कविता

पनौतीका सूर्यप्रसाद लाकोजूका सिर्जनशील भावना र उच्छ्वासहरू


काभ्रे पनौतीका सूर्यप्रसाद लाकोजू एकजना चेतनशील सक्रिय युवा स्रष्टा हुन् । पनौतीमा जन्मेर साहित्यको प्रगतिका लागि उनले पु¥याइदिएका सिर्जनशील भावना र उच्छ्वासहरू महवपूर्ण हुँदै गएका छन् ।

युवा कवि सूर्य लाकोजूले गीत, कविता, मुक्तक र हाइकु सुनाएर सबैलाई मन्त्रमुग्ध बनाएका छन् । अक्षरमार्ग सिर्जना समूहले शनिबार आयोजना गरेको सिर्जनालयको पहिलो श्रृङखलामा एकल सिर्जना वाचनमा गरेर उनले साहित्य पारखीलाई न्यानो बनाएका हुन् ।

आमा शिर्षक कविताबाट वाचन थालेका लाकोजूले पिता शिर्षक कविताबाट कार्यक्रम समापन गरेका थिए । उनलाई सुन्न दुई सय रुपैयाँको टिकट काटेका दर्शकले स्थानीय ज्ञान विकास पुस्तकालय भरिभराउ थियो ।

दर्शक तथा श्रोताले वान्स मोर भन्दै हुटिङ गर्दा कवि लाकोजू जोशिए । उनले दर्जन कविता, दर्जन मुक्तक, केही हाइकु र गीत सुनाए ।

हालसम्म १५ वटा साहित्यिक पुस्तक लेखिसकेका लाकोजूका सृजनामा मायाप्रेम, राजनीति, सामाजिक विभेद आदि छचल्किएको हुन्छ । उनले मधुशाला, सुन किन चाहियो, भीमसेन थापाहरु, पातैको माया, धरतीको जून लगायत गज्जबका मुक्तक सुनाए ।

उनले सुनाएका कविताका शिर्षकहरुमा मेरो घाम, म पद्मावती, म सक्छु, बुँख्याचा, बुद्ध र युद्ध, आधुनिक महाभारत, ऐनाको ब्यापार लगायत थिए ।

कार्यक्रममा उनका सृजनाहरु लोक गायक हरि कर्माचार्य, अजय लामा र विजय कर्माचार्यले गाएर सुनाएका थिए । पनौतीमा टिकटमा रचना सुन्ने नयाँ परिपाटिको थालनी भएकामा साहित्य अनुरागीहरुले तारिफ गरेका छन् ।

आइत, माघ २८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बाल दिवसको शुभकामना

खुसी छैनन् बालबालीका बालअधीकार पाईयो भनी। हात पसानेॅ कती अब बालअधिकार चाईयो भनी। सोकको सिकार भाछन् सुत्नुपछॅ चिसो गल्ली धेरै भने बाल श्रम प्रती बन्ध लाईयो भनी।। कलम बोक्ने हातहरूले धोक्रो बोक्न परेपछी कहिल्ये भन्ने सफलताको थुम्की आइयो भनी। कोही बलात्कार,अपहरण कोही फोहोर थुप्रोमा भने हुन्छ शोषकहरू स्वाभीमान नै खाइयो भनी। प्रगतीका नक्षत्र...

कमिसनको खेती

निरङ्कुस शासनको कुनै काम छैन गणतन्त्र नेपालमा अब नभै भै’न भन्ने पनि हामीनै हो गणतन्त्र आयो अहिले त जनताले झनै दुःख पायो   थोरैलाई दिए पुग्थ्यो धेरै भए खाने जम्बोटोली लिएर नै विदेशमा जाने रोजगारी मिल्ला भन्ने मरिसक्यो आशा नेपालीका छोराछोरी विदेशको बास   न्याय माग्न जाँदाखेरी पुलिसको डन्डा सत्ता भत्ता यिनैको भो गरे भागबन्डा जनताको पिरमर्का...

संसारले देख्छन्

मन, बुद्धि अहंकार चित्त दुई जोडा यिनैलाई ख्यालगरि चढ्नु मन्का घोडा राम्रा काम गर्नलाई बुद्धिबाटो लिन्छ अहंकारी चित्तआई बाटो छेकी दिन्छ । यिनै दुई आइबस्छन् डेरा जमाएर जान्ने सुन्ने वनिकन आफै रमाएर चारै वेद ज्ञाता थियो त्यो रावण पनि मुनुष्यको कर्म छाडी दैत्य भयो अनि ।। आन्तरिक स्थितीमा हेरफेर हुदा ठुलालाई पनि हेर कुबुद्धिले छुदा चन्द्रमाले...

पल्ला घरे ठुली आमाको नक्कली छोरी र म

बुबा सधै भनु हुन्थ्यो छोरो पैसा छ भन्दैमा अरुले देख्ने गरि सबैको अगाडी नदेखाउ छोरा ! तँ कुनै दिन लुटिन्छ हेर मार्न पनि सक्छ सचेत भै हिड्नु ल ! जमाना अर्कै छ त्यो पनि कली युग हो कसैले कसैलाई बिश्वास गर्न एकै चोटी हुन् हेर आफ्नो सम्पतिको आफैले ख्याल नगरे कसले गर्छ ? त्यसैले छोरा ख्याल राखेस है...

“तिमी थारू” कविता

तिमि थारु काम गर्छौ मरिमरि घाम पानीसंग लड्दै हिन्दै घुम्दै थारु कोखमा जन्म लियौ सानैमा काममा दौडियो आफ्न काम प्रती सधै आत्मसात गरे कर्म गर्यौ तिमि थारु, आदिबासी जनजाती भुमिपुत्र तराई बासी औलो रोगसंग लड्दै मरुभुमी, सुख्खा,दाँडा पाखा,बन जंगल फाडेर उर्बर,अन्न फल्ने खेती योग्य जमिन बनायौ बाघ,भालुसंग लड्दै घर परिवार बचायौ तिमि थारु, सोजो छौ सोजो काम मात्रै जान्छौ सबैले भनेको मान्छौ बोली...

हार्यौ कि जित्यौ?

आमाको ममताले रोकिने पाइलाहरु किन रोकिएनन् अनन्त यात्रामा निस्किनु अघि? बालाई आइडल देख्ने आँखाले उनको संघर्ष किन देखेनन् अविश्रान्त निदाउनु अघि । आमाले गुमाएको सुन्दरता र बाले मरुभूमिमा खर्चेको जवानी भन्दा अर्को ठूलो कुन त्याग चाहान्थ्यौ तिमी तिम्रो खुशीको बदलामा ? आमाका चर्चरी फुटेका गोडा देख्दा मनमा कतै धाँजा फाटेन र? बाको थाप्लामा परेको नाम्लोको डोबले तिमीमा...