राजनिति

आज एमाले र माओवादी केन्द्रबीच संगठनात्मक एकीकरणको विधान बनाउन गठित कार्यदलको बैठक बस्दै


फागुन, काठमाडौं । एमाले र माओवादी केन्द्रबीच संगठनात्मक एकीकरणको लागि अन्तरिम विधान बनाउन गठित कार्यदलको बैठक आज बस्दैछ ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकले संगठनहरुको एकीकरणको मापदण्ड बनाउन कार्यतालिका निर्माण गर्ने भएको छ । फागुन २५ भित्र अन्तरिम विधान र संगठनात्मक अवधारणाको पहिलो मस्यौदा तयार पार्ने गरी कार्यतालिका बनाउन लागिएको कार्यदलका प्रवक्ता एमाले सचिव गोकर्ण बिष्टले बताए ।

यसअघिको बैठकमा दुवै दलले आआफ्नो बिधान, दस्तावेज र कमिटीहरुको विवरण आदानप्रदान गरेका थिए । पार्टी केन्द्रदेखि गाउँ तहसम्मका कमिटीहरु एकीकरण गर्न यो कार्यदलले ठोस आधार तय गर्नेछ ।

त्यस्तै भ्रातृ संगठनहरुको एकीकरणको बिधिसमेत यही कार्यदलले तय गर्नेछ ।

कार्यदलको संयोजक माओवादी नेता रामबहादुर थापा बादल छन् भने एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, रघुवीर महासेठ र बेदुराम भुसाल छन् । माओवादीबाट गिरिराजमणी पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मात्रिका यादव सदस्य छन् ।

मङ्ल, फाल्गुन १५, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित भ

 असोज, सिमरा । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलबारदेखि सुरु गरेको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित भएको छ । सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै संघर्षमा उत्रिएको संघर्ष समितिले मंगलबारदेखि सवारी साधन नचलाउने घोषणा गरेका छन् । ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन

काठमाडौं – नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाले डा. भट्टराईको बिरोध गरेका हुन् । डा. भट्टाराई एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि कालो झण्डा सहित केही युवाले विरोध प्रदर्शन गरेका हुन् ।  डिसी...

नेकपाको युवा नेताको तर्क एमाले र माओवादीको कार्ड बोकेर सहरमा दलाल पुजीवाद छिर्यो ।

काठ क्षेत्रमा दुई जना बामपंथीको नाम चर्चित ।पुर्ब मालेका साम्सद नारायण ढकाल र माओवादी ( नेकपा का ) नेता शंकर दुलाल । काठको बिकास र राजनीतिक परिवर्तन लागी निरन्तर लडाइँमा छ्न दुलाल । अखिल नेपाल चलचित्रकर्मी संघको केन्द्रिय नेता समेत रहेका दुलाल नेपालमा निम्न पुजीवादी...

बाबुरामले गरे खतरनाक भविष्यवाणी : अबको पाँच वर्षपछि ओली-प्रचण्डको नेकपा विघटन भएर जानेछ

सुरुमा सुनौं ‘दक्षिणपन्थी खतरा’ र ‘अग्रगामी विकल्प’ का कुरा- मैले नयाँ शक्तिको सम्भावना विश्वस्तरमै नै देखेको छु । वस्तुगत परिस्थिति अब बन्दै आएको छ । संकटहरु देखापरिराखेका छन् । नेपाल पनि अब अर्को विन्दुमा विस्तारै जान्छ । तर, खतरा मैले कहाँ देखिराखेको छु भने हामी जुन...

सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजे

नवलपरासी । सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो । विसं २०६४ मा नेपाल र...

निर्मला पन्त हत्याको विरोधमा आज पनि प्रदर्शन जारी रहेपछि कञ्चनपुर अशान्त

७ भदौ, महेन्द्रनगर । निर्मला पन्त हत्याको विरोधमा आज पनि प्रदर्शन जारी रहेपछि कञ्चनपुर अशान्त छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । टायर बालेर सडक अबरुद्ध पारिएको छ ।   पन्तको बलात्कारपछि हत्या भएको र स्थानीय प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको दाबीसहित स्थानीयबासीले आन्दोलन गर्दै...