समिक्षा

रत्नप्रसाद अनामणि श्रेष्ठ र अाशिष तामाङका तीन कृति बिमोचन

-चेत नाथ धमला


सिर्जना अाफैँमा अाविष्कार हो ।त्यही यात्रामा हिँडिरहेछन् रत्नप्रसाद अनामणि श्रेष्ठ ।उनी हाइकु,कविता ,समीक्षा,खोज अनुसन्धान जस्ता विषयमा कलम चलाउछन् ।दुई दर्जनबढि कृति प्रकाशित गरेका अनामणि नेपाली,हिन्दी,नेपाल भाषामा रचना रच्छन् ।प्रमुख अतिथि प्राडा गार्गी शर्माले अनामणि रचित “लँय् लुगु किपा”नेपाल भाषा हाइकु सङ्ग्रह तथा “भो तस्बिर नखिच”मुक्तक सङ्ग्रहका साथै युवाकवि अाशिष तामाङ रचित “समिश्रण”गजल,मुक्तक,हाइकु र कविता सङ्ग्रहको एक समारोहमा बीच विमोचन गरिन ।
त्यस अवसरमा प्रेस काउन्सिलका सदस्य चेतनाथ धमला,अनुवादक तीलक लुइटेल,टोखा नपाका सदस्य चन्द्रा न्यौपाने,प्राडा घनश्याम परिश्रमी,प्राडा शैलेन्दु प्रकाश नेपाल ,गोङ्ग्बु साहित्य समाजका अध्यक्ष द्वारिका कुइकेल अादिले अाअाफ्नो धारणा राखे।समारोहमा कविहरू तारा केसी,चन्द्रा न्यौपाने,प्रशान्त डङ्गोल,रीता खतिवडा,सीता विष्ट कार्की,सानु शर्मा,उत्तम विचार,द्वारिका कुइकेल,राष्ट्रपुकार पराजुली,भवानी मैयाँ पन्तअादिले अा अाफ्ना कविता वाचन गरे ।डा सत्यराज थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विमोचित कृतिका सर्जक रत्नप्रसाद अनामणि श्रेष्ठ र अाशिष तामाङले रचना प्रकृयाबारे अाअाफ्नो धारणा व्यक्त गरे ।स्वागत भने कृष्ण केसीले गरे ।कार्यक्रमको उद्घघोषण कवि तथा पत्रकार उमेश पाण्डेले गरे ।

आइत, माघ २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अनामणिको “खस्राे हातहरू” कबिता संग्रह पढेपछि

साहित्यकाे विविध विधामा कलम चलाएर नेपाली साहित्य फाँटमा आफुलाई स्थापित गर्न सफल एउटा परिचित नाम हाे रत्नप्रसाद अनामणि श्रेष्ठ। सायद धेरै बर्ष पहिले नै हाे । ठायक्कै मिति सम्झिन सकिन । जनमतकाे कार्यक्रम हुँदै गर्दा बनेपामा हल बाहिर बिक्रीमा राखेका कितावहरू नियाल्दै गर्दा दाउहरू फरक...

थोरै बेरमा धेरैवटा राम्रा कुरा

गोसाइँकुण्ड महिमा कोषकाव्य डा. सत्यराज थपलिया अगाडिको आवरणमा लेखिएका यी अक्षरले क्रमशः कृतिको नाम, विधा र स्रष्टालाई सूचित गर्दछन् । अक्षरमा यति नै लेखिएपछि गाताभरि गोसाइँकुण्डको चित्र छ । राम्रो कागज र रङ राम्ररी संयोजन गरिएको हुनाले आकर्षक देखिन्छ । पछिल्लोतिर गातामा रचनाकारको फोटो, परिचय...

सिताबिष्ट कार्कीको कलेज जीवनको सस्मरण नै “कलेज डायरी” हो

सिताबिष्ट कार्कीले आफ्नो कलेज जीवनको सस्मरणलाई गद्य कबिता मार्फत संगालेका छन् “कलेज डायरी” कबिता संग्रहमा । कबिता संग्रह उहाको सातौ कृति हो/ यस कबिता संग्रहमा बि.सं.२०४२ /३/०५ देखि २०४७ /५/१० सम्ममा रचना गरिएका जम्मा ३१ वटा कविताहरु समाबेश गरिएका छन् /  ती कविताहरु मध्य त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट...

अनामणिको “खस्रो हात” भित्र पस्दा

रत्नप्रसाद अनामणि द्वारा लिखित पुस्तक “खस्रो हात” लेखकको दस्तखत सहित समीक्षाका लागि आग्रह साथ मेरो हातमा पर्यो। म आफैलाई थाहा छैन मैले समिक्षा गरेर उनको पुस्तक प्रति न्याय गर्न सक्छु कि सक्दिन, त्यसै पनि समिक्षा गर्ने भनेको अपजसे काम हो। बहुआयामिक प्रतिभाका धनी साहित्यकार अनामणिलाई खालि हात कुनै पनि...

बास्तोलाले भने नारायण नेपालको किताब बेजोड

खरा कलमजीबी हुन नारायण नेपाल । बाम विद्यार्थी आन्दोलनमा नारायण निकै चर्चित नाम पनि हो । सानो कालो झोला बोकेर सडक सडक हिड्ने नेपाल राता मान्छेको पक्षमा लेख्छ्न । क्रान्ति यात्राका भरियाहरु हुन या विद्यार्थी आन्दोलनमा नुवाकोट उनको कलम उर्जाशिल देखिन्छ । उनको नयाँ यात्रा...

दृष्टिकोणमा दस ठाउँ

आकर्षक आवरणमा नोबेल साकोस साहित्य प्रतिष्ठानले २०७३ फागुनमा प्रथम पटक छापेको, कलानिधि दाहालबाट भाषिक सहयोग पाएको भनी जनाइएको, मूल्य रु १५० पर्ने, आवरण बाहेक अठासी पृष्ठ उल्लेख भएको, राजन न्यौपानेबाट लिखित डिमाई साइजको कवितासङ्ग्रह ‘‘दृष्टिकोण’’ भित्र त्रिसठ्ठी कविताहरु सङ्कलित छन् । सुन्दर आवरणको भित्रपटि मानिसको किताब नकिन्ने...