कला/मनोरञ्जन

म्याग्देली लोक गायक अमित बिश्वकर्मा कतारमा जादै ।।

-जसिन्द्र श्रीपाली


नेपाली मौलिक लोक भाकाहरु लाई अलि बिशेश सम्झने लोक दोहोरी गायक अमित बिश्वकर्मा पहिलो पटक देश बाहिरको कार्यक्रमको लागी कतारमा जाने भएकाछन ।
बरंजा ६ म्याग्दीमा जन्मिएका बिश्वकर्मा परिवारको एक्लो छोरा हुन,बुवा हर्क बहादुर बिश्वकर्मा र आमा खमिसरा बिश्वकर्मा को काँखमा जन्मिएका अमित हाल भने स–परिवार संगै मंगला सदरमुकाम बेनीमा बस्दै आएका छन् ।
२०६२ सालमा बेनी पढाईको शिलशिलामा झरेका अमित २०६५ सालमा म्याग्दी जिल्लाकै पहिलो रेडियो रेडियो म्याग्दीको स्थापना संगै रेडियो यात्रा सुरु गरेका हुन,सुरिलो स्वरका धनी बिश्वकर्मा ले म्याग्दी र आसपासका छिमेकी जिल्ला बाग्लुङ्ग,पर्बतमा आफ्नो आवाजले नै धेरथोर श्रोता,दर्शक कमाएका छन् । ५ वर्ष सम्म रेडियो म्याग्दीमा रहेका अमित हाल भने म्याग्दी जिल्लाकै अर्को रेडियो म्याग्दी काली एफ.एफ मा स्टेसन म्यानेजरको रुपमा कार्यरत छन् । सानै देखि नेपाली लोकसंगीमा अत्यन्तै रुचि राख्ने अमित औपचारिक रुपमा भने २०६७ साल बाट पहिलो एल्बम “रुदै छिन छिन न”बोलको गीत लिएर लोक संगीत प्रबेश गरेका हुन ।
बिकाश बिश्वकर्माको उक्त एल्बम रुदै छिन छिन ले अमित लाई लोक संगीमा आउन अझ प्रेरित गरेको उनी बताउछन् । त्यस पछि क्रमश हेर्छु डाडै बाट,रोहि हिड्छु सधै भरी म,ठाँउ छ मनै खानी जस्ता गीतमा आवाज भरेका अमितको दजनौ गीत सार्बजनिक भई सकेका छन् ।
आफ्नो सबै गीत प्यारो हुन्छन म कुनै पनी गीतलाई राम्रो नराम्रो भन्दिन तर तपाईको प्रश्नको जवाफ त दिनैै पर्छ मलाई अमित भनेर स्वदेश बिदेश चिनाउने गीत भनेको ठाँउ छ मनै खानी नै हो,हामी संगको कुराकानीमा उन्ले बताए । ठाँउ छ मनै खानी उन्को चौथो एल्बम रहेको छ, सञ्चारक्रमि कमल बानियाको शब्द रहेको उक्त गीतमा म्याग्दी जिल्लाका धेरै जस्तो महत्वोपुण ठाँउ लाई समेटिएको छ।
जिल्लाका लगभग सबै ठाँउ र केहि आसपासका छिमेकी जिल्लामा समेत आफ्नो प्रस्तुति राख्न पुगेका अमित भन्छन गाँउ ठाउँ ले मलाई ऋणी बनाएका छन, बिशेषत अली पुराना धारका मौलिक लोकभाका हरुलाई धेरै मन पराउने अमित भन्छन् म परदेसमा आफ्नो प्रस्तुती दिन जान पाउने शौभाग्य पनी यहि गाँउ ठाँउ ले गर्दा मिलेको हो, त्यहाँ पनी म यहि जन्मभुमी छोडेर कर्म गर्न गएका मेरा नेपाली दाजुभाई दिदिबैनी लाई हसाउन नचाउन जाने हु । “प्रबासी म्याग्देली दृष्टि,सम्बृद्व म्याग्दीको सृष्टि”भन्ने नारा संगै म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति कतार द्वारा आयोजित १५औ बार्षिक उत्सव तथा तेस्रो बिबिध साँस्कृतिक कार्यक्रम मा पहिलो पटक देश बाहिरको कार्यक्रम मा जान लागेका अमितले म्याग्दी प्रबासी नेपाली संघले आफ्नो लागी अबसरको बाटो खोली दिएको भन्दै प्रबासी म्याग्दी प्रति धन्यबाद ज्ञापन गरेका छन् ।
मार्च ०९ तारिक का दिन कतारको सालीमार प्यालेश रेस्टुरेन्ट नज्मा मा हुने उक्त कार्यक्रम मा गायक अमित बिश्वकर्मा संगै हास्य कलाकार तथा लोकदोहोरी गायक रबि कार्की,लोक दोहोरी गायिका लाली बुढाथोकी लगायत अन्य स्थानीय कलाकार हरु कतार जादै छन् । आफ्ना स्थानीय कलाकार लाई आफुहरुले कर्म गर्ने ठलोमा झिकाउन सफल भएकोमा आफु हरु पनी निक्कै उत्साहित भएको आयोजक को भनाई छ।

