राजनिति

प्रचण्डलाई अध्यक्ष मानेर भए पनि वाम एकता भड्किन दिँदैनौं- झलनाथ


माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफू तयार रहेको बताएका छन् । वाम एकतालाई कुनै पनि हालतमा भड्किन दिन नहुने भन्दै प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्नुपर्ने स्थिति आए पनि त्यसमा तयार हुनुपर्ने नेता खनालको भनाइ छ ।

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद आफैंमा राख्न चाहेको गुनासो माओवादी पंक्तिबाट आइरहेका बेला एमालेका पूर्वअध्यक्षसमेत रहेका झलनाथले प्रचण्डलाई अध्यक्ष मान्न सकिने अभिव्यक्ति दिएका हुन् ।

 

दुई पार्टीवीचको एकता त भड्किन लागेको चर्चा छ नि भन्ने अनलाइनखबरको प्रश्नमा एमाले नेता खनालले भने- ‘एउटा बाटो खोज्नुपर्छ, हामीले सामुहिकरुमा बसेर सल्लाह गर्नुपर्छ, हामी पार्टी एकतालाई भड्किन दिँदैनौं ।’

एमाले नेता खनालले प्रचण्डलाई अध्यक्ष बनाएर भए पनि पार्टी एकतालाई भड्किन नदिइने बताए ।

हामीले एमाले नेता खनाललाई सोध्यौं- ‘प्रचण्डलाई अध्यक्ष मान्न केपी ओली तयार नदेखिएको र प्रचण्ड पनि सहअध्यक्षमा बस्न तयार नरहेको अवस्था आयो भने कसरी पार्टी एकता होला ? त्यो स्थितिमा प्रचण्डलाई अध्यक्ष दिन एमाले तयार हुन्छ ?’

अनलाइनखबरको प्रश्नको जवाफ एमाले नेता खनालले एक शब्दमा दिए- अन्त्यमा ।

विगतमा नेकपा माले र मार्क्सवादीवीच पार्टी एकता गर्दा सानो पार्टीका नेता मनमोहन अधिकारीलाई अध्यक्ष दिएर मदन भण्डारी महासचिवमा बसेको नजीर अनुसार पनि अघि बढ्न सकिनेमा खनाल विश्वस्त देखिए ।

‘जति फन्का घुमे पनि पुग्ने धुम्बाराही नै हो’

यसैवीच बुधबार राति खनालले एउटा निजी टेलीभिजनलाई लामो अन्तरवार्ता दिएका छन् । सो अन्तरवार्तामा उनले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफूलाई कुनै आपत्ति नरहेको बताएका छन् ।

विगतमा आफूले माओवादीसँग एकता र सहकार्य गर्नुपर्छ भन्दा आफूलाई ‘आधा माओवादी’ भन्नेहरु नै अहिले आफ्नो लाइनमा आइपुगेको खनालले बताएका छन्

अन्तरवार्तामा एमाले नेता खनालले भनेका छन्- ‘केपी ओली नै प्रधानमन्त्री हुनुपर्छ, तर यो मेरो व्यक्तिगत विचार हो, पार्टीमा निर्णय भएको छैन । र, व्यक्तिगतरुपमा यसो भन्न मिल्थ्यो कि मिल्दैनथ्यो, प्रचण्ड अध्यक्ष बन्दा मलाई त आपत्ति छैन । जब पार्टी एककृत भएर जान्छ भने यसमा आपत्ति मान्नुपर्ने स्थिति छैन ।’

विगतमा आफूले माओवादीसँग एकता र सहकार्य गर्नुपर्छ भन्दा आफूलाई ‘आधा माओवादी’ भन्नेहरु नै अहिले आफ्नो लाइनमा आइपुगेको खनालले बताएका छन् ।

‘त्यतिबेला आधा माओवादी भन्नेहरु अहिले त्यही ठाउँमा आइपुगेका छन्’ खनालले भने, ‘०६२/०६३ पछि माओवादी पनि सच्चिदै आएको छ त्यसैले एमाले माओवादीवीच एकता हुनैपर्छ । मलाई नै जस दिनुपर्छ भन्ने ठान्दिनँ तर दुई पार्टीवीच एकता हुनैपर्छ, ढीलो नै होस् तर जति फन्का घुमे पनि हामीले पुग्ने ठाउँ धुम्बाराही नै हो ।’

ओलीसँग अब ‘वार कि पार’ छलफल गर्छुः प्रचण्ड

 

यसैवीच माओवादी अध्यक्ष प्रचण्डले अब पार्टी एकताबारे केपी ओलीसँग वार कि पार छलफल गर्ने बताएका छन् । केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै आफैंले राख्ने र जबजमा पनि तलमाथि नगर्ने भनेपछि प्रचण्डले निर्णायक वार्ता गरिने आफू निकटस्थहरुसँग बताएका हुन् ।

पार्टी एकताको विषयमा अब हुने छलफल निर्णायक हुने प्रचण्डको भनाइ छ । पेरिसडाँडामा बुधबार प्रचण्डले एक निकटस्थसँग भने, ‘तत्काल पार्टी एकता नभएको अवस्थामा हामी सरकारमा पनि जाँदैनौं, तर बाहिरै बसेर समर्थन गर्छौं । तथापि हामी अहिलेसम्म पार्टी एकताकै पक्षमा छौं ।’

बिहि, माघ २५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेकां नेता अर्जुननरसिंह केसीले प्रम केपीओली जंगबहादुर,स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको आरोप लगाए

कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टस क्लबमा आयोजित साक्षातकारमा उनले प्रधानमन्त्रीमा शक्तिको उन्माद देखिएको र जंगबहादुर बन्न बन्ने तिब्र आकांक्षा देखिएको बताएका हुन् । ‘प्रधानमन्त्रीले काम...

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति काठमाडौँको भवन निर्माण कार्य २१ वर्षमा सम्पन्न

कात्तिक, काठमाडौं । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति काठमाडौँको भवन निर्माण कार्य २१ वर्षमा सम्पन्न भएको छ । ‘गणेशमान स्मृति भवन’ नामकरण गरिएको उक्त भवनको शिलान्यास विसं २०५४ मा भएको थियो । काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा निर्माण भएको चार तलाको १६ कोठे उक्त भवनको शनिबार १०४ औँ...

देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आव्हान गरे

कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आव्हान गरेका छन् । सभापति देउवाले आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न पार्टीका सबै नेता, कार्यकर्तालाई सचेत गराएका हुन् । तिहार तथा...

पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको नर्भिक अस्पतालमा निधन

काठमाडौँ : पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको नर्भिक अस्पतालमा आइतबार निधन भएको छ। उनलाई गत मंगलबार साँझ ५ बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालबाट नर्भिक अस्पतालमा रिफर गरिएको थियो। उपचारको क्रममा अस्पतालमै निधन भएको नर्भिक अस्पतालका मिडिया संयोजक आर पी मैनालीले बताए। उनले भने, ‘...

चीनको ग्रेटवालका भित्तामा भेटियो नेपाल र नेपाली गौरव ‘रञ्जना लिपि’को नेपाल भाषाका शब्दहरु

लक्ष्मी लम्साल -हरेक यात्राहरूमा केही न केही नटेकिएका गन्तव्यहरू हुन्छन्, जसबारे यात्रु स्वयं अनभिज्ञ हुने गर्दछन्। दार्शनिक मार्टिन बुबरको यो भनाईलाई अचेल प्रविधिको दुनियाँले हदैसम्म चरितार्थ गरेको छ। घुमघामलाई तस्वीर खिच्ने अवसर ठान्ने प्रवृत्तिले ‘कैयन् पुस्तक पढ्नुभन्दा धेरै ज्ञानोपयोगी हुने’ भनिएका भ्रमणहरू ओझेल पर्दै गएका...

दिवंगत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने

२८ असोज, काठमाडौं । दिवंगत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने भएको छ । शनिबार राति खुमलटारस्थित निवासमा निधन भएका बास्तोलाको आइतबार अपराह्न ४ बजेपछि अन्त्येष्टि गरिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बास्तोलाको पार्थिव शरीरलाई अहिले उनकाे खुमलटारस्थित घरमा राखिएको छ ।...