प्रमुख समाचार

भारतीय सेना प्रमुख नेपालमा पहिलो पटकआउँदैछन्


२९ माघ, काठमाडौं । भारतीय स्थल सेना प्रमुख विपिन राउत सोमबार नेपाल आउँदैछन् । महाशिवरात्रीको दिन मनाइने नेपाली सेना दिवसमा सहभागी हुन राउत नेपाल आउन लागेका हुन् ।

सेनाका प्रवक्ता नैनराज दाहालले भने, ‘आर्मी डेकै लागि भारतीय सेना प्रमुख नेपाल आएको पहिलोपटक नै हो ।’

 

नेपाल एकीकरण भएको सम्झनामा हरेक वर्ष नेपाली सेनाले महाशिवरात्रीको दिन सेना दिवस मनाउने गर्दछ । दिवसको अवसरमा मंगलबार सैनिक मञ्च टुँडिखेलमा सैनिक कला प्रदर्शनी तथा बढाइँको विशेष कार्यक्रम हुनेछ ।

दिवसमा भारतीय सेनाध्यक्ष राउतलाई विशेष अतिथिको रुपमा निम्ताइएको हो ।

उनले नेपालमा रहँदा उच्च राजनीतिक भेटवार्ता पनि गर्नेछन् ।

भारतीय सेनाध्यक्ष राउत नेपाली सेनाको मानार्थ प्रधानसेनापति समेत हुन् । नेपाल र भारतले एकअर्का देशको सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको सम्मान दिने प्रचलन छ ।

सोम, माघ २९, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नुअघि शीर्ष नेताहरुले बिरुवा रोपेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा बिरुवा रोपेर...

इन्द्रले पनौतीमा १२ वर्ष तपस्या गरे

इन्द्रले अहिल्याको सौन्दर्यमा मोहित भएर कुदृष्टि राख्नाले इन्द्र र अहिल्या दुवैले गौतम ऋषिको श्राप पाएको ठाउँ पनि पनौती नै हो । गौतम ऋषिले इन्द्रलाई दिएको श्रापबाट मुक्त हुन शिवलिंग बनाएर १२ वर्ष तपस्या गरेको ठाउँ यही पनौती हो । उनै इन्द्रले बनाएको शिवलिंगमाथि बनेको इन्द्रेश्वर...

सूर्यविनायकदेखि धुलिखेलसम्म सुरुङमार्ग, जापानले बनाइदिने

काठमाण्डु, १८ वैशाख – अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सुरुङमार्ग निर्माणका लागि यही मे महिनामा ऋण सम्झौता हुने भएको छ । सुरुङमार्ग निर्माणका लागि नेपाल र जापान सरकारका बीचमा सम्झौता गर्ने तयारी भैरहेको वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए । उनले मेमा जापानी टोली ऋण सम्झौताका...

वीरगञ्जमा आयुर्वेद उद्योग खोलेका योगगुरु बाबा रामदेवको नेपाली ब्यापारिक साझेदार उपेन्द्र महतोसंग

 वैशाख, वीरगञ्ज । एक लाख परिवारलाई रोजगारी दिने भन्दै वीरगञ्जमा आयुर्वेद उद्योग खोलेका योगगुरु बाबा रामदेवको नेपाली ब्यापारिक साझेदार उपेन्द्र महतोसाग फाटो आएको छ । यससँग विवाद भएपछि रामदेवको पतञ्जली आयुर्वेद प्रालि संकटमा फसेको हो ।   गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्ऽ महतोले भारतीय योगगुरु बाबा...

मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिए

काठमाडौँ, वैशाख ७ । काठमाडौँबाट मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ । राति पौने १० बजे मलेशियातर्फ उड्न लाग्दा धावनमार्गबाट जहाज चिप्लिएर करीब १३९ फिट पर पुगेर घाँसे मैदानमा भासिएको थियो । जहाजमा १३९ यात्रु रहेको विमानस्थल स्रोतले...

नयाँ वर्षको अवसरमा मुगुको रारा ताल किनारबाट शनिबार बिहान देशवासीलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओली

नयाँ वर्षको अवसरमा मुगुको रारा ताल किनारबाट शनिबार बिहान देशवासीलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘निर्वाचनबाट प्राप्त बहुमत दम्भ र वर्चस्वका लागि होइन । त्यसरी नै प्रतिपक्षको स्थान पनि अन्त्यहीन विरोध, असहयोग र कटुताका लागि होइन ।’ उनले अघि भने, ‘म विनम्रताका साथ मुलकुमा क्रियाशील सबै...