राजनिति

एकतापछि जनताको बहुदलीय जनवाद र माओवाद दुवै पथ प्रदर्शक सिद्धान्तको रुपमा रहने


बनेपा । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले नेकपा एमालेसँग पार्टी एकतापछि जनताको बहुदलीय जनवाद र माओवाद दुवै पथ प्रदर्शक सिद्धान्तको रुपमा रहने बताएका छन् ।

 

मंगलबार प्रेस सेन्टर काभ्रेले आयोजना गरेको अन्तक्रिर्यामा उनले जबज र माओवादको अन्तिम विन्दु एउटै भएकाले कुन मान्ने वा नमान्ने भन्ने समस्या नहुने बताएका हुन् ।

‘त्यस्तो कुनै विषयमा अन्तरविरोध भए महाअधिवेनबाट टुङ्गो लगाउने हो, भोलि वा पर्सी नै पार्टि एकता हुन्छ, कहिँ कतैबाट जे सुनिए वा बुझिए पनि त्यसको पछि नलाग्नू’ उनले भने ।

नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षहरुबीच सबै विषयमा सहमति भइसकेको भन्दै पार्टी एकताको विषयमा कुनै भ्रम नरहेको पनि उनले दाबी गरे ।

‘कुनै समस्या छैन, न पदको समस्या छ, न त सिद्धान्त नै, एकताको सुई नरोकिने गरी अगाडि बढिसक्यो ।’

मङ्ल, फाल्गुन १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो

जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार राति केन्द्रीय सदस्यको सूची तयार पारेका हुन् । नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१...

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन

जेठ, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विधान अनुमोदन गरेको हो । दुई पार्टीबीच बिहीबार नै एकता हुने भएकाले एमाले र माओवादी पार्टी विघटनका लागि दुई...

रसुवाको बोगटीटार स्थित जिरो किलोमा कुकरबम

रसुवाको बोगटीटार स्थित जिरो किलोमा कुकरबम भेटिएको छ । नेकपाले गरेको बन्दको क्रममा बम भेटिएपछि स्थानीयको त्यहा भिड लागेको छ ।इलाका प्रहरी कार्यलय बेत्राबती पनि बम कस्ले राखेको भन्नेमा दुबिधामा छ ।नेकपाले पनि घटनाको जिम्मा लिएको छैन । ...

नेकपा (माले)ले काल माक्स सम्झना ग¥यो

काठमाडौं । आज कालमाक्र्सको २०० औं जन्म जयन्तीको अवसरमा नेकपा मालेले कालमाक्र्सले देखाएको मार्गदर्शन सिद्धान्तलाई सम्झना गर्दै मालेको केन्द्रीय कार्यालयमा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको स्थायी कमिटी सदस्य डम्बरबहादुर श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो । पार्टीका महासचिव सिपी मैनाली, स्थायी कमिटी सदस्य डम्बर बहादुर...

धादिङको महादेवबेसीमा सडकमा गुडिरहेका ४ सवारी आपसमा ठोक्किएपछि अचानक आगलागी

धादिङको महादेवबेसीमा सडकमा गुडिरहेका ४ सवारी साधन एक आपसमा ठोक्किएपछि अचानक आगलागी भएको छ । बुधबार पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका वडा नं २ अन्र्तगत महादेवबेसीमा चारवाट सवारी साधन एक आपसमा ठोकिएको हो । घटनामा मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ६ ख २७८१ नम्बरको सिमेन्ट...

माइतीघर मण्डलामा कार्यक्रम गर्न नदिने गरी सरकारले लगाएको निशेधाज्ञा फिर्ता लिनुपर्ने — डा. केसी

वैशाख, काठमाडौं ।लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा खोज अनलाइन संग संक्षिप्त कुराकानी गर्दै डा. केसीले भने– ‘अहिले दुईतिहाइवाला सरकार छ । सबै पार्टीहरु आफूलाई प्रजातन्त्रवादी लोकतन्त्रवादी भन्छन् । यिनीहरु आफूलाई समाजवादी भन्छन्, साम्यवादी भन्छन् । तर, यिनीहरु न समाजवादी हुन्, न साम्यवादी हुन् । यिनीहरु लुटतन्त्रवादी हुन्...