साहित्य गतिबिधि

गोंगबुँ साहित्य समाजमा काव्य वाचन


 

काठमाडौं, माघ २७ गते

गोंगबुँ साहित्य समाजको २२ औं नियमित काव्य वाचन श्रृङ्खला लुनार स्कुलमा सम्पन्न भयो । कथाकार भागिरथी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा कथाकार माया ठकुरी विशिष्ट अतिथि रहनुभएको थियो । 
समाजकी सचिव तारा के.सी.को सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. सत्यराज धपलिया, नियात्राकार मन्जु निरौला, प्रेसकाउन्सिल नेपालका सदस्य चेतनाथ धमला, योग गुरू केदारनाथ पाठक, लुनार स्कुलका प्र.अ.बलराम भट्ट, संसाक मासिकका सम्पादक उमेश पाण्डे, गोंगबुँ साहित्य समाजकी अध्यक्ष द्वारिका कुइकेल, जनार्दन अधिकारी धड्कन, अन्जना पौडेल, जसध्वज गुरूङ, राधा नेपाल, राजेश खोटाङ्गे, रबिन नेपाल, नारायण प्रसाद चौलागाई, दामोदर ढकाल, उतम विचार, सिद्वान्तराज प्रयास, प्रकाश सुवेदी, लक्ष्मी बस्नेत, सानु शर्मा, पदम दोङ्ग, बासु ठकुरी, भोलानाथ डल्लाकोटी, मिसन अधिकारी, दुर्लभ शाह त्यागी, बिनोद के . सी., दीक्षा भण्डारी, पृथक हिमाल ओली, अन्चल वान्तवा, विकास थापा, श्याम लिम्बु, टंकबहादुर खत्री, लगाएतका साहित्यकारहरूबाट आआफ्ना रचना वाचन गर्नुभएको थियो !

संस्थाकि कोषाध्यक्ष चन्दा न्यौपानेले कार्यक्रम संचालन गर्नुभएको थियो । संसाक मासिकका सम्पादक उमेश पाण्डेले लेस्वागत मन्तव्य राख्नुभएको थियो ।

आइत, माघ २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको मुक्तकसङ्ग्रह “मनको किनारा” बजारमा

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको पहिलो मुक्तकसङ्ग्रह मनको किनारा बजारमा आएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, समालोचक युवराज मैनाली, प्राज्ञ डा खेम बन्धु कोइराला, साहित्यकार डा विधान आचार्य, नियात्राकार प्रतिक ढकाल लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नु भयो...

कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन

माघ ५ गते शनिवार मर्स्याङ्दी आधारभूत विद्यालय पाउँदिबजार लमजुङमा कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन,प्रथम साधारण सभा,आजीवन सदस्यको प्रमाण – पत्र वितरण तथा निर्वाचन,कार्यक्रम संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलज्यूको अध्यक्षता, सुन्दरबजार नगर पालिकाकी उपमेयर ज्ञानु शाहको प्रमुख आतिथ्य तथा सुन्दरबजार नपा ७ का वडाअध्यक्ष जयराम...

साताको साहित्य पुरस्कार — २०१८

यस बर्षको साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको कविता ‘आशीर्वाद’लाई प्रदान गरिने निर्णय गरिएको छ । ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि बाबु त्रिपाठीको...

गोंगबु साहित्य समाजको चौतिसौ काब्य वाचन सम्पन्न।

गोंगबु साहित्य समाज ले लुनार बोर्डिङ स्कुलमा एक कार्यक्रम गरि आफ्नो ३४औ काब्य बाचन कार्र्यक्रम सम्पन्न गरेको छ। नेपाली चलचित्र क्रमि शकुन्तला शर्मा को प्रमुख आतिथ्यता,प्रा.डा.गारर्गी शर्माको बिशिष्ट आतिथ्यता र साहित्यकार चन्द्रा न्यौपानेको अध्यक्षता रहेको उक्त कार्यक्रम मा २० जना भन्दा बढि साहित्यकार , सर्जकहरुले...

पृथ्वी जयन्तीमा प्रवचन कार्यक्रम

काठमाडौँ, पौष २६ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयमा प्रवचन कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री के.पी. शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै इतिहास जे सुकै भएपनि नेपाल एकीकरणको नेतृत्व पृथ्वीनारायण शाहले गरेका...

” भन्दिनु है बा ! ” को लोकार्पण

अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह ” भन्दिनु है बा ! ” को लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले गर्नु भयो । कार्यक्रम समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो...