजुली तिमिल्सिनाका जेष्ठ पुत्ररत्नकाे रूपमा जन्मेका घनश्याम तिमिल्सिना बालक अवस्था देखिनै जिज्ञासु र चलाख स्वभावका धनी थिए ।अध्ययनमा पनि अति नै जेहन्दार उनले विधालयस्तरका सबै परिक्षामा उतिर्ण गरेका थिए ।जब उनी उच्च शिक्षाकाे सिलसिलामा राजधानी प्रवेश गरे तब...

गीत मेरो सपना हो — रेहना शाही ठकुरी

काठमाडौं / नेपाली संगीत क्षेत्रमा नयाँ रहर ;जोस र जागर बोकेर प्रवेश गर्दैछिन रेहना शाही ठकुरी ।सानै उमेरदेखी गीत सङ्गीत रुचि राख्ने रेहना विद्यालय स्तरका गीत प्रतियोगितामा सधै प्रथम हुने गर्थिन । शिक्षक र साथिभाइ माझ यो उनको गायन लोकप्रिय पनि थियोे| अहिले उनको आधुनिक गीतमा...

बैरागी काईलाको लोक भाका एकादशी डाँडैमा बसि बजारमा ।

दिन प्रति दिन गीत बजारमा भित्रिए पनी लोक लय र संस्कृति झल्काउने गीतहरु बिस्तारै दुर्लभ हुदै गईरहेको बेला बैरागी काईलाको मौलिक लोक भाका बजारमा सार्बजनिक भएको हो । श्रीपाली म्युजिक प्रा.ली बाट बजारमा भित्रिएको उक्त गीत मा बैरागी काईलाको लय,थेगो, सुमधुर स्वरको धनी कृष्ण परियार र...

मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिए

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । पत्नीको दाहसंस्कारमा मदनकृष्ण भावविव्हल बने । अविरल रोइरहेका मदनकृष्णलाई उनका निकट सहकर्मी हरिवंश आचार्यले सम्हाले प्रयास गरेका थिए । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए । पशुपतिमा कलाकर्मी तथा सर्वसाधारणको घुईंचो...

म्युजिक ल्याब प्रा.ली. ले अर्को नयाँ लोक दोहोरी गीत बजारमा

बिभिन्न गीत संगीत बजारमा ल्याउने क्रममा फेरी म्युजिक ल्याब प्रा.ली. ले अर्को नयाँ लोक दोहोरी गीत बजारमा उपलब्ध गराएको छ । तुलाराम डांगी क्षेत्रीको प्रस्तुती रहेको गीत फर्की आउदिन मा तुलाराम डांगी क्षेत्रीको शब्द तथा कमल ज्योतीको लय रहेको छ । बिदेसी भुमिमा रहदाको पिडा...

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन

१३ फागुन, काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । हृदयाघातका कारण उनको गएराति दुबईमा निधन भएको हो । फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो ।...