साहित्य गतिबिधि

पुष्पपराग साहित्य प्रतिस्ठानकोअठारौं श्रृङ्खला नियमित रचना वाचन


 

पुष्पपराग साहित्य प्रतिस्ठानको नियमित रचना वाचन अन्तर्गतको अठारौं श्रृङ्खला ४८ जना साहित्य प्रेमी हरुको उपस्थितिमा सुसम्पन्न भयो। साहित्य अनुरागिहरु डा. राम प्रसाद ज्ञावली, डा. बिदुर चालिसे, भुवनहरि सिग्देल, डा. यज्ञेश्वर निरौला, जयन्ती सत्याल “स्पन्दन”, टि. एन. भट्ट, डा. प्रदीप मैनाली “स्वनाहम्”, मन्जुश्री के. सी. प्रधान “रानू”, रचना दाहाल, लालकाजी श्रेष्ठ, नारायण काइँलो, जिज्ञासु पौडेल “तिलक”, रेनुका पौडेल, कविता सिंह, राजबाबु श्रेष्ठ, मुकुन्द न्यौपाने, डिल्लिप्रसाद मुल्तिहुन, केशवराज पन्त, कौशिला रिसाल, शारदा घिमिरे “भैल”, उर्मिला कोइराला, सृजना अर्याल, सुनिल अधिकारी, सुनिता पौडेल, प्रलिशा अधिकारी, रन्जना पराजुली, लिलाराज दाहाल, ढुन्डिराज पोखरेल, मार्मिक रोशन, तारा उप्रेती, भगवती रोका “भुमिका”, पारु तिमल्सिना, बिनोद के. सी., दीक्षा भन्डारी, अन्चल वान्तवा, हिमाल ओली, रचना रचु, अशिम काभ्रेली, संरक्षण रुपक, प्रदीप बेरङ्गी, निस्चल आँसु घायल, सीता प्याकुरेल, अमृता प्याकुरेल, प्रदिप पोखरेल, दिपक अधिकारी चन्चल, आर्य आयुषा, भिजन गुरागाई, र रविन बिष्ट “स्नेही” उपस्थिति रहेको यस कार्यक्रममा ४४ जना सर्जकहरुले मात्र रचना वाचन गर्ने अवसर पाउनुभएको थियो।

सभापति, प्रमुख अतिथी, आदि नराखिने यस कार्यक्रममा वाचित रचनाहरु माथि समिक्षात्मक टिप्पणी डा. राम प्रसाद ज्ञावली गर्नुभएको थियो भने भुवनहरि सिग्देलले छन्दको सुरुवात र बिकास बारे प्रस्ट्याउनु भएको थियो।डा. ज्ञावलीले साहित्यमा नयाँ बिचार र समाज परिवर्तनको खाका हुनुपर्ने बताउनु भएको थियो। कार्यक्रम संस्थाका सदस्य टि. एन. भट्टले संचालन गर्नुभएको थियो भने नयाँ र सशक्त रचनाहरु आएकोमा धन्यवाद दिदै अझै सुन्दर रचनाहरुको सिर्जन होस् भन्ने कामना गर्दै संस्थाका अध्यक्ष डा. यज्ञेश्वर निरौलाले कार्यक्रम समापन गर्नु भएको थियो ।

आइत, माघ २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको मुक्तकसङ्ग्रह “मनको किनारा” बजारमा

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको पहिलो मुक्तकसङ्ग्रह मनको किनारा बजारमा आएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, समालोचक युवराज मैनाली, प्राज्ञ डा खेम बन्धु कोइराला, साहित्यकार डा विधान आचार्य, नियात्राकार प्रतिक ढकाल लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नु भयो...

कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन

माघ ५ गते शनिवार मर्स्याङ्दी आधारभूत विद्यालय पाउँदिबजार लमजुङमा कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन,प्रथम साधारण सभा,आजीवन सदस्यको प्रमाण – पत्र वितरण तथा निर्वाचन,कार्यक्रम संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलज्यूको अध्यक्षता, सुन्दरबजार नगर पालिकाकी उपमेयर ज्ञानु शाहको प्रमुख आतिथ्य तथा सुन्दरबजार नपा ७ का वडाअध्यक्ष जयराम...

साताको साहित्य पुरस्कार — २०१८

यस बर्षको साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको कविता ‘आशीर्वाद’लाई प्रदान गरिने निर्णय गरिएको छ । ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि बाबु त्रिपाठीको...

गोंगबु साहित्य समाजको चौतिसौ काब्य वाचन सम्पन्न।

गोंगबु साहित्य समाज ले लुनार बोर्डिङ स्कुलमा एक कार्यक्रम गरि आफ्नो ३४औ काब्य बाचन कार्र्यक्रम सम्पन्न गरेको छ। नेपाली चलचित्र क्रमि शकुन्तला शर्मा को प्रमुख आतिथ्यता,प्रा.डा.गारर्गी शर्माको बिशिष्ट आतिथ्यता र साहित्यकार चन्द्रा न्यौपानेको अध्यक्षता रहेको उक्त कार्यक्रम मा २० जना भन्दा बढि साहित्यकार , सर्जकहरुले...

पृथ्वी जयन्तीमा प्रवचन कार्यक्रम

काठमाडौँ, पौष २६ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयमा प्रवचन कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री के.पी. शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै इतिहास जे सुकै भएपनि नेपाल एकीकरणको नेतृत्व पृथ्वीनारायण शाहले गरेका...

” भन्दिनु है बा ! ” को लोकार्पण

अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह ” भन्दिनु है बा ! ” को लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले गर्नु भयो । कार्यक्रम समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो...