स्थानीय समाचार

“दारी ग्याङ” अब धरानमा पनि

--आशिष तामांग


समय अनुरुप सामाजिक कार्यको परिभाषा पनि फरक फरक रही आएको छ।

बिगत केहि समय यता सामाजिक सञ्जालहरु मार्फत समाजसेवा तथा सामाजिक कार्य गर्नेहरुको संख्या पनि बढ्दो रहेको छ।

त्यस्तै सामाजिक सञ्जाल फेसबुक मार्फत “फेसबुक ग्रुप” संचालन गरि सामाजिक कार्यमा निक्कै नै अग्रसर रहेको एक लोकप्रिय समूह हो “दारी ग्याङ्ग”

जसले बिगत लामो समय देखि नेपालका विभिन्न स्थानहरुमा विभिन्न किसीमका सामाजिक कार्यहरु तथा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ।जुन “समूह” भर्खरका युवाहरु तथा सबै उमेर समूहमा निकै नै लोकप्रिय रहेको छ ।

“दारी पाल्दैमा कोहि मान्छे खराब हुदैन” भन्ने नाराका साथ अघि भड्दै गरेको यस समूहले नेपालको पुर्व तर्फ रहेको अतिनै सुन्दर शहर धरानमा मिति २०७४ माघ २० गते शनिवारका दिन धरानको पहिलो मिटिङ घन्टाघर परिसरमा सम्पन्न गरेको, जसमा ३० जना भन्दा बढीको उपस्थिति रहेको जानकारी बेलबारि निवासी विभिन्न सामाजिकि कार्यमा निक्कै नै अग्रसर युवा निशान्त घिमिरेले बताउनु भएको छ । भने उक्त भेलामा निम्नलिखित बुँदा हरुमा छलफल गरिएको थियो ।

१. “दारी ग्याङ्ग” धरानको संयोजक छान्नेबारे ।

२. “दारी ग्याङ्ग” को बार्षिक उत्सवको सम्बन्धमा ।

३. “दारी ग्याङ्ग” धरानको मासिक भेला (मिटिङ) को सम्बन्धमा ।

४. सडक बालबालिका तथा अपाङ्गता भएको व्यक्तिहरुको सम्बन्धमा ।

५. तथा के कस्ता कार्यहरु मार्फत समूहलाई अझ प्रभावकारी तथा जीवन्त राख्न सकिन्छ भन्ने सम्बन्धमा ।

 

उक्त छलफल मार्फत सबैको सहमतिमा “दारी ग्याङ्ग” धरानका संयोजकका रुपमा “बिबेक घिमिरे” लाई चयन गरिएको छ ।

प्रत्येक महिनाको अन्तिम  शनिवारका दिन मासिक भेला (मिटिङ) को आयोजना गरिने भनि उक्त छलफलबाटै निर्णय गरिएको छ । भने सडक बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुको सम्बन्धमा बिशेष अध्ययन गरि त्यसबारे थप छलफल आगामी मिटिङहरुमा गरिने पनि जानकारी गराईएको छ ।

त्यस्तै गरि “दारी ग्याङ्ग” को बार्षिक उत्सवबारे छलफल भने आगामी भेला (मिटिङ) मा गरिने बताईएको छ ।

 

सबै दारी प्रेमी युवाहरुमा दारी पाल्दैमा कोहि खराब हुदैन, दारी पाल्नेहरुले पनि समाजको लागि केही गर्न सक्छन् , भन्ने उद्देश्यका साथ अघि बढेका “दारी ग्याङ”का सदस्यहरुले सम्पूर्ण युवावर्गहरुमा आव्हान गरेका छन् । परिवर्तन सम्भव छ, र हामी सबै युवावर्ग मिलेर अघि बढे जस्तोसुकै समस्याहरुलाई पनि चिर्दै आघि बढ्न सक्ने उहाहरुको बुझाई रहेको छ ।

बुध, माघ २४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परे

बाँके । नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई प्रहरीको विशेष टोलीले बाँकेको ढकेरीबाट पक्राउ गरेको हो । उनीसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी...

३३ किलो सुन तस्करी गोरेले बाबुलाई भेटेर के भने ? अनुसन्धान प्रभावित पार्ने गोरेको प्रयास!!!

 साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग बिहीबार पनि बयान भएको छ । जिल्ला अदालत मोरङमा करिव ५ घण्टा चलेको बयानमा गोरेले सोधेको प्रश्नभन्दा अनौपचारिक बढी गरेका छन् । बुधबार पनि झण्डै ५ घन्टा बयान भएको थियो । तर, उनले सुन तस्करीको...

जेष्ठ मेला समापन गर्न हेलिकप्टर द्धारा गाँउ जादै अतिथि

शोले युवा कल्ब तमानखोला गाँउपालीका ४ लाम्मेला बाग्लुङ्गले हरेक वर्ष आयोजना गर्ने जेष्ठ मेलाको समापन ११ गते गरिने भएको छ र उक्त समापन कार्यक्रमा प्रभु बैक कमलादी काठमाण्डौका अध्यक्ष देवी प्रकाश भट्टचन,थकाली सेवा समाज काठमाण्डौ का अध्यक्ष खगेन्द्र भट्टचन,तारा प्रकाश भट्टचन र निर्गुन भट्टचन...

महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरे

वैशाख, काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा...

जागिर दिने प्रलोभन देखाएर मानिस जम्मा पर्ने र रकम लिएर ठगी गर्ने समूहको धन्दा

१९ फागुन, काभ्रे । बेथानचोक ओमविक्रम लामा रोजगारीका लागि विदेश जाने तयारीमा थिए । कक्षा १२ मा अध्ययन गर्दागर्दै भारतको गोवा पुगेर वेटर काम गरेका उनी १२ बैशाख २०७२ को भूकम्पपछि नेपाल आएका थिए । घर बनाउने लगायतका काम गरेपछि गोवा होइन, विदेश जाने सोच बनाए...

लक्ष्मीप्रसाद मिश्रको दोस्रो काव्य कृति नशामा डुबेको जीवनको लोकापर्ण

खोज संवाददाता –लमजुङ, सुन्दरबजार महोत्सवको सु–अवसरमा मिठो स्वरका धनी गीतिकाव्य लेखनका बादशाह लक्ष्मीप्रसाद मिश्रको दोस्रो काव्य कृति नशामा डुबेको जीवनको लोकापर्ण प्रदेश नं ४ का मानननिय मुख्य मन्त्री पृथ्बी शुब्बा गुरुङबाट सुसम्पन्न भयो । राष्ट कवि माधव धिमिरेको जन्मथलो लमजुङलाई साहित्यको राजधानी बनाउनुपर्छ भन्ने अभियानको...