कला/मनोरञ्जन

सदिप समर्पणको गित बिधार्थीहरुको जिब्रोमा


उदयमान गायकको रुपमा सदिप समर्पण राई एक परिपक्व नाम हो ।

ओखलढुंगा जिल्लाको मोली-९ फस्कुमा वि.सं २०४५ सालमा जन्मिनुभएका सदिप समर्पण राईको सानी देखिको लक्ष्य गायन नै थियो ।

औपचारिक शिक्षा एस.एल.सी पास गरेपश्चात गायन क्षेत्रमै स्थापित हुने मनशायले २०६२ सालमा काठमाडौँ  आउनुभएका उहा कामको सिलसिलामा २०६५ मा विदेश जानुभयो । विदेशमा रहदा पनि साथि संगत भेट्ने बित्तिकै गित सुनाईहालने उहाको बानीले नै गर्दा साथीहरु पनि त्यतिकै हौसाई रहन्थे गित  फलस्वरूप ८ बर्षको विदेश बसाई  पछी नेपाल फर्किएका सदिपले संगीत र भोकल कक्षा लिन थाल्नुभयो ।

२ वर्ष भोकल तालिम लिदै गर्दा उनले ७ वटा गित रेकर्ड गरईसक्नुभएको छ ।

पहिलो गित “टुट्यो सपना” ले राम्रै प्रचार पाएपछि गायनमा हौसिएका सदिपको चौथो गित “एन्टिना” यतिखेर स्कुल र कलेजका बिधार्थीहरुको मुखमा प्राय कण्ठ नै बनिसकेको छ । एउटा शैक्षिक फिल्ममा उक्त गितको केहि टुक्रा समावेश  भएपश्चात लाखौ बिधार्थीहरुले उक्त गीतका गायक सदिपको स्वरको तारिफ गरिरहेकाछन् ।

भविष्यको दिनमा गायन क्षेत्रमा नै स्थापित हुने मनसाय लिई संगीतमा लिप्त सदिप समर्पण राई भन्छन् – नव आगन्तुक गायकहरुले संगीत प्रशिक्षण लिएर मात्र यो क्षेत्रमा आई संगीतको मर्म बुझेर अगाडी बढ्न सक्ने औल्याउनुहुन्छ ।

छिट्टैनै “अप्सरा” नामक एल्बम बिमोचनको तयारिमा रहेका सदिप गायन क्षेत्रमा अत्यन्तै मिहेनत र संघर्ष गरेर मात्र सफलता हात पर्ने कुरा खोज अनलाईनलाई बताएका छन् ।

बुध, माघ २४, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाली कला जगतमा निकै राम्रो कलाकार शङ्खु लामा

नेपाली कला जगतमा निकै राम्रो कलाकार शङ्खु लामा । लामो समयदेखि म्युजिक भिडियो हरु अभिनय गरेर उनी चर्चित भएकी छिन ।हाल तामाङ गीतहरुमा अभिनय गर्दै आएकी छन । राजधानीमा बसेर कला यात्रा गर्दै आएकि लामा यहीँ क्षेत्रमा भबिस्य बनाउने विचारमा छिन ।भन्छिन हरेक कलाकारको आफ्नु...

साथ र साथी जस्ले फरक पार्दछ जिन्दगीमा

जिन्दगीमा केही साथहरु प्रिय हुन्छन् । केही साथीहरू झनै प्रिय ।साथी माया हो । प्रेम हो । देउराली लेक छुन हतार गर्ने बादल पनि हो साथी । राजा महेन्द्रको एउटा गीत छ : एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा एउटा साथीको साथले कति फरक...

कला क्षेत्रमा अश्मिको प्रवेश

नेपाली कला जगतमा अस्मि शोभा नयाँ कलाकार हुन ।डान्स क्षेत्रमा उनले खास चर्चा कमाइसकेकी छिन । धादिङ जिल्ला जन्मेकी अश्मी राअश्मीमा बस्दै आएकी छिन । आफ्नु लक्ष्य रूपमा कला क्षेत्रलाई राखेकी उनी आफू डान्समा राम्रो गर्न सक्ने बताउछिन । काठमाडौं आएपछि उनले डान्स सिकेकी पनि...

सोनामको लक्ष्य राम्रो कलाकार बन्ने

सोनाम गुरुङ काठमाडौंको रेडन कलेज पढछिन । गगबुको abcd डान्स कल्चर स्टुडियोमा डान्स सिक्छिन ।विभिन्न डान्स प्रतियोगिताहरुमा भाग लिन्छिन । उनको डान्स देखेर सबैको मन रमाउछ।उनको प्रगति देखेर घर परिवार पनि खुशी छ। डान्स बाहेक उनको अभिनयमा पनि रुचि छ ।केही अबसर आए त्यसमा आफू...

 नव गायक प्रकाश रोका सांगीतीक यात्रा संग,संगै पत्रकारिता पेषामा लम्कदै।

विगत दुइ बर्षदेखी संगीत क्षेत्रमा प्रवेश गर्न काठमाण्डैमा देखा पर्नु भएका लोक पप गायक पत्रकारिता क्षेत्रमा लम्कदै हुनुहुन्छ।पहिलो पटक गित संगीत गर्नका लागी सुदुर पश्चिम डोटी बडिकेदार गा,पा,नं,2 मा जन्मनु भएका गायक रोका आउनु भएको थियो।पहिलो एल्वम लोक पप गीत गाउनु भयो, जसमा साथ बहूचर्चित...

यसपालिको सबै भन्दा उत्कृष्ठ देउसी भैलो गीत ल्याए , सन्जय परियार र इन्दिरा गुरुङले

मौलिक लोक संगीतलाई संरक्षण गदैँ आएका सन्जय परियार र इन्दिरा गुरुङले मैलीता झल्ल्काउने तिहारको देउसी भैली गितको भिडियो सम्पन्न भएको छ गायक सन्जय परियार र इन्दीरा गुरूङको आवाज रहेको गीतको भिडियो टि टाईम म्युजिक प्रा. ली ले युटुव मार्फत बजारमा आउने भएको छ गीतमा विशेष...