संस्कृति/धर्म

अब १३ दिने मृत्यु सस्कार हट्दै मृत्यु ३ दिनमै


ललितपुर : नेपाल प्रज्ञा प्रतिष्ठान र जन सास्कृतिक प्रतिष्ठान नेपालको सयुक्त तत्वाधानमा आयोजित मृत्यु सस्कार सुधारका सम्भावना बिषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रले परिबर्तित परिवेश , सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिबर्तनलाई विचार गर्दै हिन्दु धर्ममा रहेको १३ दिने मृत्यु सस्कारलाई सुधार गर्दै कम्तिमा ३ दिन र बढीमा ५ दिनमा मृत्यु सस्कार सम्पन्न गर्नु पर्नेमा जॊड दिएका छन् / छोरा छोरी बिदेशमा रहने सामाजिक समस्या,१३ दिनसम्म नुन नखाई क्रिया बस्दा क्रिया बस्नेको नै मृत्यु भएको घटना, मृत्यु सस्कारमा रहेर बिकृति न्यूनीकरण गर्नुपर्ने, बैज्ञानिक तथा स्वास्थको दृष्टिकोणबाट पनि लामो दिनसम्म क्रिया बस्नु उपुक्त नभएकाले नया दृष्टिबाट समाजले सोच्नु पर्ने धारणा व्यक्त गरे /

मौर्य्र बंश पतनपछि इसापुर्ब १८५ तिर भार्गबले लेखेको मनुस्म्रितिमा गैडाको मासु प्रयोग गर्न हुने लेखिएको र यस भन्दा अघि ब्रामणले मृत्यु सस्कारमा क्रियामा बस्दा खसी काटेर भोज खाने प्रचलन रहेकोमा पछि सुधार गर्दै मासुमा बर्जित गरिएको जानकारी दिईयो / बरखी बस्दा सेतो लुगा लगाउने प्रचलन चिनिया बुध्दिष्टबाट नेपाली हिन्दुले सिकेर प्रयोगमा ल्याएको, स्वस्थ मानिसले मात्र क्रिया बस्ने हो भनी शास्त्रमा  उल्लेख भएको जानकारी दिईयो /

कार्यक्रममा दर्सनसास्त्री डा. बिष्णु प्रभातले मायावर जुगमा यस्तो व्यवस्था नभएको र त्यस बेला जाडो ठाउमा शबलाई काटेर चरालाई खुवाउने गरिएको, जमिन पर्याप्त भएको बिचको क्षेत्रका मानिसले सब गाडने प्रचलन रहेको र गर्मि क्षेत्रका मानिसले शब गन्हाउहुने र वरिपरि क्षेत्रको दुर्गन्धित हुने हुनाले जलाउने गरिएको जानकारी दिए / उनले मृत्यु सस्कारमा सुधार गर्दा पुरोहितको पेसा नै संकटमा पर्ने बाहेक अन्य बिमति नरहेको चर्चा गरे / अर्का विद्वान मोदनाथ प्रश्रितले १३ दिने मृत्यु सस्कार स्वास्थको दृष्टिकॊणले पनि सुधार गरि ३ दिन देखि ५ दिनमा सकिनुपर्ने धारणा व्यक्त गरे ? उनले थपे – एकथरी मानिसले काजक्रिया गर्दै नगरेको, अर्को थरीले बहिस्कार गर्ने तथा कतिपयले सेतो लुगाको सत्ता खरानी रंगको लुगा लगाउने वा बरखी फुकाल्ने प्रचलन बढ्दै गएकोछ / त्यसैले रुढीगत ढंगले अघि बढने होइन कि समय सापेक्ष  सुधार गर्नु पर्छ / डा. जगमान गुरुङ समाजमा देखिएका विकृतिलाई सुधार गर्नुपर्नेमा जॊड दिदै तर क्रिया मान्ने नमान्ने स्वत्रण व्यक्तिलाई दिनुपर्ने विचार ब्यक्त गरे /

विद्वान संस्कृतविद भिक्टर प्रधानले २००७ सालदेखि २०६६ सम्म नेपालमा मृत्यु सस्कारमा सुधार गर्नुपर्नेमा विभिन्न समयमा परिबर्तन तथा सुधारको पक्षमा आवाज उठाउनुका साथै छलफल निरन्तर चलिरहेको बताए / कार्यक्रम प्रस्तोता डा. प्रेम खत्री र शंकर प्रसाद पोखरेलले शास्त्रीय आधार परम्परागत लॊप हुने अवस्थाबाट जोगाउन नया युवा पिढीलाई कार्य बोझका बीच जोगाई राख्न मृत्यु सस्कारमा सरलीकरण गर्नुपर्ने बताए / उनले किरात,राई,तामांग,तथा लामाले मृत्यु सस्कारमा सुधार गरि ३ दिनमा झारेको, थारु जातिको पूर्वदेखि पश्चिमसम्म फरक फरक रहेको, पश्चिममा फारसी जस्तै मृतकको शबलाई काटेर चरालाई खुवाउने प्रचलन रहेको भन्दै समय सापक्ष  रुपान्तरण र परिबर्तनको खाचो रहेको बताए / नेपाल प्रज्ञा प्रतिस्थानका कुलपति गंगा प्रसाद उप्रती आफ्नो सस्थाले सस्कृतिले सिर्जना गरेको मर्म नाघन खोजेको होइन भन्दै सस्कारलाई समय अनुरुप जिबनसंग जोड्दै अध्याबधि गर्न यो बिषय छलफलमा ल्याएको बताए / उनले प्रज्ञाप्रतिस्थानले सस्कारको संकलन गरि पाचौ भाग सम्म प्रकाशमा ल्याइसकेको जानकारी दिए / कृष्ण गोपाल श्रेष्ठ ‘फसी” साभार नयाबाटो /

बिहि, फाल्गुन १०, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

“थारू समुदायको महान पर्व अटवारी”

थारू समुदायमा थारू पुरूषले निराधार वर्तबसि मनाईने पर्व अटवारी पश्चिम तराई दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र अहिले काठमाडौंमा बस्ने थारू समुदायमा यति बेला उल्लासमय  छ । अाइतबार दाजुभाइ व्रत मात्रै बसेनन् दिदिबहिनिहरू लाई दिने अग्रासन (कोसेली) समेत छुट्याए । सोमबार दिदिबहिनिहरूले माईतबाट अाउने...

चोथा (चथाः) गणेश चतुर्थी र नाला तुपिचा टोलको पाषणकालको गणेश

नेवार समुदाय   कुनै पनि शुभ कार्य गर्नको लागि अथवा प्रत्येक दिन सवैभन्दा पहिले टोल गणेशको पूजा गर्दछन् । तर चथाः अर्थात् गणेश चतुर्थीका दिन नेवार समुदायले विशेषरुपमा गणेश भगवानलाई पूजा गर्दछन् । गणेशपुराणको उपासनाखण्डमा भगवान् गणेशको जन्मवृत्तान्त छ। यस वृत्तान्तमा बताइएबमोजिम गणेशको जन्म भाद्र...

उग्रचण्डी नालामा पंचदान पर्व

हरेक वर्षको भाद्र कृष्ण त्रयोदशीका दिन नालाको करुणामय मन्दिरबाट दिपंकर बुद्ध निस्केर नाला नगरको परिक्रमा गरी पञ्चदान पर्व मनाउने परम्परा रहेको छ ।यो पर्ब सत्ययुगबाट सुरुवात भएको बिश्वास रहेको छ / यसको उत्पतिको बारेमा ” नेपाल बर्ष क्रिया” नामक पुस्तकमा लेखीए अनुसार यसै दिन यल (ललितपुर)...

टोखा न.पा. वाड नं १ मा रहेको श्रीकृष्ण बरुणेश्वर(बौंडेश्वर) महादेव र दुइ आकर्षक झरनाहरु

काठमाडौं, टोखा नगरपालिका वाड नं १ मा रहेको श्रीकृष्ण बरुणेश्वर(बौंडेश्वर) महादेव र दुइ झरना धार्मिक तथा  आन्तरिक दृष्टि कोणले महत्वपूर्ण बन्दै गएको छ।  राजधानी शहर काठमाडौंको सामखुशी चोकबाट टोखा रोड हुँदै  ९ किलोमिटर र बालाजु बाइपास मनमैजुबाट करिब ८ किलोमिटर उत्तरतर्फ, साविक झोर महांकाल गाविस हाल टोखा...

भक्तपुरको प्रसिद्ध लिच्छविकालीन ऐतिहासिक नवदुर्गा गण नृत्य

         नवदुर्गा नांच भक्तपुरको प्रसिद्ध लिच्छवी कालीन ऐतिहासिक गण नृत्य हो / भक्तपुरवासीहरूका लागि मनमोहक र प्रसिद्ध नवदुर्गा पहिलोपटक सार्वजनिक प्रदर्शनी नगरको सुजम्हरी टोलबाट प्रारम्भ हुन्छ र त्यसपछि क्रमशः नगरको २१ स्थानमा प्रदर्शन गरिन्छ । नवदुर्गा नाच भक्तपुरमा मात्र  सीमित नभई देउपाटन , ठिमी...

मूर्तिकला सम्बन्धित लेखहरु

ललितकलाको विभिन्न विधा मध्ये मूर्तिकला एक विधा हो । मूर्तिकला शिल्पकलाको त्यो रुप हो, जुनमा तेस्रो आयाम हुन्छ । मूर्तिकला दरो कुराहरुबाट बनेको हुन्छ । जस्तै ढुंगा, माटो, धातुहरु आदिबाट बनेको हुन्छ । अरनिको उपनाम बलबाहू, आनिक आदि (सन् १२४५-१३०६) प्रसिद्ध कलाकार तथा नेपालका राष्ट्रिय विभूति हुन् । पाटनमा जन्मेका यिनले...