साहित्य गतिबिधि स्थानीय समाचार

लक्ष्मीप्रसाद मिश्रको दोस्रो काव्य कृति नशामा डुबेको जीवनको लोकापर्ण


खोज संवाददाता –लमजुङ, सुन्दरबजार महोत्सवको सु–अवसरमा मिठो स्वरका धनी गीतिकाव्य लेखनका बादशाह लक्ष्मीप्रसाद मिश्रको दोस्रो काव्य कृति नशामा डुबेको जीवनको लोकापर्ण प्रदेश नं ४ का मानननिय मुख्य मन्त्री पृथ्बी शुब्बा गुरुङबाट सुसम्पन्न भयो । राष्ट कवि माधव धिमिरेको जन्मथलो लमजुङलाई साहित्यको राजधानी बनाउनुपर्छ भन्ने अभियानको शुरुवात स्वरुप महोत्सबको अवसरमा पुस्तक विमोचन गरिएको कुरा महोत्सव आयोजक संस्था उधेग बाणिज्य संघ सुन्दरनगरका अध्यक्ष सोमबहादुर न्यौपानेले बताउनु भयो । उक्त अवसरमा नशामा डुबेको जीवन समसामयिक विषयवस्तुमा लेखिएको अब्वल गीति काब्य रहेको कुरा समिक्षक एवं छन्द कवि जगदीश्वर पोखरेलले बताउनु भयो । उक्त अवसरमा गौ पब्लिक रिलेसन एन पब्लिकेशनले १० जना साहित्यकार एवं साहित्यअनुरागीहरूलाई सम्मान गरको थियो ।

मङ्ल, फाल्गुन १५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भानु साहित्यिक दौड सम्पन्न

काठमाडौँ, असार २८ गते । भानु साहित्य प्रतिष्ठानको मूल आयोजना र साझा प्रकाशन र प्रज्ञा–प्रतिष्ठानको सहआयोजनामा ‘भानु साहित्यिक दौड’ को आयोजना गरियो । साझा प्रकाशन पुलचोक, ललितपुरबाट सुरु भएको ‘भानु साहित्यिक दौड’ सहरको विभिन्न भागको परिक्रमा गर्दै प्रज्ञा–प्रतिष्ठानमा आएर समापन गरिएको थियो । दौडको शुभारम्भ गर्दै साझा...

अाधुनिक साहित्य परिषद्ले भानु जयन्तीमा कविता सुनाए

२९असार काठमाडौं -अाधुनिक साहित्य परिषद्ले भानु जयन्तीको सु अवसरमा हेमन्त खड्काको संयोजकत्वमा, दामोदर ढकालको उद्घोषण,कलानिधि दाहालको प्रमुख अातिथ्य,तिलक लुइँटेलको विशेष अातिथ्य,मुरलीप्रसाद ढकालको सभापतित्वमा १२जना सर्जकले एकदेखि छ वटासम्म गजल/मुक्तक/कविता सुनाएका थिए।सबै कविताको समीक्षा विशेष अतिथि-तिलकप्रसाद लुइँटेलले मार्मिक ढङ्गमा गरे।सबैको मुटु झड्कने वाँणहरु अाफ्नो अाशनबाट कलानिधि...

प्रज्ञा पुस्तकालय भवन समुद्घाटन

काठमाडौँ, असार २६ गते । प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा नवनिर्मित पुस्तकालय भवन, प्रज्ञा छापाखाना तथा २०५ औँ भानु जयन्तीको कार्यक्रमको भव्य रूपमा समुद्घाटन गर्नुभयो । आज भानुभक्तको महत्त्व २०५ वर्षपछि पनि झन् बढ्दै गएको छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशको भाषिक एकीकरणमा प्राण...

संसाक सम्मान तथा पुरस्कार–२०७५ को घोषणा

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा लामो समयदेखि निरन्तर क्रियाशील रही आआफ्नो स्थानबाट यिनका विविध पक्ष र विधाहरूलाई समृद्ध पार्न पु¥याउनुभएको उल्लेखनीय योगदानको लागि संसाक वाङ्मय प्रतिष्ठानले विभिन्न स्रष्टाहरूलाई विभिन्न विधाको संसाक सम्मान तथा पुरस्कारहरू प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको स्रष्टा...

दुवाललाई फेडोल साहित्य पुरस्कार

काठमाडौँ, असार २२ गते । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठान, सूर्यविनायक–४, भक्तपुरले फेडोल साहित्य पुरस्कार वितरण एवम् साहित्य विमर्शको कार्यक्रम गरेको छ । साहित्यकार मोहन दुवाललाई फेडोल साहित्य पुरस्कार र अदिश्री कस्पाललाई उदयमान नव प्रतिभा पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.विष्णु विभु घिमिरेले देशमा...

‘हिमवत् खण्ड कला, साहित्य सम्मिलन’ हुने

काठमाडौँ । २०५ औँ भानुजयन्तीका सन्दर्भमा मदन भण्डारी कलासाहित्य प्रतिष्ठानले ‘हिमवत् खण्ड कला साहित्य र संस्कृति ः विश्वव्यापी सम्पदा र मानवीय समृद्धि’ भन्ने मूल उद्घोषका साथ यही असार २९,३० र ३१ गते तीन दिन यस क्षेत्रमा स्थापित कला, साहित्य र संस्कृतिकोे परिचय तथा गरिमा, विचार...