शनि, फाल्गुन १२, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कृष्ण वलि लाई चोट कलम कुमार लाई दुखाई ।

 जसिन्द्र श्रीपाली पश्चिमको सानोभेरी गाँउपालीका ९ का २१ वर्षीय कृष्ण ओलीको जीवन कहानी लाई समेटेर गायक एवम् कुशल सारङ्गी बाधक कमल कुमार विश्वकर्माले मर्मस्पशी गीत सार्वजनिक गरेका छन् । ऋण गरेर ईलेक्टिक सबईञ्जिनियर पढेका कृष्ण तुलसीपुर दाङको बिधुत कार्यलयमा साईट सुपरभाइजरको रुपमा काम गर्दै आएका...

सांस्कृतिक संस्थानले आयाेजना गरेकाे सुर- साधनाकाे ७औ शृंखलामा गायक लालकाजी श्रेष्ठ

हिजाे पाैष २६ गते गायक लालकाजी श्रेष्ठकाे एकल गायन प्रस्तृतिले संस्थानकाे हल गुन्जयमान भएकाे थियाे। बरिष्ठ संगितकार दिपक जंगमकाे प्रमुख अातिथ्यमा सुरू भएकाे उक्त कार्यक्रम उध्याेग राईकाे सभापतित्व र संस्कृतिक संस्थानका जि एम राजेश थापा, धर्मराज सावित्री गुठीका अध्यक्ष मदन राज थापा, प्रा.डा. गार्गी शर्मा,...

म्युजिक ल्याब प्रा. लि. को नयाँ प्रस्तुती लोक दोहोरी गीत मायाको दीप जलाई

नेपाली मौलिक लोक गीत संगीतमा निरन्तरता म्युजिक ल्याब प्रा. लि. को नयाँ प्रस्तुती लोक दोहोरी गीत मायाको दीप जलाई लिएर आएका छौ । हेरेर सल्लाह सुझाब दिनुहोला जसले हामिलाई अझै नेपाली गीत संगीतको क्षेत्रमा अगाडी बढन सही मार्ग निर्देशन गरोस धन्याबाद मायाको दीप जलाई…..गीतमा आबद्द सर्जक तथा...

हेटाैँडामा जन्मिएर सिरहामा हुर्केकी हिमाँशु रायमाझी सफल गीतकार बन्न चाहन्छिन

२०५० साल भदाैँ १९ गते हेटाैँडामा जन्मिएर सिरहामा हुर्केकी हिमाँशु रायमाझी अाफुलाई सफल गीतकारकाे रुपमा स्थापित गराउँन चाहन्छिन्। सानैदेखि गीत सँगितमा रुचि राख्ने उनी नेपाली सँगीत क्षेत्रमा सक्रिय छिन्। एउटा सामान्य यसरी दिन सकिन्छ गीतकार हिमाँशु रायमाझीको । जसलाई हामीले गोधुली उपनाम पनि चिन्न सक्छौ ।...

चुरोटैको धुवा गित सार्बजनिक

डिएन राईको अभिनय र निर्देशनमा चुरोटैको धुवा गित सार्बजनिक भएको छ । चर्चित डान्सर तथा निर्देशक डिएन राईको अभिनय र निर्देशनमा गत बिहिबार चुरोटैको धुवा मिठो बोलको गित सार्बजनिक गरियको हो । सो गितमा स्वर प्रसान्त घर्तिको र शब्द बम घर्तिको रहेको छ । यस...

नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिए

मंसिर, काठमाडौं । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि...