कला/मनोरञ्जन

अनमोल केसीको ‘कृ’ शनिबार देशभरी हाउसफुल .. एक्सन बबाल


चितवन, २७ माघ : रिजिल भएको पहिलो दिन शुक्रबार सुखद शुरुआत नभएको अनमोल केसी अभिनित चलचित्र ‘कृ’ शनिवार नेपालका अधिकांश हल हाउसफुल भए । चितवन, काठमाडौ, पोखरा, हेटौंडाका हल तथा मल्टिप्लेक्स भरिएको निर्माण समुहले जनाएको छ ।

शुक्रबार प्रदर्शनमा आएको उक्त चलचित्र प्रदर्शनीको पहिलो दिन हल भरिने अनुमान पुरा नभएपनि शनिवार भने आशा अनुसार नै व्यापार गर्न सफल भएको छ । अभिनेता अनमोल केसीको शिर्ष भूमिका रहेको चलचित्रको प्रस्तुतिमा फकरशैली अपनाउने प्रयास गरिएको छ । एक्सन अवतारमा आएका छन् केसी ।

द्वन्द्व मन पराउने दर्शकका लागि भने बदलाको कथा समेटिएको उक्त चलचित्र उत्कृष्ट हुन सक्छ ।

द्वन्द्व चाहिने भन्दा बढी भएपनि उत्कृष्ट रहेको दर्शकले प्रतिक्रिया दिएका छन् । चन्द्र पन्तद्धारा निर्देशित एक्सनले ‘कृ’को साख जोगाउला की नै प्रतिक्षाको घडी छ । बेलायती लाउरेको कथा जोडिएको उक्त फिल्ममा सस्पेन्स प्रेम कहानी छ ।

वियोगान्त फिल्ममा द्धन्द्ध उत्कृष्ट बनाउने कोशिष देखिन्छ । ‘कृ’मा राखिएका ‘यती यती पानी’ उकालीमा अघि अघि , जानी नजानी, गीतले फिल्मलाई उत्कृष्ट बनाउन मद्धत गरेको छ ।
नायक अनमोल र नव नायिका अदिति बुढाथोकी मुख्य भूमिकामा छन । सुवास ईन्टरटेनमेन्टको निर्माण र द काजोल फिल्मको प्रस्तुति रहेको ‘कृ’लाई भुवन केसी र सुवास गिरीले निर्माण गरेका हुन् ।

यसमा सरोज खनाल र रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, लक्ष्मी गिरी, अमित गिरी लगायत कलाकार छन् । दुई रुपमा प्रस्तुत भएका नायक केसी मै फिल्म घुमेको छ ।
सुरेन्द्र पौडेलको कथा तथा निर्देशमा चलचित्र बनेको हो । पुरुषोत्तम प्रधानले छायांकन गरेको उक्त चलचित्रमा प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा रेनशा वान्तवाको नृत्य निर्देशन छ ।

शनि, माघ २७, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाली फिल्म र तामाङ म्युजिक भिडियोमा परिचित नाम श्याम माया गुरुङ तामाङ

श्याम माया गुरुङ तामाङ नेपाली फिल्म र तामाङ म्युजिक भिडियोमा परिचित नाम हो ।उनले रोशन फ्युवा तामाङको निर्देशन रहेको म्युजिक भिडियो लपसङ्ग कार्बो देखी यो उद्योगमा पाइला राखेकी हुन । मिसेस तामाङमा थर्ड रनर अफ भएकी श्याममाया चलचित्र राम साइलीमा नायिकाको रूपमा देखा पर्दैछिन ।धादिङको...

राम साइलीमा बुद्धि तामाङ देखि दावा फिन्जोसम्म सुटिङ पुर्बी नेपालमा

भिम तामाङको पहिलो कोसेली राम साईली, सजना फिल्मस प्रा लिको ब्यानरमा बनेका नेपाली कथानक फिल्म राम साइली(ram saeli)को छायांकन पुर्बको विभिन्न ठाउमा सुटिङ भएको हो जस्तै इलामको चिया बगन, धनकुटाको भेटेटार नाम्चे,धरानको धरान बजार,मोरङका केराबारी र इटहरीको गोकर्णमा भएको हो। उक्त राम साइलीको निर्देशन लाखमान योन्जनले...

म्युजिक ल्याब प्रा. लि. को प्रस्तुति सन्जु गैरेको लोक दोहोरि गीत छोड्छु संसार ।

कृष्ण राई बिन्दासको शब्दमा तयार भएको गीत छोड्छु संसार । आफुले माया गरेको मान्छे आफुबाट टाढा भए पछी, मेरो तिमि बिना कोहि छैन , यदि तिमीलाई मेरो अंगालो बाट अलग बनाएर तिम्रो आफ्नाले तिमीलाई अर्कैको अंगालोमा बेरिदिने चेष्टा गर्छन् भने म त मर्छु होला, भन्ने...

दावा फिन्जो तामाङ निरन्तर कला क्षेत्रमा

दावा फिन्जो तामाङ निरन्तर कला क्षेत्रमा सक्रिय छ्न ।तामाङ फिल्म गोदेवादेखी उनी फिल्म क्षेत्रमा निरन्तरता दिईरहेका छन । रसुवाको विभिन्न ठाँउहरुमा छाँयानकन भएको फिल्मले नै रास्ट्रिय अवार्ड जितेको उनी बताउछन् । नेपाली फिल्मको रूपमा देशभर प्रदर्सन भएको मङ्गोलियन हर्ट सफलता भएपछि फिल्म राम साइलिमा पनि...

एन्टिनाको १८औ शैक्षिक फिल्म आउदै

२०६० सालमा कलाकार निर्देशक घनश्याम तिमल्सिना एन्टिनाले यो हाम्रो समय नामक शैक्षिक डकुमेन्ट्री फिल्म बनाए । त्यसपछि उनले प्लस टु ;द टाइम ; स्कुल ;असल शिक्षा ;शिक्षाको आँखा ;कसको कर्तव्य के ;परिणाम ;द टिनेजर ; राम दाइ जस्ता चर्चित शैक्षिक चलचित्र निर्माण निर्देशन गरे ।हाल...

बरिष्ट गायक दीप श्रेष्ठको नयाँ आधुनिक गीत रिलिज हुदै

मेलोडी किङ्ग बरिष्ट गायक दीप श्रेष्ठको सुरिलो स्वरमा  नयाँ आधुनिक गीत भखरै बजारमा निस्केको छ। उक्त गीतका रचनाकार रत्नप्रसाद अनामणि श्रेष्ठ हुनुहुन्छ भने संगीतकारमा रत्न श्रेष्ठ हुनुहुन्छ ।  निष्पक्ष मिडिया प्रा लिको प्रस्तुति रहेको सो  गीतमा अनु पोखरेल र तेजेन्द्र गौतमले बेजोड अभिनय गरेका छन् । ...