गजल

गजल —नमराज घिमिरे ‘शिखर’

-नमराज घिमिरे 'शिखर'


 

 

 

 

वन डुल्दै लालीगुराँस नटिपेको धेरै भो।
किसान हुँ बाँझो बारी नखनेको धेरै भो।

गाई बस्तु चराउँन खुबै रहर गर्थेँ मैले,
बस्तु जस्तै आफू पनि बाँधिएको धेरै भो।

अंधेरोमा साहरा थियो त्यही जून तारा,
ग्रहण लाग्यो उज्यालो नदेखेको धेरै भो।

रुदैछिन् नेपालआमा छिमेकीले आँखा लाउदा,
जन्मिउन बलभद्र भक्तिथापा नलडेको धेरै भो।

पूरा गर्नु छ एक दिन सबै इच्छा चाहना,
निस्ठुरी सामु प्रेम भिख मागेको धेरै भो।

आइत, फाल्गुन १३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गजल

तिमी हामी कहाँ बस्थेउ होला घर नभाको भए बस्नलाई दुनियामा गाँउ अनि शहर नभाको भए मुटूलाई निकालेर फुलबल खेली रहेका हुन्थे यदि यो छाला पनि मुटूको कबर नभाको भए आमालाई बक्सीको भन्न सक्ने पापी समाजले बादरलाई पनि मान्छे भन्थे पुच्छर नभाको भए घर परिवार संग बसेर बाबा भन्दै हुनु हुन्थीयो तिम्रो आमा...

गजल हो जून भट्टी पसलमा,तिनपानी बिक्री हुँदैन त्यहाँ अरु सामान,जानी-जानि बिक्री हुँदैन यो देशको पेसा ब्यबसाय फस्टाउदैन होला हो जब सम्म नी यहाँ,राहदानी बिक्री हुँदैन सरकारले नेपालको जलसम्पदा बेची सक्यो भोली भन्न नसकियला,राजधानी बिक्री हुँदैन दावाको साथ भन्छु जून सहर_सहर नरहला जहा सोझी * नारिहरुको,जवानी बिक्री हुदैन ...

गजल —तेज प्रकाश बानियाँ

  अव राष्ट्रिय चिन्तनमा कलम चलाउनु पर्छ अशिक्षा र गरिबी यो देशबाट भगाउनु पर्छ देश समृद्धिकालागि सबैको सहयोग चाहिन्छ आआफ्नो क्षत्रबाट हातमा हात बढाउनु पर्छ नेतालाइ मात्र कति गालिगर्नु बरु आफै पनि सच्चा नागरिकको कर्तब्यकेहो? निभाउनु पर्छ बिकाशको बाधक भ्रष्टाचार मुख्यहो भ्रष्टलाइ नमस्कार ले हैन तिरस्कार ले गलाउनु पर्छ गतिहिनतामा देश अलमलिएको बषौ भयो अव...

गजल

सम्पूर्ण सुम्पिदैछु पहिचान तिम्रै भरोसामा पहिल्याउॅनुछ ती यथास्थान तिम्रै भरोसामा। सब जनको अमूल्य गहना तिमीलाई सुम्पी ऑखा चिम्ली दिदैछु अनुदान तिम्रै भरोसामा। जिन्दगीको काॅडाको पथमा फूल फुलाउॅनुछ आशारत् छु बन्नु है!शिलवान तिम्रै भरोसामा। म मात्र ठूलो हुॅ को अहम् त्याग्नु पर्छ अब हेर! समाजका गलत् बनुन् अनुमान तिम्रै भरोसामा। काॅधमा काॅध दिन्छु भन्दै...

गज़ल

                    धिक्कार लाग्छ नेताकाे तमासा देखेर कठै! भन्छु जनताकाे निराशा देखेर ।। १ विवस भए मतदाता निधार खुम्च्याउन चुनाव जितेर बद्लिएकाे भाषा देखेर ।। २ कुलो सडक बिजुली र शिक्षा दिनेहरू हुँदैछन् क्रुद्ध जनताकाे अाशा देखेर ।। ३ हाेडबाजी नै चलेको छ व्यापार गरिखाने एक नेपाली छक्क पर्याे खासा देखेर ।। ४ धन कमाउन...

गज़ल

  छँदै छैनौ काली प्रदीपले त हो नि भएकी उज्याली प्रदीपले त हो नि पुग्यौ माथी ऐले बिपदमा त पैले लगेको सम्हाली प्रदीपले त हो नि सबै खेदो खन्थे कसैको खुशीमा बजाएको ताली प्रदीपले त हो नि अरूले के गर्थे ? गरेको तिमीलाई उकाली ओराली प्रदीपले त हो नि नजिक के नै हुन्छौ अगुल्टा...