कला/मनोरञ्जन

घनश्याम गौतम : रङ्गकर्मी/ कलाकार


झापा जिल्लाको सुन्दर नगर गौरादहको जोघरे गाउँमा बि स २०३८ साल असोज १५ गते माता नरबदा गौतम र पिता गँगा प्रसाद गौतमको चार भाइ छोरा मध्येका कान्छा छोरा को रुपमा जन्मिएका रङ्गकर्मी कलाकार घनश्याम गौतम अहिले नक्कली प्रचण्डका रुपमा निकै लोकप्रिय छन 

११ बर्ष सम्मको बालापन जोरघरे गाउँ र गौरादह वरपरको परिबेशमा बिताएका गौतमले प्रारम्भिक शिक्षा मैदान घोपाको कञ्चनजँघा प्राथमिक बिद्यालय बाट शुरु गरेका थिए ५ कक्षा सम्म त्यहि अध्ययन गरेपछि गौरादहको जनता माध्यमिक बिद्यालयमा ६ र ७ कक्षा पढे पछि बि स २०५१ सालमा आफ्नो कलाकारिता यात्राको सपना पूरा गर्न कठमाण्डौ छिरेका थिए 
त्यसपछि उनको कलाकारिताको सँघर्ष शुरु भएको थियो  बालबालिकाका प्रिय दाजु बासुदेब मुनालले रेडियो नेपालको बाल कार्यक्रममा नाटक गर्ने अवसर दिएपछि रेडियो नाटक हुँदै हातेमालो बाल कार्यक्रम सञ्चालन गरेर कलाकारिता सुरु गरेपछि सर्वनाम पुगेका गौतम सर्वनाम मा बालकलाकार बनेर थुप्रै नाटकमा अभिनय गरे 


सन् १९९९ मा नयाँ दिल्ली भारतमा सम्पन्न भएको तेस्रो अन्तराष्ट्रिय बाल नाटक महोत्सबमा नेपालको तर्फबाट गोल्ड मेडल बिजेता कलाकार गौतम बि स २०५९ मा नाटक “जिउँदा अवशेसहरु“ मा उत्कृष्ट चरित्र अभिनेता बाट राष्ट्रिय पुरस्कार पनि पाएका छन् 


सर्वनाम नाट्य सँस्थामा २०५५ सालदेखी सडक नाटक र मन्च नाटकहरु गर्दै आएका गौतमले ५ हजार भन्दा वढि रेडियो नाटकमा अभिनय गरिसकेका छन भने सयौँ सडक नाटक र मन्च नाटक गरेका छन आफ्ना गुरु अशेष मल्ललाई आदर्श मान्ने गौतम आफ्नो आमा र ठुलो मामालाई प्रेरणाको श्रोत मान्दछन् 

हातेमालो बाल क्लब बाट थुप्रै तालिमहरु र प्रतियोगिताहरुमा भाग लिएका रङ्गकर्मी गौतमले एक दर्जन भन्दा बढि मान सम्मान र पुरस्कार पाई सकेका छन्  हातेमालो सञ्चारकी सँस्थापक तथा बाल अधिकारकर्मी नुपुर भट्टचार्य बरिष्ठ नाट्यकर्मी अशेष मल्ल र बालबालिका हरुका आइकन तथा गायक बासुदेब मुनाललाई आफ्नो मार्ग दर्शक र गुरु मान्ने गौतम आफ्नो सफलताको श्रेय आमा र श्रीमतीलाइ दिन चाहान्छन् 

अहिले हातेमालो सञ्चारको सचिब तथा नाट्य विभागका सँयोजक समेत रहेका गौतम हातेमालोलाई आफ्नो कर्मथलोको रुपमा लिन्छन । बरिष्ठ रङ्गकर्मी बीरेन्द्र हमालको एम आर्ट थिएटरमा ३ बर्ष अभिनय कोेर्ष सिकेको गौतम गितकार तथा सञ्चारकर्मी पनि हुन् 

नाटक भित्रै आफ्नो सन्तुष्टि भेट्ने गौतम स्नातक तह सम्म अध्ययन सके पछि पढाइलाइ निरन्तरता दिन सकेनन् र निरन्तर नाटकमा लागिरहे  विभिन्न सँघ सँस्था तथा स्कुल कलेजहरुमा नाटक र अभिनय पढाउँदै आएका गौतम कलाकार सँग सँगै स्क्रिप्ट राइटर र निर्देशक पनि हुन्  बि स २०६७ साल बाट सानो पर्दामा प्रचण्ड बनेर टेलिभिजन मार्फत उदाएका गौतम टेलिचलचित्र “झ्याँईकुटी झ्याँई“, सिस्नुपानीमेरी बास्सैसुनौलौ बिहानीखास खुसट्वाक्क टुक्क रिट्नर्सकमेडि गाईज,  टेन टु फाइभ र गोलमाल मा समेत अभिनय गरेका छन्मेरी बास्सैमा प्रचण्ड बनेपछि चर्चाको शिखरमा पुगेका गौतम अहिले एन.के टिभि बाट प्रसारण हुने ट्वाकेन्द्र निवासमा ट्वाकेन्द्र काका बनेर कमेडि टक शो कार्यक्रम चलाइ रहेका छन 

सम्मान तथा पुरस्कार

गाेल्ड मेडल ” तेस्राे अन्तराष्ट्रिय बाल नाटक महाेत्सब १९९९ नयाँ दिल्ली,भारत
उत्कृष्ट चरित्र अभिनेता २०५९ ” नाटक जिउँदा अवशेषहरु ( सरुभक्त)
उत्कृष्ट स्क्रिप्ट राईटर २०६४ भ्वाइस अफ युथ एफ एम ९६.८४दाेस्राे पुरस्कार ( लेखननिर्देशननाटक अधिकार उपत्यका व्यापी स्कुल स्तरिय नाटक प्रतियाेगिता १९९९
द्वितीय स्थान “नाटकखाेसिन्छन अधिकारहरु” प्रथम बाल नाटक महाेत्सब २०५७ हातेमालाे बाल समूह
. “युवा रङ्गकर्मी सम्मान २०७१” एक्सन डेभलपमेन्ट सेन्टर राजबिराजसप्तरी
. “अालु पार्टी हाँस्यब्यङ्ग सम्मान २०७४” अालु पार्टी हाँस्यव्यङ्ग समाराेहराम कुमार पाँडे

अावद्धतासँलग्नता

अध्यक्ष :  अभियान थियटर ( भक्तपुर)
सचिव तथा नाटक निर्देशक :  हातेमालाे सञ्चार
उपाध्यक्ष     :  गन्तव्य नेपाल
महा सचिब :   गाेठाटार साहित्यिक मन्च
सल्लाहकार :  शुभारम्भ नेपाल
सँस्थापक    :  मितेरी मन्च नेपाल
सदस्य         नाट्य सँस्था महासँघ

बिहि, फाल्गुन १०, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गायक पाठक र गायिका घिमिरेको कार किन्देउ किन्ने भा तीजगीत सार्वजनिक

काठमाण्डौं, गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रश्तुतिमा यस वर्षको पृथक शैलीमा तयार भएको तिजगीत कार किन्देउ किन्ने भा गत श्रावण ३१ विहिवारदेखि औपचारिक रुपमा सार्वजनिक भएको छ । नमुना नेपाल युट्युव च्यानले वजार व्यावस्थापन गरेको यो गीत अति नै मौलिक र...

जनचेतना जगाउने तिज गित “दुई बुढीको पोई”

गल्कोट म्युजिक प्रालि द्वारा हालै बजारमा निकालेको दुइ बुढीको पोइ तिज गीतले यस पालिको तीजमा बजार तताउने पक्का पक्कि भएको छ /जसमा रामु विरहीको शब्द,संगीत ,स्वर रामु बिरही ,धर्तीमा थापामगर ,मनिषा मगर ,आशिष घर्ती मगरको रहेको छ / उक्त गीतको म्युजिक भिडिओमा रामु बिरही, मनिषा राइ...

नालामा जन्मेर काँचको पर्दामा सधै आफ्नो मेहनत पोख्न रुचाउने हरिदास श्रेष्ठ 

नालामा जन्मेर काँचको पर्दामा सधै आफ्नो मेहनत पोख्न रुचाउने हरिदास श्रेष्ठ जहिले पनि क्यामेराको अगाडी पछाडी मात्र दौडिने व्यक्ति होइन  । पछिल्लो समय साहित्य क्षेत्रमा आफ्नो दरो उपस्थिति जनाएको देखिन्छ । यसको ज्वलन्त उदाहरण हास्यकलाकार मदन कृष्ण श्रेष्ठद्वारा गाउनु भएको गितलाइ लिन सकिन्छ । जहिले पनि केही  न...

कलाकार रमिला आचार्यले अभिनय गरेको नयाँ तीज गीत बजारमा

कलाकार रमिला आचार्यले अभिनय गरेको नयाँ तीज गीत बजारमा आएको छ ।बिदुर चापागाईंको स्वर रहेको गीतको भिडियो पनि जोडदार बनेको छ।गायिका सुजाता बिक राज गीरी आदिले पनि गीतमा अभिनय गरेका छ्न । केहीबर्षदेखि कला जगत पाइला राखेकी रमिला नयाँ गीतले बजार तताउने बिश्वास व्यक्त गर्छिन...

इटहरीमा चर्चा कमाएकी कलाकार हुन खुशी तमाङ

पुर्बी नेपालको इटहरीमा चर्चा कमाएकी कलाकार हुन खुशी तमाङ ।स्थानीय मन्चमा उनको प्रस्तुतिलाइ मन पराउने धेरै छ्न ।हुने बिरुवाको चिल्ला पात भने झै सानै उमेरदेखि उनी विद्यालय नाटक नृत्यमा पाराङगत थिइन । नाच्न गाउनमा रुचि राख्ने खुशी कला क्षेत्रमा नै रम्न चाहन्छिन ।उनलाई म्युजिक भिडियो...

काँठे भाकाको आशावादी गायक बिक्रम आचार्य

 बिशेषगरी काँठे भाकाको आशावादी गायक बिक्रम आचार्य पछिल्लो समय गित गाउनमा निकै व्यस्त छन् | ऊनी बुबा टिका प्रसाद आचार्य र आमा टिका माया आचार्यको कोखबाट वि.सं २०४१फाल्गुन १० गते सिन्धुलीको भद्रकाली गाऊँपालिका वडा नं ७ मा जन्मेका हुन् | अस्थायी रुपमा भक्तपुर बस्दै आएका...