कला/मनोरञ्जन

पोर्नस्टार बन्ने चाहेको बताएर चर्चामा आएकी अर्चना पनेरू विवाह बन्धनमा


केही वर्षअघि पोर्नस्टार बन्ने चाहेको बताएर चर्चामा आएकी अर्चना पनेरू विवाह बन्धनमा बाँधिएकी छन् । पोर्नस्टार बन्ने चाहेको अभिव्यत्ति दिएर चर्चामा आएसँगै केही चलचित्रमा समेत काम गरेकी अर्चनाले आफूले अमेरिकी नागरिकसँग विवाह गरेको बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत आफू विवाह बन्धनमा बाँधिएको बताएकी उनले विवाहको तस्विर पनि सार्वजनिक गरेकी छन् । विवाहको पहिरनसहितको फोटो सार्वजनिक गर्दै फेसबुकमा उनले लेखेकी छन्, ‘गट म्यारिड, लक्की टु गट अ लाइफ पार्टनर लाइक यु ।’

आफूले अभिनय गरेको चलचित्र फ्लप भएसँगै डान्सबारमा काम गर्न थालेकी अर्चनाले आफूले विवाह गरेको दाबी गरे पनि कतिपयले चर्चामा आउन चालेको कदमको रुपमा बुझेका छन् ।

पोर्नस्टार बन्ने चाहने अर्चनालाई उनकी आमाले समेत साथ दिएकी थिइन् । पोर्नस्टार बन्ने भन्दै नग्न तस्विर सार्वजनिक गरेपछि विद्यालयबाट निष्कासन परेकी अर्चना आफ्नी आमासँगै बस्दै आएकी थिइन् ।

छोरीलाई पोर्नस्टार बन्ने उकासेको भन्दै अर्चनाका बुवाले आमासँग डिभोर्स गरेका थिए । कतिपयले अर्चनाको विवाहलाई उनको पोर्नस्टार बन्ने चाहनासँग जोडेर समेत हेरेका छन् ।

मङ्ल, फाल्गुन ८, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कृष्ण वलि लाई चोट कलम कुमार लाई दुखाई ।

 जसिन्द्र श्रीपाली पश्चिमको सानोभेरी गाँउपालीका ९ का २१ वर्षीय कृष्ण ओलीको जीवन कहानी लाई समेटेर गायक एवम् कुशल सारङ्गी बाधक कमल कुमार विश्वकर्माले मर्मस्पशी गीत सार्वजनिक गरेका छन् । ऋण गरेर ईलेक्टिक सबईञ्जिनियर पढेका कृष्ण तुलसीपुर दाङको बिधुत कार्यलयमा साईट सुपरभाइजरको रुपमा काम गर्दै आएका...

सांस्कृतिक संस्थानले आयाेजना गरेकाे सुर- साधनाकाे ७औ शृंखलामा गायक लालकाजी श्रेष्ठ

हिजाे पाैष २६ गते गायक लालकाजी श्रेष्ठकाे एकल गायन प्रस्तृतिले संस्थानकाे हल गुन्जयमान भएकाे थियाे। बरिष्ठ संगितकार दिपक जंगमकाे प्रमुख अातिथ्यमा सुरू भएकाे उक्त कार्यक्रम उध्याेग राईकाे सभापतित्व र संस्कृतिक संस्थानका जि एम राजेश थापा, धर्मराज सावित्री गुठीका अध्यक्ष मदन राज थापा, प्रा.डा. गार्गी शर्मा,...

म्युजिक ल्याब प्रा. लि. को नयाँ प्रस्तुती लोक दोहोरी गीत मायाको दीप जलाई

नेपाली मौलिक लोक गीत संगीतमा निरन्तरता म्युजिक ल्याब प्रा. लि. को नयाँ प्रस्तुती लोक दोहोरी गीत मायाको दीप जलाई लिएर आएका छौ । हेरेर सल्लाह सुझाब दिनुहोला जसले हामिलाई अझै नेपाली गीत संगीतको क्षेत्रमा अगाडी बढन सही मार्ग निर्देशन गरोस धन्याबाद मायाको दीप जलाई…..गीतमा आबद्द सर्जक तथा...

हेटाैँडामा जन्मिएर सिरहामा हुर्केकी हिमाँशु रायमाझी सफल गीतकार बन्न चाहन्छिन

२०५० साल भदाैँ १९ गते हेटाैँडामा जन्मिएर सिरहामा हुर्केकी हिमाँशु रायमाझी अाफुलाई सफल गीतकारकाे रुपमा स्थापित गराउँन चाहन्छिन्। सानैदेखि गीत सँगितमा रुचि राख्ने उनी नेपाली सँगीत क्षेत्रमा सक्रिय छिन्। एउटा सामान्य यसरी दिन सकिन्छ गीतकार हिमाँशु रायमाझीको । जसलाई हामीले गोधुली उपनाम पनि चिन्न सक्छौ ।...

चुरोटैको धुवा गित सार्बजनिक

डिएन राईको अभिनय र निर्देशनमा चुरोटैको धुवा गित सार्बजनिक भएको छ । चर्चित डान्सर तथा निर्देशक डिएन राईको अभिनय र निर्देशनमा गत बिहिबार चुरोटैको धुवा मिठो बोलको गित सार्बजनिक गरियको हो । सो गितमा स्वर प्रसान्त घर्तिको र शब्द बम घर्तिको रहेको छ । यस...

नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिए

मंसिर, काठमाडौं । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि...